२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

त्रिविका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिने

Interview with Nepal Communist Party (NCP) central committee member Devendra Poudel. Photo: Naresh Shrestha/ THT
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार प्राध्यापकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा मंगलबार उनले भने, ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए ।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij