२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषिको व्यावसायिकरणको मान्यता सहित स्मार्ट कृषि अवधारणामा नेपाल एग्रो लाइभ

कृषिको व्यावसायिकरणको मान्यता सहित स्मार्ट कृषि अवधारणामा नेपाल एग्रो लाइभ

राजन गैरे, प्रमुख कार्यकारी अधिकृत, नेपाल एग्राे लाइभ प्रा‍‍लि

काठमाडौं । नेपाल एग्रो लाइभ प्रा.लि. लामो समय देखि नेपालमा कृषि क्षेत्रको व्यावसायिकरण र प्रवद्र्धनको लागि काम गर्दै आएका अनुभवी एवं विज्ञ व्यक्तिहरुबाट स्थापित कम्पनी हो । किसानलाई आधुनिक उपकरण उपलब्ध गराएर मात्र हामीले चाहेबमोजिम कृषि क्षेत्रको व्यावसायिकरण र आधुनिकीकरण गर्न सकिँदो रहेनछ भन्ने मान्यता बमोजिम यस कम्पनीले पछिल्लो स्मार्ट कृषि प्रविधि अवधारणा अघी सारेको छ ।

‘दिगो कृषिको आधारः आधुनिक प्रविधिको बिस्तार’ नारा सहित निरन्तर कृषिको व्यावसायीकरणमा अघी बढिरहेको यस कम्पनीले प्रवद्र्धन गरेको स्मार्ट कृषि अवधारणाले व्यवसायमैत्री हुने गरी स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोगलाई विशेष जोड दिएको छ ।

राजन गैरे नेतृत्वको नेपाल एग्रो लाइभ प्रा.लि.ले अघी सारेको स्मार्ट कृषि प्रविधिले मूलतः नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । सम्बन्धित कृषक वर्गलाई नै आधुनिक कृषि प्रविधि, सीप र शिक्षा को पहुँचमा पु¥याउनसके आगामी दिनमा कृषिबाट नै कम लगानीबाट बढी उत्पादन र नाफा आर्जन गर्न सकिने र यसबाट रोजगारीको लागि पलायन हुने ठूलो परिमाणको जनशक्तिलाई नेपालमा नै रोकेर समृद्ध राष्ट्र निर्माणको दायित्व पूरा गर्न सकिने क्रम्पनीको विश्वास छ ।

कृषिको लागि आवश्यक पर्ने सबै सेवाहरु (सम्भाव्यता अध्ययन, कृषि सामाग्री÷उपकरण, बिऊमल, कृषिको तौरतरिका, जग्गाको तयारी, उत्पादन, भण्डारण, बजारीकरण एवं तालिम लगायत) एकै ठाऊँबाट उपलब्ध गराउने योजना बमोजिम कम्पनीले काम गरेको छ । साथै विभिन्न संस्थाहरुको सहकार्यमा देशका सबै प्रदेशमा त्यहाँको आवश्यकता पहिचान गरी सोहीबमोजिम विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

कृषि प्र्रविधिको क्षेत्रमा लामो समयको अनुभव समेट्नुभएका सफल अभियन्ता राजन गैरेको दृढसङ्कल्प एवं अग्रसरतामा अघी बढेको यस कम्पनीले आगामी दिनमा नेपालले अपनाउनुपर्ने उपयुक्त कृषि विधिहरुको स्पष्ट खाका समेत तयार गरेर सोहीबमोजिम थुप्रै युवाहरुलाई आधुनिक कृषिमा लाग्न उत्प्रेरित समेत गर्दै आएको छ ।


हाल सम्म राज्यबाट समेत उपेक्षाको क्षेत्रको रुपमा रहँदै आएको र नेपाली युवा वर्ग समेत कृषिमा आकर्षित हुन नसकेको स्थितिमा कृषिलाई दिगो सम्भावनाको क्षेत्रको रुपमा विकास गर्नको लागि नवविकसित प्रविधिलाई समेत आत्मसात् गर्दै कम लागतमा बढी लाभ लिन सकिने उत्पादनमा केन्द्रित हुनुपर्नेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन गरै विशेष जोड दिनुहुन्छ ।
आफूहरुको लामो समयको अनुभवबाट स्वाबलम्बन र आत्मनिर्भर अर्थतन्त्र व्यवस्थित कृषिबाट सम्भव छ भन्ने कुरा पुष्टि भइसकेको समेत गैरेले बताउनुभयो ।

ललितपुरको नखिपोटमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले चितवनको गैंडाकोटमा समेत ठूलो क्षेत्रफलमा जग्गा भाडामा लिएर विभिन्न कृषिजन्य वस्तुहरु उत्पादन गरिरहेको छ । जहाँबाट कृषि सम्बन्धी अध्ययन गरिरहेका साथै कृषिमा रहेर काम गर्ने दृढनिश्चयी व्यक्तिहरुले कृषिजन्य उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न समेत सक्ने व्यवस्था समेत आफूहरुले मिलाएको गैरे बताउनुहुन्छ । आगामी दिनमा उक्त फार्मलाई एग्रोटुरिजम हबको रुपमा अघी बढाउने योजना समेत रहेको कुरा गैरेले सेतोघर डट कमसँगको कुराकानीको क्रममा प्रस्तुत गर्नुभयो ।


हाल नेपाल एग्रो लाइभले कृषि क्षेत्रमा कार्यरत निजी तथा सामुदायिक व्यवसायी, उद्यमी, स्थानीय कृषक समूह, संघीय, प्रदेश सरकार, स्थानीय तह मातहतका निकाय तथा गैरसरकारी संस्थासँग सहकार्यमा सीप एवं प्रविधिको हस्तान्तरण सम्बन्धी काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij