२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानकाे दिशामा निरन्तर क्रियाशिल रहनेछौंः अभियन्ता कार्की

आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानकाे दिशामा निरन्तर क्रियाशिल रहनेछौंः अभियन्ता कार्की

कृषिप्रधान देश नेपाल पछिल्लो समय आयातमा निर्भर मुलुक बन्दै आएको छ । नेपालमा कृषिजन्य उत्पादनको लागत उ्च्च छ । खेतीपातीको प्रतिफल मौसममा निर्भर रहने स्थिति छ । आवश्यक प्राविधिक ज्ञान कृषकमा न्यून छ । आधुनिक एवं व्यावसायिक खेती प्रणाली फस्टाउन नसकेको स्थिति छ । कृषि कार्यमा न्यून ब्याजदरमा बैंकबाट लगानी गर्ने स्थिति अहिले सम्म बन्न सकेको छैन । कामदार, सिँचाई, मल बिऊ, विषादी, आधुनिक उपकरण, भाैगाेलिक अवस्थिति लगायतका समस्याकाे कारण नेपालकाे कृषि अझै पनि फस्टाउन सकेकाे छैन । यी विभिन्न कारणहरुले लागत महँगो बन्दै गएको र कृषिमा संलग्न युवाहरु प्रति सामाजिक दृष्टिकोण समेत सकारात्मक बन्न नसकेको कारण युवाहरु रोजगारीको लागि विदेशिनु अहिलेकाे यथार्थ बन्न पुगेकाे छ । 

ठीक यही स्थितिलाई सुधारेर कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छ । कृषिमा स‌ंलग्न हुन युवाहरुलाइ उत्प्रेरित गर्नुपर्छ । कृषिलाइ कम लागतमा उच्च प्रतिफलमुखी बनाउनुपर्छ  भन्ने मान्यताले अहिले युवाहरुकाे एउटा समूह विभिन्न बाधाअवरोध देशका विभिन्न ग्रामीण भेगका कृषकहरुसँग साक्षात्कार गर्दै सहकार्यकाे लागि अघी बढेकाे छ ।

विगत १ बर्ष पहिले देखि उर्वर नेपाल पब्लिक लिमिटेड नामक कम्पनी स्थापना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानको रुपमा युवाहरुको जाेशजाँगरलाइ अझ सशक्त बनाउँदै  किसानहरुका घरखेतमा पुगि आवश्यक प्राविधिक तथा आर्थिक सहयोग, उत्पादनको बजारीकरण लगायत काममा क्रियाशिल बनेकाे छ । यस काममा नेपाली उद्यमशिल साेचका युवाहरु  एवं कृषकलाई समेत शेयरहाेल्डरकाे रुपमा सहभागि बनाइ कृषकका उत्पादनहरुकाे सहज बजारीकरण गर्ने कार्य समेत यस अभियानले सञ्चालन गरिरहेकाे छ । अहिले सम्म यस अभियानले एउटा सञ्जाल तयार पारिसकेको छ । यस कार्यको नेतृत्व सुदर्शन कार्की, राजन प्रसाद पाेखरेल लगायतकाे समूहले गर्दै आएकाे छ । कम्पनीका अध्यक्ष समेत रहेका सुदर्शन  कार्कीसँग हामीले कृषिको व्यावसायिकरण गर्ने योजनाको अवधारणा, अभियानका समस्या, चुनौती र भावी योजना लगायत विषयवस्तुमा रही कुराकानी गरेका छौं ।

सुदर्शन कार्की, अध्यक्ष, उर्वर नेपाल पब्लिक लिमिटेड

प्रस्तुत छ उर्वर नेपाल पब्लिक लिमिटेडका अध्यक्ष कार्कीसँगको कुराकानीः

यहाँले संक्षिप्तमा आफ्नो परिचय गराइदिनुहुन्छ कि ?
मेरो नाम सुदर्शन कार्की हो । मेरो जन्मस्थान दोलखा जिल्ला हो । मेरो बाल्यअवस्था दोलखाको दक्षिण भेग हालको शैलुङ्ग गाउँपालिकामा नै बित्यो । नेपालमा जनयुद्द सुरु हँुदा म १ कक्षामा पढ्थेँ र जन–आन्दोलनसँगै शान्ति प्रक्रियामा आइपुग्दा एसएलसी शिक्षा सकेर उच्च शिक्षाको लागि काठामाडौं आएँ । पछिल्लो समय हामीले कृषिको व्यावसायिकरण र बजारीकरण सम्बन्धमा राष्ट्रको दीर्घकालिन हित एवं कृषक हितलाई मध्यनगर गर्दै विभिन्न कार्यक्रमहरु अघी बढाइरहेका छौं ।
अहिले हामीले उर्वर नेपाल पब्लिक लिमिटेड नामक कम्पनी स्थापना गरी यस अन्तरगत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान सञ्चालन गरिरहेका छौं । यस अभियानले खासगरी देशभरका कृषक एवं कृषि क्षेत्रको प्रवद्र्धनको काम गर्ने उद्देश्य राखिएको छ । अहिले हामीले कृषि क्षेत्रको व्यावसायिकरणलाई जोड दिँदै स्वदेशी वस्तु उत्पादन र बजारीकरण सम्बन्धी काम गरिरहेका छौं । स्वदेशी अर्थतन्त्र बलियो भएको देख्न इच्छुक विभिन्न व्यक्ति तथा समूहहरु हामीसँग जोडिन सक्नुहुन्छ । हाम्रो यस अभियानबाट खासगरी कृषकलाई प्रोत्साहनजनक क्रियाकलाप मिल्नुको अलावा कृषिजन्य उत्पादन अभिवृद्धि भई कृषकको आर्थिक सुनिश्चितता र आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ भन्ने हामीले आँकलन गरेका छौं । सोही बमोजिम कृषकलाई आवश्यक आर्थिक, भौतिक तथा प्राविधिक सहयोग सहयोग समेत उपलब्ध गराइरहेका छौं । साथै उत्पादित वस्तुको सहज बजार प्रबन्धन सम्बन्धी कामहरु समेत गर्दै आइरहेका छौं ।

यस अभियानमा विभिन्न क्षेत्रका विज्ञहरु हुनुहुन्छ । व्यवसायी, लगानीकर्ता, कृषक, बैंकिङ प्रणाली अहिले यस अभियानमा जोडिइसकेका छौं । हामीले अहिले देशभर हाम्रो सञ्जाल विस्तार गरिरहेका छौं । यस अभियानको लक्ष्य सिङ्गै मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउने भन्ने हो र त्यसमा हाम्रो पहिलो कदम कृषि उत्पादनबाट आत्मनिर्भर बनी आत्मनिर्भरता सहितको समृद्धि तर्फ पाइला चाल्ने रहेको छ ।

तपाईं कसरी कृषि क्षेत्रको प्रवद्र्धन गर्ने यस अभियानमा संलग्न हुनको लागि प्रेरित हुनुभयो त ?
म दोलखाबाट काठमाडौं आउँदा मेरो लक्ष्य नेपाली सिनेमाको हिरो बन्ने रहेको थियो । बिस्तारै काठमाडौंको परिवेशले व्यापारी बन्न बाध्य बनायो । हाम्रो समाजमा आम युवामा पैसा मात्र कमाउने होड छ । म पनि यही समाजको पात्र भएकाले मेरो लक्ष्य नेपालको धनी व्यक्ति बन्ने रह्यो । बिस्तारै व्यवसाय फस्टाउँदै गयो । यसको मतलब मलाई काठमाडौंमा बाँच्नकै लागि संघर्ष गर्नुपर्ने दिनको समाप्त भयो । अब म कसरी समाजलाई पनि केही दिन सक्नु भन्ने तर्फ मेरो ध्यान केन्द्रित हुन थाल्यो । यसै क्रममा मैले ब्रह्माण्ड, मानव विकास, विज्ञान प्रविधिको विकास साथै विश्व इतिहास र विश्वदर्शन बारे केही अध्ययन गर्ने मौका समेत पाएँ । त्यसपछि भने मेरो जीवनको लक्ष्य बदलियो । विद्यमान समाजमा युवा पुस्ताले राख्ने लक्ष्य भन्दा फरक लक्ष्य बोकेर म यो समाजमा उभिएको छु । अब हाम्रो अभियान हाम्रो समग्र नेपालीको अभियानको रुपमा अघी बढिरहेको छ । यस अभियानमा विभिन्न क्षेत्रका विज्ञहरु हुनुहुन्छ । व्यवसायी, लगानीकर्ता, कृषक, बैंकिङ प्रणाली अहिले यस अभियानमा जोडिइसकेका छौं । हामीले अहिले देशभर हाम्रो सञ्जाल विस्तार गरिरहेका छौं । यस अभियानको लक्ष्य सिङ्गै मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउने भन्ने हो र त्यसमा हाम्रो पहिलो कदम कृषि उत्पादनबाट आत्मनिर्भर बनी आत्मनिर्भरता सहितको समृद्धि तर्फ पाइला चाल्ने रहेको छ ।

आगामी दिनमा यो अभियान कसरी अघी बढ्छ ?
हामीले अभियानलाई विस्तारै कृषिको अलावा पर्यटन क्षेत्र, जडीबुटीको विकास, उत्खनन र जलविद्युतमा जनस्तरबाट सामुहिक लगानी र परिश्रम गरि देशलाई आत्मनिर्भर सहितको समृद्ध देश बनाउन सम्भव छ भन्ने कार्यक्रम सहित अघी बढाउनेछौं । यी योजनाहरुको कार्यान्वयनकै लागि हामीले ‘उर्वर नेपाल पब्लिक लिमिटेड’ भन्ने कम्पनीको स्थापना गरेका छौं ।

यस अभियान अन्तरगत अहिले सम्म के–कस्ता कामहरु अघी बढाउनुभएकाे छ त ?
हाम्रो अभियानको मुख्य काम नेपाली उत्पादनको बजारीकरण गर्नु नै हो । त्यसको लागि हामीले हाल ४ महिनामा २ वटा आधुनिक बिक्री कक्ष (आउटलेट) निर्माण गरी नेपालि उपभोक्ता माझ नेपाली उत्पादन लिएर आइसकेका छौं । यो कम्पनी यस्तो कम्पनि हो, जसमा नेपाली किसान, अभियन्ता र आम शुभचिन्तक नेपालीहरुको लगानी रहेको छ । हामीले यो कम्पनी मार्फत ५ वर्षमा ८ सय आउटलेट खोलि नेपालको सबैभन्दा ठुलो एग्रो कम्पनि बन्ने लक्ष्य लिएका छौं । समय र परिवेशको आवश्यकताले मानिसलाई डोहोर्याउने रहेछ । अबको १० वर्ष मेरो प्रमुख लक्ष्य भनेकै देशलाई पूर्ण रुपमा उत्पादनमा आत्मनिर्भर बनाउनु नै रहनेछ ।

दोलखाबाट काठमाडौं प्रवेश गर्दाका ती क्षणहरूलाई यहाँले कसरी सम्झनुहुन्छ नि ?
एउटा ग्रामीण भेगबाट शहरमा भविष्य खोज्न आएको एउटा दोलखाली केटो आज आम नेपाली नागरिकहरुको भविष्यको चिन्ता गर्दै मैदानमा उत्रिएको छ । मलाई अहिले लाग्छ कि हाम्रो सफलता स्तर हाम्रो दृढ इच्छा शक्तिमा निर्भर गर्दो रहेछ । ग्रामीण क्षेत्रमा, कमजोर आर्थिक हैसियतको परिवारमा जन्मिएर, सामुदायिक विद्यालयमा पढेर वा बाल्यकाल दुखद स्थितिमा बितेपनि अथवा एक दुई चोटि असफल भएर हामी सदैव कमजोर र असफल रहन्छौं भन्ने हुँदैन रहेछ । यो परिवर्तनशिल दुनियाँमा समयको आवश्यकता बमोजिम को कहाँबाट कहाँ पुग्छ थाहा नै हुँदो रहेनछ । यद्यपि सकारात्मक सोच, सामाजिक उत्तरदायित्वको महसुस र योजनावद्ध तवरले अघी बढ्दा हामीले ढिलोछिटो सफलता त अवश्य पाउन सक्छौं भन्ने मेरो अनुभव छ । व्यक्तिको सफलताको स्तर चाहिँ हाम्रो आफ्नै मानसिकता र कल्पना शक्तिमा नै निर्भर गर्दो रहेछ । म काठमाडौं प्रवेश गर्दा कमजोर अवस्थामा रहेको मैले यहाँ भोगेका विभिन्न उतारचढाव र आरोहअवरोहहरुबाट सिक्दै अहिलेको अवस्थामा आउन सफल भएको हुँ । हामीले अहिले हाम्रो बुझाई, सिकाई र भोगाईको आधारमा युवाहरुलाई सकारात्मक आशा जगाउने क्रियाकलापहरुमा लाग्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता देखेर हाम्रो समूह आफैं मैदानमा उत्रिएका छौं । युवा वर्गमा उत्पादनमूलक क्रियाकलापमा संलग्न रहन र व्यावसायिक क्षेत्रमा अघी बढ्न व्यावसायिक चेतना अभिवृद्धि हुने काममा केही सहयोग पुर्याउन सकेको खण्डमा विस्तारै हामीले चाहेको समृद्धिको यात्रामा हाम्रो देश अघी बढ्न सक्छ भन्ने मैले बुझेको छु ।

कृषि भित्र धेरै समस्याहरु छन् तर मुख्य समस्या भनेको सप्लाई चेन नहुनु नै हो । नेपालमा उत्पादन नभएको होइन । त्यसले व्यवस्थित दिर्घकालिन बजार नपाएको भने अवश्य हो । त्यसलाई सार्थक बनाउनको लागि नेपाल सरकारले योग्य सामाजिक अभियन्ताहरुलाई नभएर आफ्ना र वरपरका मानिसलाई मात्र कृषि अनुदान दिँदै आइरहेको पनि सत्य हो । अहिले सम्म निजी क्षेत्रले पनि उद्यमशिलतामूलक कामहरु शुरुवात गर्ने मात्रै भन्ने र अन्तर्राष्ट्रिय सहयोगहरु पचाउने काम मात्र गर्दै आएका छन् । सबैले कृषिलाई देखाएर यस क्षेत्रमा काम गर्ने भन्ने र अनुदान मात्र पचाउनेहरू पनि यस क्षेत्रका ठूला समस्या नै बनेका छन् ।

उर्बर नेपाल नै निर्माणको अवधारणा चाहिँ के हो ?
नेपाल उर्वरशिल भूमि हुँदाहुँदै पनि एकातिर अहिले सम्म किसानको उत्पादनले बजार पाउन सकेको छैन । यसबाट किसानको अवस्था माथि उठ्ने सुनिश्चितता हुन सक्दैन । त्यसैले किसानको आफ्नै बजार बनाउन सामुहिक अवधारणामा व्यसाय गर्न आवश्यक ठानेर हामीले यो अभियान अघी बढाएका हौं । अहिलेका नेपाली युवाको कृषि प्रतिको जुन आकर्षण छ त्यसलाई उत्साह थप्न र विदेशमा भएका युवा वर्गलाई समेत देशमा केहि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने आशाको दिप जगाउन आवश्यक ठानेर कृषिकै क्षेत्रमा हामीले काम अघी बढाएका हौं । नेपाली युवालाई उपयुक्त प्लेटफर्म मिल्न सके विदेश जानबाट रोक्न र स्वदेशमा नै उद्यमशिल क्रियाकलापमा लगाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ । यसरी सामुहिक तवरे जसले जहाँबाट जसरी सकिन्छ, त्यसले त्यहीँबाट मेहनत गर्दा देश आत्मनिर्भर बन्छ भन्ने उदाहरण सहित नेपाललाई पुनः उर्वरमय बनाउने उद्देश्यले नै हाम्रो अभियानको अवधारणा हो ।

नेपाललाई साँच्चिकै कृषिमा रूपान्तरण गर्न अबका दिनमा के–कसरी अघि बढ्नु जरुरी देख्नुहुन्छ ?
अब हामी सरकार वा गैह्र सरकारी संस्थाहरुको मात्र भर परेर हुन्न । नेपाली युवाहरुले विचार सहित लगानी गरेर किसानलाई संगठित ढंगले उत्पादनमा परिचालित गर्नुपर्छ । छोटो समयलाई मात्र हेर्ने हो भने पनि भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता समस्याहरुले हामीलाई सिकाएको छ कि यी समस्याहरुमा अन्य कामहरु पूर्ण रुपमा रोकिँदा पनि मानिसले खाद्यान्न सामाग्री खरिद गर्न भने छोडेनन् । हाम्रो देश जति छोटो समयमा परनिर्भर भएको छ, हामीले चाह्यौं भने त्यत्तिकै चाँडो पुनः आत्मनिर्भर बनाउन पनि हामीले नै सक्नेछौं । वर्षको झन्डै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको दैनिक उपभोग गर्ने वस्तु हामीले आयात गर्छौं । यो भनेको हालको ४ वटा मन्त्रालयको बजेट बराबर आउँछ । यसको मतलब अब हामीले पनि उत्पादन गरेर विश्व बजारमा पठाउन सक्छौं भने हामीले किन अब आर्थिक सबलताको लागि यो प्रयास नथाल्ने ? निर्वाचनमा नेताहरुले गर्ने खर्च तिनै बिचौलियाबाट मिल्छ । अनि उनीहरुको नुन खाएपछि नुनको सोझो गर्नै पर्यो । यी विविध कारणहरु छन्, जसले गर्दा युगौं देखिको मानव जीवनसँग जोडिएको कृषिमा पनि हाम्रो प्रगति हुन सकेको छैन । यसको लागि हामी सम्पूर्ण नागरिक सचेत भएर सहयोगात्मक तरिकाले संगठित रुपमा अगाडी बढ्दा मात्र यो समृद्धि सम्भव हुनेछ । यसैकारण हामीले आत्मनिर्भरता सहितको समृद्धि र सकारात्मक परिवर्तन चाहने आम नेपाली अब एक भएर अगाडी बढेमा मात्र सम्पूर्ण नेपालीको हित हुने अनुमान गर्न सक्छौं । यसको सबैभन्दा धेरै फाइदा तिनै पिँधमा रहने किसानलाई नै मिल्नेछ ।

एक वर्षको छोटो समयमा पनि यहाँहरुले निकै उत्साहप्रद कामहरु गर्दै आइरहनु भएको छ । यस्ता विविध गतिविधिहरु सञ्चालन गर्दा यहाँहरुले भोग्नुभएका मुख्य समस्याहरु चाहिँ के–के अनुभव गर्नुभएको छ ?
कृषि भित्र धेरै समस्याहरु छन् तर मुख्य समस्या भनेको सप्लाई चेन नहुनु नै हो । नेपालमा उत्पादन नभएको होइन । त्यसले व्यवस्थित दिर्घकालिन बजार नपाएको भने अवश्य हो । त्यसलाई सार्थक बनाउनको लागि नेपाल सरकारले योग्य सामाजिक अभियन्ताहरुलाई नभएर आफ्ना र वरपरका मानिसलाई मात्र कृषि अनुदान दिँदै आइरहेको पनि सत्य हो । अहिले सम्म निजी क्षेत्रले पनि उद्यमशिलतामूलक कामहरु शुरुवात गर्ने मात्रै भन्ने र अन्तर्राष्ट्रिय सहयोगहरु पचाउने काम मात्र गर्दै आएका छन् । सबैले कृषिलाई देखाएर यस क्षेत्रमा काम गर्ने भन्ने र अनुदान मात्र पचाउनेहरू पनि यस क्षेत्रका ठूला समस्या नै बनेका छन् । विविध समस्याहरुले घेरिएको कृषि क्षेत्रलाई माथि उठाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अब युवाहरु नै सहभागी नहुँदासम्म र आम नेपालीमा समृद्धि भन्दै गर्दा हरेक नेपालीको चेतनामा आत्मनिर्भर सहितको समृद्धि देख्ने चेतना नहुँदासम्म हामीले सोचेजस्तो विकास कदापि हँुदैन । मल बिउबिजन हामी आफ्नै नहुनु, बिचौलियाको हावी हुनु, कृषकले सही मूल्य नपाउनु, उपभोक्ता महँगोमा कृषिजन्य वस्तु उत्पादन खरिद गर्न बाध्य हुनु लगायत थुप्रै समस्याहरु अहिले कृषि क्षेत्रमा रहँदै आएका छन् ।

त्यसो भए के नेपाललाई कृषिले मात्रै आत्मनिर्भरतातर्फ उन्मुख गराउन सक्ला त ?
कृषिबाट मात्रै पूर्ण आत्मनिर्भर हुन त नसकिएला । तर पनि कृषिको आत्मनिर्भरतामा ठूलो योगदान रहन्छ । कृषिमा ठूलाे जनसङ्ख्या संलग्न रहँदै आएकाे छ । हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि कृषि पेसाबाट छिटो लाभ हासिल गर्न सक्छौं । मानव सभ्यतासंग प्राचिनकाल देखि नै जोडिएर आएको पेसा पनि कृषि नै हो । यसको विकास गर्ने कार्य हाम्रोजस्तो मुलुकको लागि भौगोलिक र प्राकृतिक रुपमा पनि सहज छ । नेपाल विश्वमा एक मात्र यस्तो देश हो जहाँ सबै प्रकारका मौसम र हावापानी उपलब्ध छन् । यदि व्यावसायिक कृषिको उदाहरणको लागि हामी भन्दा १४ गुणा सानो भनिएको इजरायललाई उदाहरणको रुपमा हेर्न सक्छौं । हामीले आफ्नो उत्पादन अब विश्वव्यापी रूपमा पठाउन सक्ने समयको विकास भइसकेको छ । विज्ञान र प्रविधिको प्रयोगबाट हामीले कृषिलाई सजिलो मात्र नभएर उद्यमीको रुपमा विकास गर्न सक्छौं अहिलेको लागि देशलाई आत्मनिर्भर बनाउने हो भने कृषि नै उत्तम बाटो हो ।

कृषि फार्म र उर्वर नेपाल पब्लिक लिमिटेड बीच के कत्तिको कृषकहरूले फरक पाउन सक्छन् ?
सबैभन्दा पहिलो कुरा हामि विचार सहित उत्पादनमा लाग्दै छौं । अर्को कुरा हाम्रो कम्पनी सेयर संरचनामा ४०% लगानी किसानको रहेको छ । अहिलेका फार्ममा स्वामित्व केवल एक व्यक्ति वा समूहको मात्र हुन्छ र त्यसबापतको फाइदा पनि उनीहरुले मात्र लिने गर्दै आइरहेका छन् । तर यहाँ किसानले आफ्नो उत्पादन बेच्दा पाउने फाइदा मात्र नभएर अन्तिम खरिदकर्ता उपभोक्ताले खरिद गर्दा हुने नाफाको ४०% हिस्सेदार स्वयम् किसान हुनेछन् । साथै उपभोक्ताले सस्तो र सुलभ मूल्यमा वस्तुहरु खरिद गरी उपभोग गर्न पाउनेछन र यो एक व्यक्ति वा समुहको मात्र नभएर आम नेपालीले लगानी गरेर काम गर्न सक्ने वातावरण र पद्दति भएको कम्पनि हो त्यसकारण यो अवधारणा विद्यमान भै रहेको कम्पनीहरु वा कृषि फार्महरू भन्दा धेरै भिन्न छ ।

अब हामी सरकार वा गैह्र सरकारी संस्थाहरुको मात्र भर परेर हुन्न । नेपाली युवाहरुले विचार सहित लगानी गरेर किसानलाई संगठित ढंगले उत्पादनमा परिचालित गर्नुपर्छ । छोटो समयलाई मात्र हेर्ने हो भने पनि भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता समस्याहरुले हामीलाई सिकाएको छ कि यी समस्याहरुमा अन्य कामहरु पूर्ण रुपमा रोकिँदा पनि मानिसले खाद्यान्न सामाग्री खरिद गर्न भने छोडेनन् । हाम्रो देश जति छोटो समयमा परनिर्भर भएको छ, हामीले चाह्यौं भने त्यत्तिकै चाँडो पुनः आत्मनिर्भर बनाउन पनि हामीले नै सक्नेछौं ।

भोलीका दिनमा अन्य क्षेत्रमा पनि लगानी गर्ने नयाँ योजनाहरू पो रहेका छन् कि ?

अब मैले व्यक्तिगत वा निजि सम्पति भन्दापनि सामुहिकतालाई बलियो बनाउँदै सम्बन्धित समुदायमा नै अधिकार पुर्याउने र सामुहिकतामा नै समृद्ध बन्ने भन्ने हो । हाम्रो अभियान “राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले पाँच कार्यक्रम ल्याएको छ जसमा कृषि विकास, पर्यटनको विकास, जडीबुटीको विकास, उत्खननको विकास, जलविद्युतको विकास यी पाँच मध्ये हामीले पहिलो काम कृषिको विकास गर्दै छौं । त्यसको कार्यान्वयन गर्ने काम उर्वर नेपालले गर्ने छ र यसैगरी जनस्तरबाट लगानी गरेर अन्य ४ वटा कम्पनि हामीले खोल्ने लक्ष्य लिएका छौं ।

अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?
हामी संगठित भएर नलाग्दा सम्म हाम्रो देश आत्मनिर्भर हुन सक्दैन । देश आत्मनिर्भर नहुँदा आज जस्तै विदेशिने नेपालिको सङ्ख्या अझ बढ्न सक्छ । साथै देशको राजनीतिक अवस्था पनि यसरी नै अस्थिर भइरहन सक्छ । त्यसो हुँदा सबै क्षेत्रहरु जोखिममा हुनेछन् । त्यसैले सहयोगात्मक ढंगले संगठित भएर समग्र कृषकहरु अगाडी बढ्नलाई अनुरोध गर्दै समग्र सेयरहोल्डरमा हामीले लिएको बाटोले नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपालीको समृद्धि हुने भएकाले धैर्यता साथ अगाडी बढ्न अनुरोध समेत गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij