
श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को विषय फाइनल नहुँदा मर्जर सम्झौतामा ढिलाइ भएको हो । सुरुआती छलफलतामा हिमालयन जनरल इन्स्यारेन्सको सय कित्ता बराबर सगरमाथाको एक सय कित्ता प्रस्ताव गरिएको थियो ।
तर हिमालयन जनरल इन्स्यारेन्सले ९० प्रतिशत अर्थात सय कित्ता बराबर ९० कित्ता सेयर दिनु पर्ने माग राखेको छ । ‘सगरमाथाका केही सञ्चालकले भने ७५ प्रतिशत दिनुपर्ने माग गर्नु भएको छ, उताको ९० पाउनुपर्छ भन्ने माग छ’ श्रोतले भन्यो, ‘सम्भवतः ८० वा ८५ प्रतिशतमा मिल्छ होला, नाम लगायतका विषयमा खास समस्या हुँदैछ ।’ यस विषयमा छलफल गर्न दुबै समूहको भोलि बिहीबार बैठक बस्दैछ ।
यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्पनी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij