२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नाडाको निर्वाचन मंसिर २२ र २३ गते सम्पन्न गरिने

नाडाको निर्वाचन मंसिर २२ र २३ गते सम्पन्न गरिने

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ ।

शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।

साधारणसभा र निर्वाचन सोही होटलमा नै सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्ष सहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।

यसअघि भाद्र २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो ।

हाल अवस्था सुधारोन्मुख रहेको अवस्थामा व्यवहारिक दसैं तिहार तथा छठ पर्वपछि साधारणसभा र निर्वाचन गर्न उपयुक्त देखिएकाले सोही बमोजिम मिति तय गरिएको अध्यक्ष दुलालले जानकारी दिए ।

नाडाको आसन्न २४ औं निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij