गोरखाको आरुघाट गाउँपालिकामा नेपाली काङ्ग्रेस लगायत विभिन्न दलका सक्रिय सदस्य तथा सर्वसाधारण युवाहरु ठूलो सङ्ख्यामा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
आज पार्टी कमिटीले आयोजना गरेको एक कार्यक्रम बीच युवाहरु जसपा प्रवेश गरेका हुन् ।
खड्ग बहादुर बरामुको अध्यक्षतामा आयोजना गरिएको पार्टी प्रवेश सम्बन्धी कार्यक्रमको रौनकले गोरखा जिल्लामा जसपा प्रति युवाहरुको मोह तीव्र रुपमा बढ्दै गएको प्रष्ट हुन्छ ।
पार्टी प्रवेश गरेका युवाहरुलाई भव्य स्वागत समेत गरिएको छ ।

साथै आरुघाट गाउँपालिका वडा नम्बर ७ कमिटी मातहत पार्टीका नवप्रवेशी युवाहरु मध्येबाट बासुदेव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा कुल प्रसाद सोडारी, उपाध्यक्षमा इन्द्र बहादुर सोडारी, सचिव कृष्ण गुरुङ, कोषाध्यक्ष देवी बरामु लगायत चयन भएका छन् । कार्यसमितिका अन्य सदस्यहरुमा कलावती बरामु, सुवास अधिकारी लगायत छन् ।
आज भएको कार्यक्रम जसपा गोरखा जिल्ला कार्यसमिति उपाध्यक्ष राजेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



उक्त कार्यक्रममा अतिथिको रुपमा तमु राज्य समिति कोषाध्यक्ष कृष्ण कुमार बरामु, जसपा जिल्ला युवा कमिटी उपाध्यक्ष भुजन गुरुङ, आरुघाट काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष विकास अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij