बागमती प्रदेश सम्पर्क कमिटीको युवा नेता एवं महाधिवेशन जनपरिचालन कमिटी संयाेजक श्याम कुमार बस्नेतले बागमती प्रदेश कमिटीबाट १०आैं हजार एमालृका शुभचिन्तक व्यक्तिहरू महाधिवेशनस्थल चितवनमा उपस्थित हुने बताउनुभएको छ।
नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्कले आज आयाेजना गरेको जनपरिचालन अभिमुखीकरण कार्यक्रममा बाेल्दै बस्नेतले उक्त अभिव्यक्ति राख्नुभएको हो ।
साथै बस्नेतले चितवनमा हुन लागेको अधिवेशनलाई व्यवस्थित र याेजनावध्द रूपमा अघि बढाइने कुरामा समेत जाेड दिनुभयाे। उहाँले अधिवेशन पश्चात् चितवनलाई फाेहाेरमुक्त बनाउने प्रतिबद्धता समेत जनाउनुभएकाे छ।
आज सम्पन्न भएको जनपरिचालन अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरूङले आगामी दिनमा नीति, विधि, कार्यान्वयनकाे माध्यमबाट मुलुकलाई समृद्धि पथमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक रहेकाे बताउनुभयो । यसको लागि महाधिवेशनमा कम्तीमा ५ लाख सदस्यहरू उपस्थित गराउनुपर्नेमा उहाँले जाेड दिनुभएको छ।
आजको कार्यक्रममा बाेल्ने वक्ताहरूले रामेछाप जिल्लाबाट महाधिवेशनको तयारी पूरा भएको र महाधिवेशन सभ्य र भव्य रूपमा सम्पन्न हुने बताएका छन् ।
कमल चाैलागाई विशेष अतिथि रहेको आजको कार्यक्रममा रविन्द्र भण्डारीले स्वागत मञ्तव्य राखेका थिए।
कार्यक्रमको समापन सम्पर्क मञ्चका अध्यक्ष बद्री भण्डारीले गरेका थिए। स्मरण रहाेस्, नेकपा (एमाले) १० अौं महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा सम्पन्न हुँदैछ ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij