२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दालमोटबाट सफलता हासिल गरेका मधिकर्मीको व्यावसायिक यात्रा र अनुभव

दालमोटबाट सफलता हासिल गरेका मधिकर्मीको व्यावसायिक यात्रा र अनुभव

संजिव मधिकर्मी
प्रबन्ध निर्देशक, दत्तात्रय दालमोट उद्योग (ताथली भक्तपुर)

बाल्यअवस्था
स्व. बुबा रामशरण मधिकर्मी र आमा चम्पादेबी मधिकर्मीको गर्भबाट वि.संंंं. २०३४ सालमा भक्तपुर जिल्लाको तचपाल–३ मा दत्तात्रयी मन्दिर परीसरमा संजिव मधिकर्मीको जन्म भएको हो । मधिकर्मी एकजना भाई र दिदीका बीचमा माइला छोरा हुन् । हाल उनी परिवारमा एक छोरा एक छोरी आमा र श्रीमतिका बीचमा बसोबास गर्दै आइरहेका छन् । अहिले उनी दालमोट उद्योग मार्फत भक्तपुर जिल्लाको एक बहुप्रतिभाशाली युवा उद्यमीका रूपमा आज मधिकर्मीले पहिचान बनाएका छन् । आफ्नै देशमा इमान्दार भएर काम गरियो भने अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेका छन् मधिकर्मी ।

जहाँ व्यवसाय हुन्छ, त्यहाँ केही न केही आर्थिक आय–आम्दानीको बाटो समेत खुल्ने गर्छ । केहीलाई रोजगारी मिल्छ । राज्यलाई राजस्व प्राप्त हुन्छ । जग्गाको भाउ बढ्बाटो समेत खुल्ने गर्छ । केहीलाई रोजगारी मिल्छ । राज्यलाई राजस्व प्राप्त हुन्छ । जग्गाको भाउ बढ्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा निकै धेरै पक्षहरु लाभान्वित हुन्छन् । यसरी हेर्दा व्यावसायिक वातावरण निर्माण गर्न व्यावसायिक विस्तारले निकै महत्वपूर्ण काम गरेको हुन्छ ।

भक्तपुरको सरस्वती विद्यागृह लामगालबाट २०५० सालमा एसएलसी उत्तिर्ण गर्नुभएका मधिकर्मीले पब्लिक युथ क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पूरा गरी अन्य पढाइलाई व्यवसायिक व्यस्तताले गर्दा बीचमै अधुरो राख्नु परेकोमा उनलाई पीडाबोध हुन्छ । यद्यपि आफू संलग्न क्षेत्रमा सफल हुन सकेकोमा उनी खुसी नै छन् । आफू भक्तपुरको एक मध्यम परिवारमा जन्मेर पनि जीवनमा निकै उतारचढावका बीच विभिन्न सङ्घर्षका वावजु आजको अवस्थामा आउनु र सामाजिक एवं व्यावसायिक पहिचान बनाउन सक्नुलाई आफ्नो उपलब्धि मान्छन् ।

व्यावसायिक यात्रा
स्व. बुबा रामशरण मधिकर्मीले २०४० सालमा पारिवारिक व्यवसायका रूपमा दत्तात्रय दालमोटको स्थापना गर्नुभएको हो । सानो लगानीबाट शुरूवात गरेको यस दत्तात्रय दालमोट उद्योग आज भक्तपुरमा एक ब्राण्डका रूपमा स्थापित भइसकेको छ । साथै मानवीय अति आवश्यकताको वस्तुमा पर्ने भोजनको सहज पहुँच उपलब्धतामा अहिले दालमोटले विशेष भूमिका खेल्दै आएको छ । हाल मधिकर्मीले विभिन्न डिष्टिब्यूटर्सहरुबाट आफ्ना उत्पादनहरुको बजारीकरण समेत गर्दै आएका छन् ।

आर्थिक समृद्धिका लागि व्यवसाय
जहाँ व्यवसाय हुन्छ, त्यहाँ केही न केही आर्थिक आय–आम्दानीको बाटो समेत खुल्ने गर्छ । केहीलाई रोजगारी मिल्छ । राज्यलाई राजस्व प्राप्त हुन्छ । जग्गाको भाउ बढ्बाटो समेत खुल्ने गर्छ । केहीलाई रोजगारी मिल्छ । राज्यलाई राजस्व प्राप्त हुन्छ । जग्गाको भाउ बढ्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा निकै धेरै पक्षहरु लाभान्वित हुन्छन् । यसरी हेर्दा व्यावसायिक वातावरण निर्माण गर्न व्यावसायिक विस्तारले निकै महत्वपूर्ण काम गरेको हुन्छ ।

अहिले आफूहरुको उद्योगबाट आज सरकारले समेत निकै राम्रो लाभ लिइरहेको कुरा प्रबन्ध निर्देशक मधिकर्मी बताउँछन् ।

सबैको चाहना आयआर्जनमा सुधार हुन सकोस्, मिठो खान पाउँ, राम्रो लाउन पाउँ भन्ने हुन्छ । जीवन स्वस्थ, सन्तुष्ट हुन सकोस् भन्ने हुन्छ । यस्ता चाहना प्राप्तिका निम्ति शुरुमा आफैंले कुनै नयाँ योजनामा दृढतापूर्वक काम गर्नुपर्ने भएपनि विस्तारै त्यहीँबाट अवस्था सुधार हुने भएकोले व्यवसाय राम्रो भविष्य निर्माणको लागि महत्वपूर्ण आधारस्तम्भ हुने मधिकर्मीको धारणा छ । व्यवसायमा सफल हुनको लागि निश्चित स्थितिमा पुगेपछि व्यावसायिक बृद्धि तर्फ लाग्नुपर्छ । व्यावसायिक वृद्धि भन्नाले भैसकेको आर्थिक स्थितिमा थप बढोत्तरी ल्याउनु भन्ने अर्थ लाग्छ । यसको लागि व्यक्ति तथा व्यावसायिक समूहले आफ्ना वस्तु तथा सेवाको उत्पादन गर्ने क्षमता वृद्धि गर्दै जानुपर्छ ।

आज हामी सबैका निम्ति आर्थिक समृद्धि मू्ख्य गहन विषयवस्तु बनेको छ । यहाँ जुनसुकै काम गर्नका निम्ति पुँजी आवश्यक पर्छ । बिना पुँजी कुनै पनि योजना कहिल्यै पनि सार्थकता पार्न सकिँदैन । पुँजी कम हुने कारणले नै नेपाल जस्ता अल्पविकसित मुलुकले व्यावसायिक बाटो अवलम्बन नगरी जागिरे मानसिकता बनाउने गरेको र त्यसबाट आफ्नो प्रतिव्यक्ति आयमा वृद्धि, गरिबी निवारण हुँदै विस्तारै पुर्वाधार क्षेत्रको विकासमा टेवा पु¥याउँदै ठूला व्यवसाय स्थापनाको वातावरण बनाई समग्र आर्थिक स्थिति सुधार हुने स्थिति रहन्छ ।

व्यवसायमा कसरी सफल भइन्छ त ? मधिकर्मीको धारणा
नेपाल लगायत जहाँसुकै पनि निश्चित योजना र मेहनत बीच सामञ्जस्यता कायम गरी अघी बढेको खण्डमा अवश्य पनि ढिलाचाँडो सफलता पाउन सकिन्छ । कामदार नै भएपनि काम प्रति विशेष चासो र उत्साह हुनुपर्छ । जसले भविष्यमा उसलाई उद्यमी बन्न प्रेरित गर्न सक्छ । तर हामी नेपालीमा भने आफूले पाएको जिम्मेवारीलाई सकेसम्म टार्ने प्रवृत्ति व्यापक छ । त्यो खालको विचारले कहिल्यै ठूलो सफलता दिलाउँदैन । व्यवसायी भएर होस् वा कामदार भएर, जुन भूमिकामा रहेपनि आफ्नै काम सम्झेर निरन्तर लाग्ने र विश्वबजारको नयाँपन बारे समेत अध्ययनमा रुचि राख्दै व्यवस्थापनमा समेत क्षमतावान् व्यक्ति अवश्य पनि व्यवसायमा सफल हुन सक्छन् ।

यसकारण जागिर होइन, व्यवसाय रोजौं
अहिले हामी अधिकांशमा जागिरे मानसिकता व्याप्त छ । व्यावसायिक चासो भने अत्यन्तै कम छ । मैले निजामती सेवामा आवद्ध रहनुभएका तमाम साथिहरूलाई गाली गर्न चाहेको छ्रैन । केवल मैले मुलुकको आर्थिक रूपान्तरणका अतिरिक्त समृद्धिको यात्रा के–कसरी पूरा गर्न सकिन्छ भन्ने सन्देश मात्र सबैलाई आफ्नो अनुभवको आधारमा बाँड्न चाहन्छु । म आफू एक सफल र इमान्दार व्यवसायी भएका नाताले । कुनै बर्ग, जातजाती भाषाभाषीमा मैले विरोध गर्नुछैन ।

जब व्यावसायिक जग बलियो हुन्छ, तबमात्र मुलुकले समृद्धिको यात्रामा नयाँ उचाई हासिल गर्छ । यसकारण अब व्यवसायमा नयाँ योजना भएका व्यक्तिहरु संलग्न हुनुपर्ने जरुरी छ । यसबाट नै मुलुकको समृद्धिका विभिन्न आयामहरु (आर्थिक, सामाजिक, राजनीतिक लगायत) सही रुपमा अघी बढ्न सक्छन् ।

मधिकर्मीको आफ्नो सफलता अनुभव
पारिवारिक रुपमा मधिकर्मी पनि एक कृषक नै हुन् । यद्यपि आफू कुन क्षेत्रमा लाग्ने भन्ने सम्बन्धमा आफ्नो सोच आफैंले विभिन्न बहाना बनाएर नबदले सम्म कसैको अवरोध वा चुनौतीले सफलता प्राप्तिमा रोक्न सक्दो रहेनछ । पेशा सानो ठूलो हुन सक्छ, तर कर्ममा इमान्दारिता र धैर्यता हुनु नै सबैको लागि बुद्धिमतापूर्ण कार्य मधिकर्मीको तर्क छ । यी दुई कुरालाई मैले शुरु देखि नै विभिन्न चुनौती बीच नडगमगाइकन पालना गर्दै आएको हुनाले म अहिले यस दत्तात्रय दालमोट उद्योगलाई आज यो अवस्थामा ल्याउन सकेको हुँ, मधिकर्मी बताउँदछन् ।

उनी थप्छन्, ‘हामीहरुको भक्तपुरमा जग्गा जमीन धेरै भएको हुनाले हाम्रो पिता पुर्खाहरुको पुरानो पेशा भनेको कृषि नै हो । त्यसलाई समय र परिस्थिति बमोजिमले केही मात्रामा हामीहरुले परिवर्तन गर्दै आईरहेका छौं ।’

दत्तात्रय दालमोट उद्योगको अवस्थिति
दत्तात्रय दालमोल उद्योग भक्तपुर जिल्लाको ताथली वडां. नं. ९ यान्डाल भन्ने ठाउँमा अवस्थित रहेको छ । सुन्दर ठाउँ, प्रकृतिको सुन्दर नगरीका रूपमा पहिचान भएको उक्त ठाउँ कृषि तथा उद्योग लगायत दृष्टिकोणबाट उर्वरयुक्त छ । यो उद्योग ५ रोपनी क्षेत्रफल जग्गामा स्थापना भएको छ । अहिले उद्योगमा ६ वटा पक्कि आधुनिक घरहरू निर्माण भएका छन् । यस दालमोट उद्योगले दैनिक तीन लाख हाराहारीमा कारोवार गर्दै आएको छ । मासिक सरदर मासिक एक करोड बराबरको कारोवार उद्योगबाट हुने गरेको छ । दालमोट उद्योगलाई चाहिने कच्चा पदार्थ विरगञ्जबाट ल्याइन्छ भने केही मात्रामा बिराटनगर, भैरहवा र लुम्बिनीको कृष्णनगरबाट समेत आयात गरिन्छ ।

(प्रस्तुती–ः एशोदा बस्नेत)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij