पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्राान्डी होटलमा सम्पन्न गरेको छ ।
कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७÷०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यावसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष श्रीमति प्रेमा राज्यलक्ष्मी सिंहले “सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७÷०७८” प्रदान गर्नुभएको छ ।
उक्त कार्यक्रममा देशभरबाट आ.व. २०७७÷०७८मा आफ्नो ब्यक्तिगत ब्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोत्कृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितीय र युवराज वास्तोला तृतीय हुनु भएको थियो । यसै गरी अभिकर्ता सन्जालको आधारमा श्रीमती निलु पूर्वे प्रथम, श्री रत्नबहादुर खत्री द्वितीय र टिका प्रसाद खरेल तृतीय हुनु भयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रममा स्वागत भाषण गर्दै कम्पनीले अभिकर्ता सन्जाललाई थप व्यवसायीकरणको लागि आवश्यक लगानी गर्न कम्पनी तयार रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति श्रीमति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरुबाट देशैभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यावसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गर्नुभयो । उहाँले कम्पनीको हालसम्मको समग्र वित्तीय अवस्था अत्यन्त सन्तोषजनक रहेको, व्यावसायिक रुपमा कम्पनीले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा पनि कम्पनी प्रतिस्पर्धात्मक रुपमा सबल रहिरहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले एक नयाँ बीमालेख जीवनश्री सावधिक अमृत बीमा योजनाको शुभारम्भ गर्नुहँुदै सो नयाँ बीमा योजनाबाट जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र व्यवस्थित बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विजयी अभिकर्ता लिडरहरुबाट आफ्ना व्यवसायिक अनुभवहरु सुनाउँदै कम्पनीको व्यवसायिक उचाई अझ नयाँठाउँमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उपस्थित लिडरहरुको कार्यक्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ मुम्बई, इन्डिया स्थित सुप्रसिद्ध प्रशिक्षक विजयकुमार झाले उत्प्रेरणात्मक तालिम प्रदान गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij