२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महासंघका अध्यक्ष शेखर गोल्छाले ग्रहण गरे हिमालयन रिइन्स्युरेन्सको अध्यक्ष पदको शपथ

महासंघका अध्यक्ष शेखर गोल्छाले ग्रहण गरे हिमालयन रिइन्स्युरेन्सको अध्यक्ष पदको शपथ

हिमालयन रि इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गोल्छालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गोल्छा कात्तिक २६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट कम्पनीको अध्यक्षमा नियुक्त भएका थिए । अध्यक्षमा नियुक्त भएपछि बीमा समितिमा आयोजित कार्यक्रममा गोल्छाले शपथ लिएका हुन् । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष समेत हुन् ।

बीमा समितिले यही वर्षको जेठ १७ गते हिमालयनलाई पुनर्बिमा कम्पनीको लाइसेन्स दिएको थियो । कम्पनीको कात्तिक २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) ल्याउने प्रस्ताव समेत पारित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij