
काठमाडौं । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्ने उद्देश्य बमोजिम गरिमा विकास बैंकले ल्याण्डमार्क होटल सँग विशेष सम्झौता गरेको छ ।
उक्त सम्झौतामा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ल्याण्डमार्क होटलका प्रमुख सिएन पाण्डे बीच हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार अब गरिमा विकास बैंकका ग्राहकले नेपालको प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग होटलका डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुटका साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुटको व्यवस्था गरेको बताइएको छ ।
साथै गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij