पछिल्लाे समय जनता समाजवादी पार्टीमा जनताको आकर्षण बढ्दै गएकाे छ ।
पार्टीको सगंठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) अन्तर्गत आज गाेरखा संघीय निर्वाचन क्षेत्र नम्बर १ काे उद्घाटन आज पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबाट सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै भट्टराईले बुढिगण्डकी जलविद्युत आयाेजनलाई तत्काल सुरु गर्न, चुमनुब्रि गाउँपालिकाका जनताले भाेग्नुपरेकाे दुख कष्ट, हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरि खानुपर्ने बाध्यता न्युनिकरण गर्नुपजाेड दिनुभएको छ।
यसको लागि स्तरीय सडक निर्माणमा पहल गर्ने प्रतिबद्वता व्यक्त आवश्यक रहेको
गर्दै अझै पनि देशमा समृद्धि नआएकाेमा दुख व्यक्त गर्दै देशमा बिकास र समृद्धिका लागि जनताले वैकल्पिक शक्ति निर्माणमा जनता समाजवादी पार्टीलाई साथ दिने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा उपस्थित करिब २ सय व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन्।
कार्यक्रम जसपा गाेरखा जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुलीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियो ।
शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा जसपा गाेरखा जिल्ला संयाेजक तथा केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमाल, जिल्ला अध्यक्ष सराेज भट्ट, केन्द्रीय सदस्य राेहित पाण्डे, गण्डकी प्रदेश सदस्य राजेन्द्र खनाल, जसपा आरूघाट काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष लक्ष्मण धमला, जसपा युवा जिल्ला समिति गाेरखाका अध्यक्ष मान बहादुर तामाङ, क्षेत्रीय अध्यक्ष तम्स गुरूङ, गाउँपालिका पार्टी अध्यक्ष राजु गुरूङ, जसपा दलित संघ जिल्ला समितिका अध्यक्ष सुमन परियार लगायतका व्यक्तिहरूको अतिथिकाे रूपमा उपस्थिति रहेको थियोे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij