प्रचण्ड शाक्य, वरिष्ठ उपाध्यक्ष, नेपाल हस्तकला महासंघनेपालमा विगत डेढ बर्ष पहिले देखि शुरु भएको कोरोनाको कारण यसबाट नेपालको हस्तकला क्षेत्रमा निकै ठूलो प्रभाव पर्दै आएको छ । कोरोना शुरु हुने बेला सम्म नेपालमा परम्परागत हस्तकला क्षेत्र अन्तरगत करिब ५ लाख व्यक्तिहरुले रोजगारी पाउँदै आएको स्थिति थियो । यद्यपि अधिकांश हस्तकलामा आधारित रही काम गर्दै आएका कालिगढहरुलाई अझै पनि सहज स्थिति भने सृजना भइसकेको छैन । हस्तकला क्षेत्रमा संलग्न व्यक्तिहरु अहिले पनि धानिन गाह्रो पर्ने स्थिति कायम रहँदै आएको छ ।
बजेटले सकारात्मक योजनाहरु ल्याएको छ
अहिलेको बजेटमा युवाहरुलाई व्यवसायमा आकर्षित गर्नको लागि आवश्यक केही सहुलियतका कार्यक्रमहरु समेटिएका छन् । हुनतः अघिल्ला बर्षहरुमा पनि यस किसिमका केही आकर्षक कार्यक्रमहरु नसमेटिएका होइनन् । यद्यपि ती कार्यक्रमको कार्यान्वयन भने सहज हुन सकेको छैन । राज्यका कार्यक्रमहरु बिना झण्झट उपभोग गर्न सकिने गरी आवश्यक व्यवस्था मिलाउनसके सबै सम्बन्धित उद्योगी व्यवसायी लाभान्वित हुन सक्ने थियौं ।
अन्तराष्ट्रिय बजारको असर
हस्तकला क्षेत्रमा अन्तराष्ट्रिय बजारमा आउने परिवर्तनको ठूलो असर पर्ने गर्छ । हस्तकला अन्तरगत उत्पादित वस्तुहरु नियमित आवश्यकतासँग सम्बन्धित नभई अतिरिक्त आवश्यकता अन्तरगत पर्ने वस्तुहरु हुने गर्छन् । कोरोनाकै कारण अझै पनि अन्तर्राष्ट्रिय बजार स्थिति सामान्य भइसकेको छैन । जसले गर्दा यसबाट नेपालको हस्तकला व्यवसाय पनि प्रभावित भएको छ । नेपालमा ठूलो परिमाणमा उत्पादन हुने फेल्टजन्य सामानहरुको मुख्य बजार युरोप हो । युरोपियन बजार अझै पनि सामान्य बनिनसकेको कारण हाम्रो व्यापार पनि राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालमा उत्पादन भएका सामानहरु बिक्री हुन नसक्दा कालिगढहरु यो व्यवसायबाट बाहिरिन सक्ने स्थिति नआओस् भनेर हामीले व्यवसायी तथा कालिगढहरुलाई अहिलेको अवस्थालाई नयाँ उत्पादन तरिकाहरु सिक्न, आफ्ना उत्पादनमा नयाँपन ल्याउन र विगतमा बाँकी रहेका कामहरु पूरा गर्ने उपयुक्त अवसरको रुपमा उपयोग गर्नको लागि उत्प्रेरित गरेका छौं ।
महिला उद्यमशिलता फस्टाउन सहयोग
नेपालमा राज्यले ल्याएको सहुलियतपूर्ण कर्जाको कारण महिला उद्यमशिलता फस्टाउनमा ठूलो सहयोग पुगेको छ । महिलाहरुलाई लक्षित गरेर ल्याएको यो कार्यक्रम बढी प्रभावकारी समेत देखिएको छ । सहुलियतपर्ण कर्जाबाट महिला उद्यमीहरु बढी लाभान्वित भएका छन् । यो कार्यक्रमबाट हस्तकला बाहेक अन्य क्षेत्रका महिलाहरु पनि ५ प्रतिशत दरमा कर्जा तथा पुनर्कर्जा सुविधा लिएर लाभान्वित भएका छन् ।
हस्तकला क्षेत्रले महत्वपूर्ण व्यक्तिहरु गुमायो
हुनतः हामीले यस बर्षलाई हस्तकला बर्ष घोषणा गरेर यस अन्तरगत केही कार्यक्रमहरु पनि सञ्चालन ग¥यौं । यद्यपि कोरोना संकटले गर्दा ती कार्यक्रमहरुलाई राम्रोसँग प्रवद्र्धन गर्न सकिएन । राजनीतिक उथलपुथलले पनि यसमा केही बाधा सृजना गयो । साथै यस बर्ष हस्तकला अन्तरगत काम गर्ने राज कुमार शाक्य लगायतका अग्रज कलाकारको दुखान्त अवशान भयो । यसले हस्तकला क्षेत्रमा निकै ठूलो नोक्सानी पु¥याएको छ ।
अनलाइन पेमेन्ट र डलर कार्ड
यस बर्षबाट राज्यले नेपालका बैंकहरुबाट पनि सहज रुपमा डलर कार्ड लिन सकिने व्यवस्था गरेको छ । यद्यपि यसमा उपलब्ध कारोबार रकमको सीमा निकै न्यून छ । बाहिरबाट हेर्दा यसलाई राम्रो शुरुवातको रुपमा नै लिन सकिन्छ । यद्यपि हस्तकला व्यवसायीहरु न्यून सीमाको कारण यसबाट राम्रोसँग लाभान्वित भने हुन भने सक्दैनन् । साथै पेमेन्ट गेटवे लगायतमा पनि सुधार गरेर नेपाली उत्पादन बाहिर पठाएर सहज रुपमा भुक्तानी लिने व्यवस्थाको लागि प्रयाप्त काम गर्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij