२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसियन लाइफ इन्स्योरेन्सको २७% लाभांश घोषणा

एसियन लाइफ इन्स्योरेन्सको २७% लाभांश घोषणा

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले २५% बोनस शेयर र २% नगद लाभांश गरी कुल २७% लाभांश दिने घोषणा गरेको छ।

संचालक समितिको मिति २०७८ साल कार्तिक ३० गते बेलुका ४:०० बजे बसेको बैठकले आर्थिक बर्ष २०७६/७७ सम्मको संचित नाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सको हाल कायम रहेको चुक्ता पूँजी रु.२ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० को २५% ले हुने रु.५० करोड २६ लाख ९० हजार १८१.८५ बराबरको बोनस शेयर र २% ले हुने रु.४ करोड २ लाख १५ हजार २१४.५५ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

संचालक समितिले घोषणा गरेको उक्त लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृति भए पश्च्यात साधारण सभाको छलफलमा समावेश गरिनेछ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij