श्याम बस्नेत, नेकपा एमालेका युवा नेता (बाग्मती प्रदेश)
नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष, सम्माननीय प्रधानमन्त्री अध्यक्ष रहेको जलवायु परिवर्तन परिषद्का सदस्य तथा वातावरण मन्त्रालयका विशेषज्ञ समेतको जिम्मेवार निर्वाह गरिसक्नु भएका श्याम कुमार बस्नेतसँग चितवनमा हुन लागेको नेकपा (एमाले)को महाधिवेसन सम्बन्धमा रहेर हामीले संक्षिप्त कुराकानी गरेका थियौं । प्रस्तुत छ बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश ?
यहाँ त वातावरण क्षेत्रका ज्ञाता हुनुहुन्छ । के छन् नेपाल लगायत विश्वको लागि अहिलेको परिप्रेक्ष्यमा भएका मुख्य वातावरणीय समस्याहरू ?
वातावरणिय समस्या विश्वव्यापी समस्या हो । अहिले यो गम्भीर चुनौतीको रूपमा देखा पर्न थालेको छ । मानवमात्र नभई सिङ्गो प्राणी तथा वनस्पतिसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने यो विषयले विश्व नै संकटमा छ । एकातर्फ जनसंख्या वृद्धि दिनानुदिन वढ्दै गएको छ भने अर्कातर्फ उपभोक्तावादी चिन्तन समेत बढेको छ । मानवमात्रको क्रियाकलापबाट सवैको अस्तित्व संकटमा छ । यसबाट नेपाल पनि मुक्त छैन ।
नेपालले वातावरणलाई हानी हुने के चाहीँ काम गरेको छ त ?
नेपालले विश्वलाई नै वातावरणीय रूपमा ठूलो हानी हुने गरी खासै ठूलो प्रदुषणयुक्त गतिविधिहरू त गरेको छैन । साथै नेपाल प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाको दृष्टिले संसारकै उत्तम राष्ट्र पनि मानिन्छ । तथापि नेपाल छिमेकी चीन र भारतले गरेको वातावरणीय प्रदुषणबाट निकै पिडादायी अवस्थामा छ । उनीहरुले गरेको प्रदुषणको असरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय नेपालले अन्तराष्ट्रिय जगतमा जोडदारका साथ उठाउनुपर्ने अवस्था विगत देखि नै रहँदै आएको थियो । यद्यपि त्यो अझै पनि समाधान हुन सकेको छैन । 
नेपालमा पनि वातावरणीय पक्षले जनजीवनलाई गम्भीर असर पारेको यहाँलाई महशुस भएको छैन त ?
किन नहुनु, म आफैंले हिमालमा हिउँ सकिएको अनुभव गरेको छु । अहिले भूक्षय, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, मरुभूमीकरण, डढेलो, बाढी, विभिन्न समयमा आउने रोगको प्रकोप समेतले नेपालले पीडादायी अवस्था भोग्नुपरेको छ । अहिले जैविक विविधतामा ह्रास आइरहेको छ । यसरी नै मन्द आर्थिक वृद्धि पनि नेपालको दुखद अवस्था हो । यस्तो किन भयो भन्ने समिक्षा गरेर अब हामी अघी बढ्नु जरूरी छ । हामी प्राकृतिक स्रोतमा धनी भईकन पनि गरीब हुनुपरेको विद्यमान अवस्थालाई कसरी अगाडि बढाउने यस विषयमा पनि हाम्रो ध्यान पुग्नु आवश्यक छ ।
हाम्रो नेतृत्वमा सरकार बनेपछि हामीले वातावरणलाई सन्तुलन गर्ने सन्दर्भमा केही उल्लेखनीय काम अघी बढायौं । मुख्यगरी फलफूल वृक्षारोपण कार्यक्रमलाई हामीले विशेष जोड दियौं । हाम्रो कार्यकालमा हामीले नर्सरीको अभियान नै शुरु गरेका छौ । डढेलो नियन्त्रण, सडकको दायाँवायाँ वृक्षारोपण जस्ता दीर्घकालिन हित हुने कामलाई अगाडि बढाएका छौं ।
यहाँहरूलाई थाहै छ, भूक्षयको कारण पहाडी क्षेत्रको वातावरणमा गम्भीर असर परेको छ । भिरालो तथा पहाडी सीमान्त भूमि विनाश हुँदै गएको अवस्था छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ पनि हाम्रो ध्यान केन्द्रित हुनु जरूरी छ ।
यहाँले त बाग्मती प्रदेशको नीति तथा योजना आयोगको पनि नेतृत्व गर्नुभयो । यहाँले आफ्नो कार्यकालमा वातावरणीय पक्षलाई मध्यनजर गरी के–कस्ता विषयवस्तुहरूमा उल्लेख्य सुधार गर्नुभयो त ?
हाम्रो नेतृत्वमा सरकार बनेपछि हामीले वातावरणलाई सन्तुलन गर्ने सन्दर्भमा केही उल्लेखनीय काम अघी बढायौं । मुख्यगरी फलफूल वृक्षारोपण कार्यक्रमलाई हामीले विशेष जोड दियौं । हाम्रो कार्यकालमा हामीले नर्सरीको अभियान नै शुरु गरेका छौ । डढेलो नियन्त्रण, सडकको दायाँवायाँ वृक्षारोपण जस्ता दीर्घकालिन हित हुने कामलाई अगाडि बढाएका छौं । नागरिकहरुलाई वातावरणीय ज्ञान एवं चेतनामा वनको परिपूर्ति फलफूलले गर्छ भन्ने बुझ्नु आवश्यक छ । बढेको जनसंख्यालाई उचित व्यवस्थापन गर्न पनि यस फलफूल रोपण कार्यक्रमलाई अगाडि बढाउनुपर्दछ भन्नेमा मेरो विशेष जोड रहँदै आएको छ ।
वातावरण संरक्षण गर्ने सन्दर्भमा अब के गर्नुपर्ला त ?
वातावरणीय असन्तुलनबाट भविष्यका सन्ततीहरुमा ठूलो असर पर्ने भएकोले वर्तमानका आवश्यकता पूरा गर्नेतर्फ भन्दा पनि भविष्यप्रति केन्द्रित हुँदै अब हामीले हाम्रा गतिविधिहरू सञ्चालन गर्दै जानुपर्ने आवश्यकता छ । हुनतः सरकारले छैटौं योजनामा नै पहिलो पटक वातावरणीय नीतिलाई राष्ट्रिय नीतिमा समावेश गरको थियो । यद्यपि उक्त कार्यक्रम अझै पनि कार्यान्वयन तहमा प्रभावकारी बन्न भने सकेका छैनन् । यसो हुनुमा ती नीति तथा कार्यक्रमहरू अनुसन्धानमा आधारित नहुनु पनि मुख्य विषय भएको मैले महसुस गरेको छु । यसको अलावा नीतिको कार्यान्वयन सम्बन्धमा राजनीतिक नेतृत्व तहमा प्रभावकारी भूमिका खेल्न नसक्दा र नीति तथा कार्यक्रमलाई सही निर्देशन गर्न नसक्दा पनि समस्या सृजना भएको हुनुपर्छ । यो अवस्थामा सबैले जीवनका लागि स्वच्छ वातावरण निर्माण गर्न वायु, जल, ध्वनि, कृषि, औद्योगिक क्षेत्रका प्रदूषण रोक्न हामी सबैको साझा प्रयास आवश्यक छ । साथै राज्यले अब नीति योजना तथा कार्यक्रमलाई अगाडि वढाउँदा वातावरण पक्षलाई प्रमुख एजेण्डा सहित अघी बढाउनुपर्छ । 
वातावरणीय असन्तुलनबाट भविष्यका सन्ततीहरुमा ठूलो असर पर्ने भएकोले वर्तमानका आवश्यकता पूरा गर्नेतर्फ भन्दा पनि भविष्यप्रति केन्द्रित हुँदै अब हामीले हाम्रा गतिविधिहरू सञ्चालन गर्दै जानुपर्ने आवश्यकता छ । हुनतः सरकारले छैटौं योजनामा नै पहिलो पटक वातावरणीय नीतिलाई राष्ट्रिय नीतिमा समावेश गरको थियो । यद्यपि उक्त कार्यक्रम अझै पनि कार्यान्वयन तहमा प्रभावकारी बन्न भने सकेका छैनन् ।
यहाँ राजनीतिक रूपमा नेकपा (एमाले)सँग सम्बद्ध हुनुहुन्छ । यहाँको पार्टीले यस विषयमा कत्तिको ध्यान दिएको महसुस गर्नुभएको छ त ?
नेकपा (एमाले) एउटा जिम्मेवार पार्टी हो । यसले प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्वलाई जहिले पनि आत्मसात् गर्दै आएको छ । झन वातावरणको विषयमा त पार्टी बढी नै गम्भिर छ । हामी सरकारमा हुँदा पनि प्रत्येक योजनामा वातावरण एवं दिगो विकासलाई हामीले प्रमुख एजेण्डा बनाउँदै आएका छांै ।
यहाँहरुको महाधिवेशन चितवनमा हुँदैछ । त्यहाँको फोहोरलाई कसरी व्यवस्थापन गर्ने सोच राख्नुभएको छ त ?
यहाँले अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभएको छ । हाम्रा पाहुनाहरु, प्रतिनिधि तथा केही परिवेक्षकहरु सम्मेलनमा सहभागि हुनुहुनेछ । हाम्रा स्वयंसेवक साथीहरुदेखि सहभागि हामी सबैैले फोहोरको व्यवस्थापन आफैं गर्नुपर्छ । सम्मेलन सकिँदा फोहोरको व्यवस्थापन पनि हामी आफैंले गरेर समाजका अन्य व्यक्तिहरूलाई फोहोर व्यवस्थापन सम्बन्धी राम्रो सन्देश प्रवाह गरी अरूलाई पनि यस कार्यको लागि हामीले प्रोत्साहित गर्नेछाैं । 
एउटा फरक प्रश्न, यस पटकको महाधिवेशनमा नेतृत्व सर्वसम्मत हो त ?
हामीले वडा, गाउँ देखि प्रनिनिधि छनोट सम्मका कार्यहरू सर्वसम्मत तवरले नै गरेका छौं । यसले यो पनि सन्देश दिएको छ कि चितवनमा हुने महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट हुने निश्चित छ । केही सदस्यहरुमा सर्वसम्मत भएन भने निर्वाचन हुन सक्छ । होइन भने प्रायः सबैमा सर्वसम्मत नै हुनेछ । हामीले देशभित्र र देशबाहिर पनि एमाललाईे अनुशासित नमुना पार्टीको रूपमा प्रस्तुत गर्नेछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij