२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सिलवालको बर्खास्ती यथास्थितिमा राख्न अन्तरिम आदेश

सिलवालको बर्खास्ती यथास्थितिमा राख्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिव रमेश सिलवालको बर्खास्तीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले सिलवाललाई बर्खास्त गर्नुको कारण माग गर्दै पुस १२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै पुस १२ गतेसम्मका लागि सिलवालको बर्खास्तीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त सदस्य सचिव सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । तर सिलवाल आफूलाई सदस्य सचिव पदबाट बर्खास्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च गएका थिए ।

उनले मुद्दाको अन्तिम किनारा नलागेसम्म आफूले सदस्य सचिवको हैसियतमा कामकाज गर्न पाउने गरी अन्तरिम आदेश पनि माग गरेका थिए । अन्तरिम आदेशका विषयमा भने पुस १२ गते छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij