चन्द्र बहादुर थापानेपाल कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशन यही मंसिर १० गते सम्पन्न हुन गईरहेको छ । जिल्ला सभापतिमा नेताहरू रामनाथ अधिकारी र भिम प्रसाद ढुंगानाले आ-आफ्नाे उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यही चुनावी माहाेलमा धादि|ङका जनताहरुका दुखसुखका साथी र अत्यन्तै लाेकप्रिय व्यक्ति रामनाथ अधिकारीकाे प्यानलबाट युवा नेता चन्द्र बहादुर थापाले जिल्ला कार्यसमितिमा खसआर्य तर्फबाट आफ्नाे उम्मेदवारी रहने घोषणा गरेका छन् ।
यसभन्दा अगाडि थापाकाे उम्मेद्वारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भनिएतापनि अग्रजकाे सम्मान गर्दै थापाले उम्मेदवारी फिर्ता लिएका थिए । जिल्लाका शिर्ष नेताहरुकाे सल्लाहसुझाव अनुरुप आफूले जिल्ला कार्यसमितिकाे सदस्यमा उम्मेदवारी दिन गइरहेकाे थापा बताउँछन् ।
थापा विध्यार्थी काल अर्थात् ०४६ /०४७ साल देखि नेपाली कांग्रेसको राजनीतिमा लाग्दै आएका सक्रिय युवा कार्यकर्ता हुन् ।
हाल उनी विभिन्न व्यावसायिक क्षेत्रहरुको नेतृत्वमा रहेर समेत काम गरिरहेका संघसंगठनहरुका अनुभवी व्यक्ति हुन् ।
दाेस्राे जनआन्दोलन ०६२/०६३ का घाइते समेत रहेका थापा हाल नेपाली काङ्ग्रेस अन्तरगत धादिङ-काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् ।

पूर्वीय संस्कार बमाेजिम शुभ कार्यमा निस्कने बेला आफ्ना बुबाकाे हातबाट टिका ग्रहण गर्दै थापा
समन्वयात्मक भुमिकामा माहिर थापा जिल्लामा सबै राजनीतिक दल अनि जिल्लाबासी बीच परिचित व्यक्ति हुन् । पार्टीको १४औं महाधिवेशन नेतृत्व चयन मात्रै नभई समृद्ध राष्ट्र निर्माणकाे दिशामा महत्त्वपूर्ण दस्तावेज बन्नुपर्नेमा उनले जाेड दिँदै आएका छन् ।
राजनीति विशुद्ध सामाजिक भावनाबाट निर्देशित हुनुपर्नेमा जाेड दिँदै थापा व्यक्तिको आर्थिक पक्षलाइ बलियाे बनाउनकाे लागि राजनीतिमा आउन चाहने व्यक्ति अब कुनै न कुनै उद्याेग वा व्यवसा अर्थात राेजगारमूलक काममा जाेडिनुपर्ने कुरामा जाेड दिन्छन् ।
केन्द्रीय नेतृत्वसँग समेत निरन्तर सम्पर्कमा रहिरहने थापा प्रायः सबैजसाे केन्द्रीय स्तरका नेतृत्व संग परिचित व्यक्तित्व हुन् ।
आफ्नाे उम्मेदवारीकाे औचित्यता पुष्टि गर्दै थापा भन्छन्, असल राजनीतिक संस्कारको जगमा रहेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरी नेपाली कांग्रेसलाई जिल्लामा अझै बलियो बनाउनुमा नै मेरो उम्मेदवारीकाे सार्थकता हुनेछ ।
आगामी दिनमा आफू सदैव युवा वर्ग, विद्यार्थी, उद्याेगी, व्यवसायी, कृषक लगायत सबै वर्ग र समुदायकाे बीचमा सबैकाे भलाे हुने किसिमले राजनीति र सामाजिक गतिविधिहरु मार्फत अझ सक्रिय रुपमा अघी बढ्ने समेत थापा बताउँछन् ।
उनले जिल्ला भित्रका सबै स्थानीय तहका सभापति एवं प्रतिनिधिहरुलाइ आफूलाइ अत्यधिक मत प्रदान गरेर निर्वाचनमा जिताउनकाे लागि समेत उनले अनुराेध गरेका छन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij