जनता समाजवादी पार्टी (जसपा) गाेरखा जिल्ला कार्यसमिति विभिन्न सामाजिक गतिविधिहरूमा लामो समय देखि संलग्न रहँदै आएको छ ।
समाजमा आइपर्ने हरेक परिस्थितिलाई आफ्नो दायित्वकाे रूपमा बाेध गर्दै आएको यस पार्टीले विगतमा पनि समाजको आवश्यकता बमोजिमका विभिन्न सहयाेगात्मक एवं रचनात्मक क्रियाकलाप मार्फत स्थानीय बासिन्दाको मन जित्दै आएको छ ।
आज मात्रै पनि एक अर्को उदाहरणीय काम गर्न उक्त पार्टी सफल भएको छ।
विगत ३ दिन देखि भीरबाट लडेर गम्भीर अवस्थामा रहेका तर उपचार गर्न नसक्दा यत्तिकै बसिरहेका धर्चे गाउँपालिका ३ उहियाका धन बहादुर गुरूङकाे उपचारकाे लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन उक्त पार्टीले आवश्यक प्रबन्ध मिलाएको छ।
गुरूङलाई हेलिकप्टरबाट काठमाडौं ल्याई अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाे छ।
गण्डकी प्रदेश उर्जा सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्यको समन्वय एवं जसपा गाेरखा कार्यसमितिमा संलग्न अध्यक्ष नारायण खत्री, उपाध्यक्ष राजेन्द्र पराजुली, जिल्ला सदस्य तथा चुन्दुम्री गाउँपालिका पार्टी अध्यक्ष गणेश कार्की लगायतको सक्रियतामा उक्त कार्य सफल भएको हाे ।
समाजका हरेक गतिविधिमा हातेमालो गर्दै सामाजिक उत्तरदायित्व वहन गर्नसके मात्र राजनीतिक विचार र व्यवहारले सार्थकता पाउन सक्ने जसपा जिल्ला पार्टी उपाध्यक्ष राजेन्द्र पराजुली बताउनुहुन्छ ।
मानव सचेत र चेतनशील प्राणी भएकोले सबैले सामाजिक दायित्व वहन गर्नुपर्नेमा समेत पराजुली जाेड दिनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij