२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महेश ब्रान्ड – युवा नेतृत्व

महेश ब्रान्ड – युवा नेतृत्व

कम्युनिस्ट आन्दोलनका एजेन्डा संस्थागत गर्नु आजको आवश्यकता

महेश बस्नेत, संघीय सांसद भक्तपुर –२

भक्तपुर नेपालकै ऐतिहासिक साँस्कृतिक केन्द्र, पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्लाको स्नेहित मानचित्र । महेश बस्नेत र भक्तपुर अन्योन्य छन् , उपाहित छन् । महेश अग्रदीप हुन् दिपक हुन् ज्वलन्त रश्मि हुन् जसले भक्तपुरको शोभा मात्र बढाएनन्, अनिश्चित आकाशको उचाइमा भक्तपुरलाई पुर्याए । केटाकेटीहरु अचेल सपनाहरू देख्छन् अचेल उनै महेश जस्तो बन्ने जो भक्तपुर नभमा नाकपाल, सिङ्गो भक्तपुरको अभिभावक हुन् । सामाजिक सेवाबाट नै समाज रुपान्तरण गर्न सकिन्छ, राष्ट्रको तेजस् अस्तित्व निर्माण गर्न सकिन्छ भन्ने ध्येय राखेका बस्नेतको बाल्यकालको लक्ष्य राजनीतिमा प्रवेश गर्नु थिएन ।

सुशील कोइरालाको मन्त्रीपरिषदमा नेपालको उद्योग मन्त्रीको पदभार सम्हालेका महेश ०५४ को स्थानीय निर्वाचनमा नेपालकै सबैभन्दा कान्छो जनप्रतिनिधि ( गाविस अध्यक्ष ) हुँदै सकृय राजनीतिमा आफ्नो बर्चस्व कायम गर्न सफल युवा वैचारिक राजनितीज्ञ हुन् । अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिबाट आफ्नो सेवामा आधारित राजनीतिक यात्रा सुरु गरेका महेश आज लाखौं युवाहरुको नेतृत्व गर्दै मुल राजनीतिक वृत्तमा शक्तिशाली छवि बनाउन सफल छन् ।

जनताको आवश्यकता र चाहनालाई बजेटले सम्वोधन गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भयो तथापि एमालेद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सहयोग पु¥याउन तथा सो राष्ट्रिय लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण कार्यक्रम तथा रणनीतिहरु अघि सार्दै जनादेशको सरकार परमादेशद्वारा टुंगिएको छ यद्यपि राष्ट्रको समृद्धिको यात्रामा एमाले अनवरत समर्पित छ । युवा लक्षित बजेट आएकोले यसले आम युवामा उत्साह ल्याएको देखिन्छ । स्वदेशमै रोजगार सिर्जना गर्नेदेखि स्वरोजगारका लागि सहुलियत ऋणको व्यवस्था बजेटमै गरिएकोले बेरोजगार युवाले राहत महशुस गरेका छन् । कृषिलाई महत्वका साथ् अगाडि सारिएको छ । जलविद्युतमा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने तथा साना उपभोक्तालाई मिनाहा र ठूलालाई सहुलियत दिनुका साथै विद्युत निर्यात गर्ने लक्षका साथ बजेट प्रस्तुत भएको छ ।

बजेटले निजी क्षेत्रका उद्योग व्यवसायलाई समेत उत्साहित गरेको उद्योगी व्यवसायीले नै प्रतिक्रिया दिइरहनुभएको छ । बजेटले सरकारी खर्चमा कटौती गर्दै मितव्ययिता अपनाएको छ भने ऋणात्मक सूचकांकलाई सुधार गर्दै प्रगतिशील र जनतासँग जोडिएका योजनामा जोड दिइएको छ । समग्रमा ओली सरकारले ल्याएको बजेट निकै लोकप्रिय बजेट बनेको छ ।

मूख्य कुरा कोरोनाका कारण नेपालभित्र मात्र नभई विदेशमा समेत लाखौँ नेपाली बेरोजगार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै ओली नेतृत्वको निवर्तमान सरकारले बजेटमार्फत नेपालमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुको साथै नेपाललाई आत्मनिर्भरताको बाटोमा लैजाने मार्गचित्र कोरेको छ । यद्यपी कोरोना कहरका बीच यी घोषित कार्यक्रमलाई कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती त हुने नै भयो त्यसमाथि पनि जनप्रिय् एमाले सरकारमाथि चौतर्फी घेराबन्दी गर्दै विस्थापित गरियो । भक्तपुरको विकास तथा समग्र राष्ट्रिय राजनीतिका विविध आयामहरुको विषयलाई केन्द्रमा राखेर वैचारिक युवा राजनीतिज्ञ एमाले नेता, केन्द्रीय सदस्य महेश बस्नेतसँग राष्ट्रिय आर्थिकका लागि रविन्द्र ढुंगेलले तयार गर्नुभएको स्तम्भ यसप्रकार छ ।

भक्तपुरको समग्र  विकास बारे यसो भन्छन् बस्नेत

विगत तीन वर्षदेखिका हरेक बजेटमा भक्तपुरका १२÷१५ वटा योजनाहरु समेटिएका हुन्छन् । हाम्रो तिन वर्षदेखिको मिहिनेतको प्रतिफल पनि हो यो । बजेटले २ वटा स्मार्ट सिटी भक्तपुरमा बन्ने सुनिश्चित गरेको छ । गठ्ठाघरमा पाँच हजार क्षमताको सभा हल बन्नेछ । भक्तपुरमा केन्द्रीय स्तरका २ ठूला अस्पताल बन्ने योजना बजेटमा समेटिएको छ । दुवाकोटमा वीर अस्पतालको भवन र सूर्यविनायकमा मानव अंग प्रत्यारोपण केन्द्र निर्माण गरिने भएको छ । साँगा धुलिखेल सडक खण्डलाई छ लेनको बनाउन बजेट व्यवस्था गरिएको छ । जडिबुटि र कोटेश्वरमा फ्लाई ओभर तथा सुरुङ्ग मार्ग निर्माणको लागि बजेट छुट्याइएको छ । मनोहरा र हनुमन्ते करिडोरलाई बजेट छुट्याइएको छ । प्राणि उद्यानका लागि बजेटमा व्यवस्था छ । तारलाई भूमिगत गर्न १ अर्व रुपियाँ व्यवस्था गरिनुका साथै रात्रिकालीन सम्पदा पर्यटनलाई पनि भक्तपुरबाट शुरु गरी अन्य शहरहरुमा बिस्तार गर्ने कुरा बजेटले समेटेको छ ।

रास्ट्रिय गौरवका यतिधेरै योजना भक्तपुरमा परेको मलाइ लाग्छ, यो पहिलो पटक हुनुपर्छ । यसपटक पहिलोचोटी बजेट र कार्यक्रममा भक्तपुरको नाम धेरै सम्बोधन भएर आयो । यो मेरा लागि मात्र नभई हामी आम भक्तपुरवासीका लागि निकै गौरव, खुशी र सन्तुष्टिको कुरा हो । २ खर्बको लागत लाग्ने अनुमान सहित १ लाख रोपनी जग्गामा बन्ने स्मार्ट सिटीका लागि चाँगुनारायण नगरपालिकाको साठी प्रतिशत जग्गा सहित डीपीआर तयार भएको छ भने अर्को सूर्यविनायक नगरपालिकाको गुन्डु बालकोटको १८ हजार रोपनी जग्गा सहितको क्षेत्रमा ४० अर्व लागत अनुमान सहित स्मार्ट सिटी बन्ने कुरा हाम्रो लागि खुशी र गौरवको कुरा हो । स्मार्ट सिटीको लागि अन्तराष्ट्रिय लगानीकर्ता समेत उत्साहित देखिएका छन् । तत्कालीन एमाले नेतृत्वको नेपाल सरकार र विदेशी लगानीकर्ताहरुको संयुक्त लगानीमा यो योजना अघि बढ्ने देखिएको छ र सो कार्य अघि बढिरहेको छ । हाम्रो नागरिक लगानी कोष, संचय कोष र राष्ट्रिय वाणिज्य बैंकहरु लगायतले लगानी जुटाउने प्रतिवद्धता प्रकट गरेका छन् । उपत्यकामा बन्ने पाँच शहर मध्ये शुरु २ वर्षमा भक्तपुरका २ शहर बनाउने भन्ने आएको छ । ओली नेतृत्वको सरकारको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना भएकोले यो सम्भव हुने कुरामा हामी विस्वस्त छौं ।

जग्गाको उपलब्धताको लागि सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा कुनै बिबाद छैन । लगानीका लागि बजेटमार्फत सरकारले तत्परता प्रदर्शन गरिसकेको छ । यसर्थ,यसपाली चाँगुनारायणमा वीर अस्पताल र सूर्यविनायकमा मानव अंग प्रत्यारोपण अस्पताल बन्न शुरु हुने पक्का छ । त्यति मात्र होइन, यी दुई नगरपालिकामा गरि ५५ वटा दुई लेनका सडक बिस्तारका लागि पनि बजेटमा ब्यवस्था गरिएको छ । स्मार्ट सिटी हाम्रो ड्रिम प्रोजेक्ट हो, यसमा पनि भक्तपुरमा कुनै बिबाद छैन । सभा हलको लागि पनि हामीसंग गठ्ठाघरमा पर्याप्त जग्गा छ । यसर्थ, यस पटकका योजनाहरु कार्यान्वयन हुने कुरामा निश्चिन्त रहन प्रसस्त आधार छन् ।

देउवा नेतृत्वको वर्तमान गठबन्धन सरसरकारले भूमि आयोग विघटन गरेको सम्बन्धमा

कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण असंवैधानिक, गैह्रकानूनी र आपराधिक कार्य हो । मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरिकै संरचनाको खारेज गर्ने निर्णय गरेको खबर सुनियो । जुन केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सदियौँ देखिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान तथा व्यवस्थापन गर्नका लागि देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा गठन गरिएको थियो ।

राजनीतिमा पक्षधरता र प्रतिपक्षता हुन्छ र एउटा प्रतिस्पर्धी दलले अर्को दललाई विचार, सिद्धान्त तथा कार्यक्रमको आधारमा प्रतिद्वन्द्विता राख्न पनि पाइन्छ । सोही क्रममा एउटा प्रक्रियामा विपक्षी सरकारले नियुक्ति दिएको व्यक्ति मन नपर्न सक्ने कुरालाई पनि स्वाभाविक मान्न सकिन्छ। यद्यपि नेपालको संविधानको धारा ४० (५) मा राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एक पटकको लागि जग्गा उपलब्ध गराउनेछ भन्ने मौलिक हकको सुनिश्चितता गरेकै आधारमा भूमि सम्बन्धी ऐन, २०२१ को आठौँ संशोधन गरी एक पटकको लागि आयोग गठन गर्ने कानुनी तथा संवैधानिक आधारमा गठन गरिएको कुरालाई ललाट एउटा सनकका भरमा विघटन गर्ने कुरा कानुनी रूपमा त्रुटिपूर्ण त छ नै साथै, असंवैधानिक, गैह्र कानुनी, आपराधिक कार्य समेत हो । भूमि समस्या समाधान आयोगले नेपालको संविधान, कानुनले परिकल्पना गरेको कार्यलाई आत्मसात् गर्न अघिल्लो आ.व.मा मात्र १५ करोड भन्दा बढी रकम खर्च गरी कार्य गरिरहेकोमा त्यसलाई अनायासै विघटन गर्दा राज्यको स्रोत दुरुपयोग गरी देउवा नेतृत्वको सरकारले नीतिगत भ्रष्टाचार गरी सरकारको अधोगतिको यात्रा तय गरेकोले यसको चरित्र उदाङ्गगिएको छ ।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले चाहे ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यई उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल, २०६२÷६३को लोकतान्त्रिक आन्दोलन तथा ०७२ को संविधान निर्माण, ऐतिहासिक नक्सा प्रकाशनको अग्रमोर्चामा रहेर हाम्रो पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो।

संघीय संरचना, प्रदेश सरकारको प्रतिनिधि तथा स्थानीय सरकारको प्रत्यक्ष संलग्नतामा राज्यको प्रमुख समस्या मध्येको एक विषयलाई सम्बोधन गर्न गठित यस्तो संवेदनशील आयोग खारेज गर्नु भनेको भूमिहीन दलित, सुकुम्वासीहरूको भविष्य अन्धकार बनाउने षड्यन्त्र हो ।

आयोग गठन गरेपछि हाल सम्म करिब १४ लाख भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको परिवारले आफ्नो पहिचान र भूमिहीनताको समस्या सम्बोधन हुने आसमा स्थानीय सरकार मार्फत् फारम भरेकाहरूको भविष्यलाई खेलबाड गर्ने कुरा राजनीतिक बेइमानी तथा नेपाली काँग्रेसको घोषणा पत्रमा गरेको प्रतिबद्धता समेत माथिको कुठाराघात हो । हुन त काँग्रेसका नेताहरू खुल्लम खुल्ला आफूहरू गरिब पीडित र सुकुम्वासीहरूको पार्टी होइन भन्छन् ।

विडम्बना आफूलाई सर्वहारा र श्रमजीवीहरूको नेता मान्ने र त्यही वर्गको १७ हजार जनताको बलिदानबाट प्राप्त लोकतन्त्रका हकदार ठान्ने माओवादी अध्यक्ष प्रचण्ड र निजको पार्टीको हित विरुद्ध आफ्नै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन लाग्ने माधव कुमार नेपालहरूले यसको उचित जबाफ अनन्तकालसम्म दिइरहनु पर्नेछ । सरकारले तत्काल यो निर्णय सच्चाएर अगाडि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु । अन्यथा यो र यस्तै निर्णयबाट भूमिहीन, शोषित, उत्पीडित, दलित तथा निम्न वर्गका समुदायहरूले सङ्घर्षमा निस्कनुको विकल्प बाँकी रहनेछैन । यसको नेतृत्व आम न्याय प्रेमी युवा नेकपा एमालेले गर्नेछ, मुलुक आन्दोलनमय हुनेछ र सरकारलाई जनआक्रोश थेग्न मुस्किल हुनेछ ।

महेश ब्रान्ड र नेकपा एमाले बारे

सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त, समृद्ध राष्ट्र नेपाल स्थापना गर्ने उदेश्य लिएका हामी नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा कार्यकर्ता हौँ । हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा भनेको हाम्रो पार्टीको निति, विचार र सिद्धान्तलाई दृढतापुर्वक आत्मसात गर्नु जनताको बीचमा लिएर जानू हो । हामी कम्युनिस्ट पार्टी एमालेमा आबद्ध रहेको कारणले मुलतः श्रमजीवी वर्ग, सर्वहारा वर्ग, दलित पीडित , असहाय , गरिब तथा तल्लो वर्गको हितको लागि हामी दृढ धिर कटिबद्ध भएर उभिन्छौँ । त्यो देखेर साम्राज्यवादी तथा पुँजीवादी शक्तिहरु र राज्यका कतिपय निकायहरू जो अहिलेपनि राष्ट्रको उन्नति प्रगति र समृद्धि चाहँदैन , कम्युनिस्ट आन्दोलनलाई सफल हुन दिँदैनन् ।

निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित हाम्रो पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले चाहे ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यई उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल, २०६२÷६३को लोकतान्त्रिक आन्दोलन तथा ०७२ को संविधान निर्माण, ऐतिहासिक नक्सा प्रकाशनको अग्रमोर्चामा रहेर हाम्रो पार्टीले महत्वपूर्ण भूमिका खेलेको थियो।

त्यस्ता निकायहरु पछिल्लो समय अदालतको पनि त्यो किसिमको प्रवृत्ति व्यक्त भएको देखिन्छ , बुद्धिजीवीको खोल ओढ्ने र पार्टीको गुणगान गाउने व्यक्तिहरु, परिचालित सञ्चार माध्यमहरु त्यो किसिमका व्यक्ति र प्रवृत्तिका विरुद्ध दृढ भएर उभिनु हाम्रो प्रमुख कर्तव्य हो, दायित्व हो । वर्ग संघर्ष, वर्ग सत्रुको घोषणा गर्दै कम्युनिस्टहरुले कतिपय अवस्थामा बन्दुक पनि बोकेका छन् । हतियार पनि उठाएका छन् ।

आजका साम्राज्यवादीहरु त्यो तहमा आउन सक्दैनन् । हामीले ती साम्राज्यवादी शक्तिहरुको विरुद्धमा आवाज उठाउन सकेनौँ भने हामी सफल हुन सक्दैनौं । मैले बनाएको छवि भने मैले इमानदारीपूर्वक जनताको सेवामा आफूलाई समर्पित गर्नु, भ्रमको खेती गर्ने कतिपय राजनीतिक दलालहरुको विरुद्धमा आवाज बुलन्द गर्नु पनि हो । जनताको सेवा गर्ने दौरानमा म भ्रष्टाचार गर्दिन, राष्ट्रघात गर्दिन, मुलुकको हित बाहिर गएर कुनै सम्झौता गर्दिन , राष्ट्रभक्तिलाई शिरमा राखेर मेरो सम्पूर्ण जीवन जनताको सेवामा व्यतीत गर्छु । त्यो दौरानमा प्रतिगामी शक्तिबाट हामी माथि लाग्ने आरोपको पनि म खण्डन गर्न क्रियाशिल छु । मलाई घेराबन्दी गर्नुको कारण भने मेरो निष्ठा र कामबाट आफू पछि पर्छु कि भनेर नै हो । हरेक जनअपेक्षा र जनता र राष्ट्रलाई अहित हुने हरेक क्रियाकलापमा हजारौं युथफोर्स तथा लाखौं जनताहरुलाई सडकमा उतारेर विद्रोह गर्नेछौँ ।

महेशमा बाल्यकाल र जागृत भएको विद्रोही चेत

सामाजिक सेवाबाट नै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने ध्येय थियो । मेरो विद्यालय जीवन तथा क्याम्पसमा अध्ययन गर्ने क्रममा विभिन्न उपलक्ष्यमा बाटो मर्मत गर्ने सडक मर्मतसम्भार गर्ने , बाटोमा अनावश्यक रूपमा उम्रीएका बुट्यानहरु काट्ने , सडकका खाल्डाखुल्डी पुर्ने जस्ता जनहितका कामहरु गर्थें । विशेषगरी ०४७ सालको परिवर्तन पश्चात् मैले प्रभात युवा क्लब गठन गरेँ र युवाहरुलाई गोलबद्ध गर्दै खेलकुद तथा कला, साहित्य, नाटक , गीतहरु मार्फत जनमानसमा चेतना फैलाउन सकिन्छ भन्ने मान्यता अनुरुप क्रान्तिकारी अभियान सुरु गरेँ । मोहननाथ प्रशितले लेखेका विभिन्न पुस्तकहरु, तमसुकहरु ५० रुपैयाँमा उपलब्धहुने तमसुकहरु अध्ययन गर्ने बानी थियो र सोही कुराको शैलीमा मैले आफैँले लेखेको “अनि मात्र देश ब्युझन्छ“ जस्ता परिवर्तनकारी, विद्रोही नाटकहरु हामी डबलीहरुमा गाउँगाउँबाट मञ्चहरु निर्माण गरेर खेल्दै समाजलाई जगाउने अभियानमा क्रियाशिल हुन्थ्यौँ ।

म “ ल क्याम्पस “ मा अध्ययन गर्ने क्रममा अनेरास्ववियुप्रति आकर्षित भएर आबद्ध भइसकेको थिएँ । कांग्रेस सरकारको त्यो समयको ज्यादती तथा मेरो गाविसमा कांग्रेसका स्थानीय प्रतिनिधिहरुले गरेका भ्रष्टाचार, जनताको मौलिक हक, स्वतन्त्रताको अपेक्षामाथी गरेका कुठाराघातहरुको कारण हामी जस्तो व्यक्तिहरुले अब राजनीतिमा हस्तक्षेप गर्नुपर्छ भन्ने विचार तिव्र रूपमा सोही बेलाबाट नै जागृत भएको थियो ।

मैले ०५४ सालको निर्वाचनमा नै पहिलोपटकमा नै गाविसको सामन्ती वर्गलाई हस्तक्षेप गरेर निर्वाचन जित्न सफल भएँ, निर्वाचित हुँदा म २३ बर्षको थिएँ । त्यो बेलादेखिको अनुभवले भक्तपुरका जनता अहिले म बाट खुसी हुनुको कारण भनेको मैले संकटको समयमा युवा संघको नेतृत्व गरेँ र सामन्ती, शोषक वर्गको अस्तित्व निमिट्यान्न पारेँ । क्रान्तिको नाममा हत्या, हिंसा अपहरण जस्ता गतिविधि गर्ने प्रचण्ड र प्रचण्डपथका अनुयायीहरु विरुद्ध त्यो संकटकालको अवस्थामा युथ फोर्स निर्माण गरेर युवाहरूको नेतृत्व गर्दा, प्रतिनिधित्व गर्ने शक्ति र साहस मेरुदण्डको थियो । स्थानीय तहमा बसेर मैले जुन काम गरेँ जुन भूमिका निर्वाह गरेँ त्यसले मलाई आम जनमानसमा हार्दिकतापूर्ण सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान गर्यो । उहाँहरुको भावना बुझ्न र थप रणनीति निर्माण गर्नमा , एजेन्डा तयार गर्नमा सघाउ पुर्यायो । कुनैपनि क्षेत्रमा बसेरै जुनसुकै विकास निर्माणका कामको प्रभावकारी प्रतिफल आर्जन गर्न गराउन मैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले पार्टी नेतृत्वको विश्वासपात्र भएको छु ।

सामाजिक सेवाबाट नै समाज रुपान्तरण गर्न सकिन्छ भन्ने ध्येय थियो । मेरो विद्यालय जीवन तथा क्याम्पसमा अध्ययन गर्ने क्रममा विभिन्न उपलक्ष्यमा बाटो मर्मत गर्ने सडक मर्मतसम्भार गर्ने , बाटोमा अनावश्यक रूपमा उम्रीएका बुट्यानहरु काट्ने , सडकका खाल्डाखुल्डी पुर्ने जस्ता जनहितका कामहरु गर्थें । विशेषगरी ०४७ सालको परिवर्तन पश्चात् मैले प्रभात युवा क्लब गठन गरेँ र युवाहरुलाई गोलबद्ध गर्दै खेलकुद तथा कला, साहित्य, नाटक , गीतहरु मार्फत जनमानसमा चेतना फैलाउन सकिन्छ भन्ने मान्यता अनुरुप क्रान्तिकारी अभियान सुरु गरेँ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका ५० महत्वपूर्ण कार्यहरुको नाम लिनुपर्दा 

-भारतीय नाकाबन्दी विरुद्ध ड्टेर लड्नु ।

-चीनसँग यातायात तथा पारबहन सम्झौता गर्नु ।
नेपालको मिचियेको भुमी सहित नक्सा प्रकाशित गर्नु ।, तराइका सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार गर्नु ।, पुर्व पश्चिम राजमार्ग ४ लेनको बनाउन काम शुरु गर्नु । रुग्ण बिधुत आयोजनाहरु तत्कालीन प्रम ओली आफैले निगरानी गरेर द्रुत निर्माण सम्पन्न गर्नु । भेरी बबइ सिंचाइ आयोजनाको सुरुङ समय भन्दा अघि सम्पन्न गर्नु । सुनकोशी – मरिन डाइभर्सन ९ सिंचाइ र बिद्युत० आयोजनाको बजेट सुनिश्चित गरिएको छ । मध्य पहाडी, मदन भन्डारी लोकमार्ग द्रुत गतिमा निर्माण हुदैछ । , हुलाकी राजनार्ग र पुर्व पश्चिम रेलमार्ग निर्माणाधिन छ । ,पोखरा र भैरहवा क्षेत्रिय बिमानस्थल द्रुत गतिमा निर्माण हुदैछ । , मुलुकका ३ दर्जन आन्तरिक बिमानस्थल स्तरोन्नति गरिएको छ, आधा दर्जन बिमानस्थलमा रात्री उडान हुने भएको छ । , काठमान्डौ तराइ फास्ट ट्रयाक द्रुत निर्माण भैरहेको छ । आधा दर्जन स्टोरेज प्रणालीको बिद्युत आयोजना निर्माण सुनिश्चित गरिएको छ ।

– ६ हजार मेगावाट बिद्धुत उत्पादनको चरणमा छन ।

अबको २ बर्षमा नेपाल बिद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित हुँदैछ । चीन संग ७ वटा बन्दरगाह प्रयोग गर्न मिल्ने सम्झौता भएको छ । चीनसंग जोड्ने ६ वटा नाका निर्माण अघि बढाइएको छ । चीन नेपाल जोड्ने रेल्वेको अध्ययन सम्झौता भएको छ । भारत नेपाल जोड्ने रेल्नेको डिपिआर तयार गर्न भारतसंग सम्झौता भएको छ ।
भारतको जलमार्ग प्रयोग गरेर नेपालको सीमाबाट १०० किमि नजिकसम्म नेपाली जहाजमा समान ढुवानी गर्न सक्ने सम्झौता भएको छ ।
बिद्युत निर्यात गर्न ९००० मेगावाट बिद्युत बेच्न बाङलादेशसंग सहमति भएको छ ।
भारतसंग बिजुली खरिदको पावर बैंकको सम्झौता भएको छ । सामाजिक शुरक्षा अन्तर्गत जेष्ठ नागरिकलाइ महिनाको ३ हजार र सडकमा बस्ने बृद्ध तथा बालबालीकाको संरक्षण र सुरक्षा ग्यारेन्टी गरिएको छ ।, स्वास्थ्य बिमा देशभरी लाने काम अघि बढ्दैछ । काठमान्डौ जोड्ने सुरुङ मार्गको काम शुरु गरिएको छ । ,आधा दर्जन बढी सुरुङ मार्गको डिपिआर सकेर ठेक्का लगाउने चरणमा छ ।, दिनै करिव एक दर्जन भ्रष्टहरुलाइ मुद्दा दायर गरिएको छ । , सरकारी जग्गा लुट्ने माफियाहरुको छानबिन गरिएको छ । ३०० हेक्टर बढी जग्गा सरकारी स्वामित्वमा ल्याइएको छ ।

 


-सदियौ देखि सुन तस्करी गर्ने ६ दर्जन अपराधिहरुलाइ मुद्दा दर्ता गरिएको छ ।
– अख्तियारका सदस्य र प्रमुख सहितलाइ मुद्दा चलाइएको छ । संसदका सभामुख, प्रदेश मन्त्री, पुर्व मन्त्री समेतलाइ जेल पठाइएको छ । मुलुकमा द्धन् सेवा बिस्तार गरिएको छ । पुर्व पश्चिम फाइबर अप्टिक लाइन बिस्तार गरिएको छ । मालपोत लगायत सरकारी सेवामा अनलाइन प्रणाली बिस्तार गरिएको छ र यो क्रममा छ । नेपालमा होटल बिस्तार भएको छ । प्रमकै सोच अनुसार नेपालका नदीहरुमा पानी जहाज संचालन शुरु भएको छ ।
-चिनियाँ राष्ट्रपति सी चिनफिङबाट २५–२६ असोज २०७६ मा भएको नेपाल भ्रमण ओली सरकारको अभूतपूर्व उपलब्धि हो ।
-राजनीतिक खिचातानीका कारण रोकिएको रानीपोखरीको पुनर्निर्माण र धरहराको पुनर्निर्माणले पनि गति लिएको छ । भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न गर्ने श्रेय ओली सरकारलाई नै जान्छ । ढिला भएपनि पुनर्निर्माणको काम सम्पन्न गर्ने चरणमा पुगेको छ । , पहिलो पेट्रोलीयम पाइपलाइनको उद्घाटनपछि पेट्रोलीयम पदार्थ ढुवानीको दशकौं लामो परम्परागत ढुवानी प्रणालीमा सुधार आएको छ ।
-ओली सरकारको पालमा हालै मात्र नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी स्थापना गर्ने काम पनि भएको छ । दुई देशका प्रधानमन्त्री ओलीले उद्घाटन गरेको एकीकृत जाँच चौकीले भन्सारमा हुने बेथितिलाई कम गर्न मद्दत पुग्नेछ । ,ओली सरकारले शुरू गरेको अर्को महत्त्वपूर्ण काम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पनि हो ।

-७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना चिनिया र नेपाली कम्पनिले संयुक्त रुपमा निर्माण गर्न लाग्नु ।

-लिपुलेक को सवाल मा भारतलाई कुटनीतिक नोट थमाउनु,भारतीय राजदुतलाई बोलाएर सिमाबारे सोधपुछ गर्नु,छारूङमा बोर्डर अब्जर्भेसन पोष्ट खडा गर्नु । तीन वर्षभित्र सुकुम्वासी समस्या र अव्यवस्थित बसोबास अन्त्य गर्ने गरि लाग्नु ।
-दीगो पर्यटन उत्थानको कार्यक्रम ल्याउनु ।

– सबै नेपालीको घरमा खानेपानी पुर्याइने गरि लाग्नु ।

– नागढुङ्गा–नौबिसे सुरुङमार्गको ,वीरगञ्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माण थालिनि गर्न लाग्नु, स्वच्छ नेपाल तथा साक्षर नेपाल बनाउन लाग्नु, युवाहरु लाई कृषि र रोजगारिको उचित ब्यबस्था गर्न लाग्नु र गरिनु । ,
– राष्ट्रिय गौरवको अप्पर तामाकोसी जलविद्युत आयोजना सम्पन्न हुनु । मेलम्ची पानी काठमाडौ आइपुग्नु । देशमै फलाम उत्पादन शुरू गर्ने गरि लाग्नु गरीब तथा विपन्नलाई निःशुल्क उपचार गर्ने नियम ल्याउनु, आदि थुप्रै छन् ।

बस्नेत नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । उनी पूर्व उद्याेग मन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij