२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा २४ खेलाडी छनोट

विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्याविरुद्ध खेल्न पारसको कप्तानीमा २४ खेलाडी छनोट

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि नेपालबाट २४ खेलाडी छनोट भएका छन्। आउँदो मार्च ११ र १३ मा हुने खेलका लागि पारस खड्काको कप्तानीमा २४ जना छानिएका हुन्। उनीहरुलाई अब बन्द प्रशिक्षण दिइनेछ।

टोलीमा विकेट किपर सुवास खकुरेल र राजु रिजाल भने परेनन्। उनीहरुको ठाउँमा मोहम्मद आसिफ शेख र दिलीप नाथ परेका छन्। त्रिवि क्रिकेट मैदानमा यसअघि भएको सुपर लिग म्याचको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको हो।

कोको परे टोलीमा ?
  पारस खड्का
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
अभिनाश कर्ण
मोहम्मद आरिफ शेख
अमित श्रेष्ठ
सुसन भारी
दिलीप नाथ
मोहम्मद आलम
करण केसी
मोहम्मद आसिफ शेख
सागर पुन
भुवन कार्की
शरद भेषावकर
कुशल भूर्तेल
विक्रम सोव
सोमपाल कामी
सुनिल धमला
दीपेन्द्रसिंह ऐरी
बसन्त रेग्मी
दीपेश श्रेष्ठ
राजेश पुलामी मगर
विनोद भण्डारी
सन्दीप लामिछाने


   

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij