काठमाडौं । आज एक औपचारिक कार्यक्रम बीच गोरखाको आरुघाट क्षेत्रबाट विभिन्न उद्देश्यले काठमाडौंमा आई बसोबास गर्दै आएका व्यक्तिहरु समेटिएको आरुघाट काठमाडौं सम्पर्क मञ्चमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमिति गठन कार्यक्रम जसपा गोरखाका जिल्ला उपाध्यक्ष तथा संघीय परिषद सदस्य राजेन्द्र पराजुलीको सक्रियता एवं प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा जसपा संघीय परिषद सदस्य अशोक देवकोटा विशेष अतिथिको रुपमा उपस्थित रहनुभएको थियो ।
यसैगरी उक्त कार्यक्रमका अन्य अतिथिहरुमा प्रदेश सदस्य एवं आरुघाट गाउँपालिका इन्चार्ज राजेन्द्र खनाल, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज (युवा) वासु भट्ट, केन्द्रीय सदस्य (युवा) गोविन्द खत्री, युवा नेता सरोज धमला लगायतको समेत उपस्थिति रहेको थियो ।
उक्त औपचारिक कार्यक्रमले लक्ष्मण धमलाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा जस्मिन गुरुङ, विकास अधिकारी र गगन बुढाथोकी रहनुभएको छ ।

यसैगरी नवगठित कार्यसमितिको महासचिवको जिम्मेवारीमा गणेश कुमार श्रेष्ठ रहनुभएको छ भने कोषाध्यक्षको जिम्मेवारीमा भीम अधिकारी र सचिवमा तारा बहादुर थापा मगर रहनुभएको छ ।
नयाँ कार्यसमितिलाई शपथग्रहण गराउने कार्य नेता भीमसेन थापाले गर्नुभएको थियो ।



© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij