२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सरकारी स्तरबाटै यातायात कम्पनी खुल्ने, एक सय वटा सुविधा सम्पन्न बस चलाउने तयारी

सरकारी स्तरबाटै यातायात कम्पनी खुल्ने, एक सय वटा सुविधा सम्पन्न बस चलाउने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकासहित मुख्य सहरका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारी स्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । १० करोड रुपैयाँ सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

देशका विभिन्न ठूला सहरमा यात्रुको सहजताका लागि सरकारले सय वटा ठूला बस सन्चालन गर्ने यस अघिको प्रतिबद्धता अनुसार सेवा दिन थालिएको हो । ४० देखि ५० वटा सिट भएको र बस अपांगमैत्री र वातावरणमैत्री हुने श्रेष्ठले बताउनुभयो ।

काठमाडौं, धनगढी,  विराटनगर, नेपालगन्ज, पोखरा, बुटवल, जनकपुर, वीरगन्जलगायत सहरमा बस सञ्चालन गर्ने तयारी भइसकेको छ । यी सहरमा सरकारी बस चलाउने प्रक्रिया सुरु भएको र शुक्रबार प्रबन्ध पत्र तयार गरिने श्रेष्ठले बताउनुभयो । आउँदो आइतबार र सोमबार बस सञ्चालनका  लागि कम्पनी दर्ता गर्ने तयारी पनि भएको उहाँले बताउनुभयो ।

सरकारले तत्कालका लागि ५० वटा बस चलाउन अनुदान दिने सहमति गरेको छ । यस्तै बस चल्ने रुटको बारेमा पनि छलफल भइरहेको छ ।  काठमाडौं उपत्यकामा भने रत्नपार्कलाई केन्द्र विन्दु बनाएर चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij