
नेकपा एमालेका युवा नेता तथा प्राकृतिक स्रोत तथा वातावरण क्षेत्रका विज्ञ श्याम कुमार वस्नेतसँग गरिएको कुराकानीः
यहाँले नेपालमा वन्यजन्तुको अवस्था कस्तो पाउनु भएको छ ?
प्रकृतिको महत्वपूर्ण सम्पदा वन्यजन्तु हो । मुख्यगरी नेपाल र संसारबाटै दुर्लभ भएको बाघ, गैँडा, हात्ती रेडपण्डा हिमचितुवा जस्ता दुर्लभ वन्यजन्तुको संरक्षणको अभावमा दिनानुदिन लोप हुँदै गएको अवस्था छ । दिनहु निकुञ्ज छेउका गरिब तथा विपन्न मानिसहरू वन्यजन्तुका शिकार हुनुपरेको छ । यसको मुख्य कारण मानिसले उनीहरुको खानपिन र वसोवासरमा अतिक्रमण गरेको कारण उनीहरुले विकल्पको रुपमा मानिसमाथिको आक्रमण हो । उनीहरुको अधिकारक्षेत्रभित्र र जैविक विविधतालाई सन्तुलन गर्ने तर्फ हामीले हस्तक्षेप नगरेको भए ठूलो क्षति मानवले भोग्नु पर्ने स्थिति रहँदैन थियो । स्वभावैले मानिसहरूले अतिक्रमण गर्ने क्रम बढाएपछि वन्यजन्तुबाट पनि जोखिम उठाएका हुन् ।
के वन्यजन्तुको सवालमा हामीले ध्यान नपुर्याएकै हो त ?
स्वभाविक रुपमा वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधि तिव्र रुपमा वढेको छ । यसै विषयसँग सम्वन्धित भएर ूवन्यजन्तुको आक्रमणमा मानिसको मृत्यु तथा अङ्गभङ्ग भएको छ, । घर उजाड भएको छ, यो विद्यमान अवस्थामा हामीले वन्यजन्तुलाई मार्ने छेकावार लगाउने मात्र गरेर समस्या समाधान हुँदैन । वन्यजन्तुको आहारा प्राकृतिक रुपमा जत्ति छ । त्यो प्रयाप्त छैन । त्यसको लागि राज्यले विशेष कार्यक्रम बनाएर उनीहरुको आवश्यकता पूर्ति गर्नुपर्दछ । अहिले देशका सबै राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष छेउ बस्ने गरिब मानिसहरुको पीडा वन्यजन्तुले गनर्ने आक्रमणनै हो । यो संरक्षित क्षेत्रसँग जोडिएका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायलाई संवोधन गर्न राज्य राजनीतिक पार्टी र नागरीकहरुको गहिरो ध्यान पुग्नुपयो ।
वन्यजन्तुको सन्दर्भमा कुरा गर्दा गाउँगाउँमा बाँदर, वँदेल, स्याल चितुवा, मृग आदिले केही खाना दिँदैन भन्ने गुनासो छ नी ?
मैले वन्यजन्तुको संरक्षण गर्ने भन्नसाथ संरक्षित क्षेत्रदेखि निकै पर रहेका गाउँ शहरमा पनि वन्यजन्तुको आक्रमण हुन थालेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका पनि सुनेको र वुझेको छु । कत्तिपय अवस्थामा काठमाण्डू भक्तपुर ललितपुर जस्ता ठाउँमा पनि चितुवाले मानिसलाई आक्रमण गरिरहेको छ । नेपाल देश त्यस्तो देश हो जहाँ देशको भूभागको करिब २० प्रतिशत भूमिमा प्रकृति संरक्षणको लागि वन क्षेत्र छुट्याइएको छ । यसै विषयलाई लिएर अन्तर्राष्ट्रिय फोरममा पनि नेपालको प्रशंस हुने गर्छ । अझ भन्ने हो भने नेपाल पुरै ४४ प्रतिशत भन्दा वढी वन क्षेत्र रहेको पनि तथ्याकबाट देखिन्छ । यस अवस्थामा हामीले यि सवै कुरालाई व्यवस्थापन गर्ने काममा हामीले ध्यान दिन नसकेको हो ।
नेपालमा वन्यजन्तु र मानवको द्वन्द्व हुनुको मुख्य कारण कतै संरक्षणको कमिले त होइन ?
नेपाल वन तथा वन्यजन्तु सम्पदामा धनि छ । यहाँ १२ भन्दा वढि राष्ट्रिय निकुञ्ज, दुई आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भइसकेको विद्यमान अवस्थामा हामीले संरक्षणको दृष्टिले हामी धेरै अगाडि छै । अरु देशको दाजोमा हामी सवल छै तर हामीले यसको असल व्यवस्थापन गर्न नसकेको कारण हामीले त्यसबाट लाभ आर्जन पनि गर्न सकेका पनि छैनो । वरु वन्यजन्तुका कारण हुने जनधनको क्षतिमा सरकारले पीडितलाई क्षतिपूर्ति१० लाख रूपैयाँ पाउने गरेका छन् । बालीनाली र पशुको क्षतिबापत पनि क्षतिपूर्ति पाउने गरेका छन्। तर यसलाई पर्यटकिय क्षेत्र बनाई धेरै ठूलो आम्दानी गर्न भने सकेको छैन ।
अब के गर्दा वन्यजन्तुको संरक्षण गर्न सकिन्छ ?
अहिले कहिले हात्तीको आक्रमण कहिले गैँडाका कारण कहिले भालुको कारण कहिले चितुवाको कारण त कहिले बाघको कारण मानिस तथा पशुहरुको ज्यान गई रहेको छ । अहिले संरक्षित क्षेत्र वरपर मात्र नभइ त्यस वरापराको बाहेक अन्यत्र पनि आक्रमण भइरहेको छ । यो स्थितोमा हामीले वन्यजन्तुको संरक्षण सहित संरक्षणआसपास वस्ने नागरिकलाई पनि संरक्षण गर्ने विधि तर्फ हाम्रो ध्यान पुग्नुपर्छ । हामीले पाट्टे वाघ दोव्वर बनाउने योजना रहेको छ । मुख्यगरी स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारको प्रत्यक्ष सक्रियतामा संरक्षित क्षेत्र छेउका मानिसहरूलाई नै केन्द्रबिन्दुमा राखेर संरक्षण कार्यक्रमहरूलाई अगाडी वढाउँदा मात्र हामीले वन्यजन्तुको राम्रो संरक्षण गर्न सकिन्छ । भने संरक्षण क्षेत्र बाहिर स्थानिय सरकारसंगको सहकार्यमा हामीले वन्यजन्तुको संरक्षण र नागरीकलाई सुरक्षित गर्नुपर्छ ।
अब कसरी अगाडि वढ्ने त ?
नेपालमा वन क्षेत्र माथि मानिसहरूले अतिक्रमण गर्ने क्रम बढेपछि वन्यजन्तुको आक्रमण हुने क्रम बढ्न थालेको भन्ने जनमानसको दृष्टिकोण बनेको छ । नेपालको हिमालदेखि तराईसम्म फैलिएका ूसंरक्षित क्षेत्रहरू नेपालको अद्वितीय प्राकृतिक सम्पदा हुन् र तिनको संरक्षण गर्नु अति नै जरुरी वनिरहेको अवस्था छ । वन्यजन्तुको जहाँ जहाँ चुनौती छन्, जहाँ जहाँ समस्या छन्, त्यहाँका समस्याका राम्रो जानकारी सहित अध्ययनलाई अगाडी वढाउनुपर्दछ । यससंग सम्वन्धित विज्ञहरु सहित यसको संरक्षण सहित दीगो विकासमा हाम्रो अर्जुन दृष्टि बनाइ अगाडी वढ्नुपर्दछ ।
अन्तमा केही यहाँको भन्नुछ ?
वन्यजन्तु हाम्रा शत्रु होइनन । यिनीहरु हाम्रा जिवनपद्धतीसंग सम्वन्धित क्षेत्र हुन । यिनीहरुको समाप्ती हाम्रो पनि समाप्ती हो । यिनीहरुको जैविक विविधता संरक्षणमा हाम्रो भन्दा महत्वपूर्ण भूमिका रहेकोले विकासका हरेक कार्यलाई अगाडि वढाउँदा वन्यजन्तु र सरिसृप तथा पक्षीहरु हामी आफै भएकोले यसको अन्त्यसंग हाम्रो पनि अन्त्य हुने कुरामा सवैले हेक्का राखै ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij