२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भ्यालुयर्स एसोसिएसनका सदस्यहरूले परिचयपत्रकाे आधारमा खाेप लगाउन पाउने

भ्यालुयर्स एसोसिएसनका सदस्यहरूले परिचयपत्रकाे आधारमा खाेप लगाउन पाउने

काठमाडाैं । नेपाल भ्यालुयर्स एसोसिएसनमा आबद्ध सम्पूर्ण सदस्यहरूले  कोरोनाको खोप लगाउन पाउने भएका छन् ।


नेपाल भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ई. ऋषि कोइराला सहित बज्रमानसिंह थापा, सञ्जय महताे, दिनेश पाठक लगायतका व्यक्तिहरूले स्वास्थ्य राज्यमन्त्री आदरणीय उमेश श्रेष्ठलाई भेटेर आफूहलाई खोप उपलब्ध गराउनको लागि आग्रह गरेसँगै खोप उपलब्ध हुने भएको हो ।

भेटपछि आजको मितिबाटै एसोसिएसनमा आवद्ध सदस्यहरूलाई खोपको प्रबन्ध गर्नको लागि सिफारिस गरिएको छ ।

एसोसिएनमा आवद्ध सदस्यहरूले खोप लगाउनको लागि एसोसिएसनले उपलब्ध गराएको परिचयपत्र लिएर आफूलाई पायक पर्ने जुनसुकै खोप केन्द्रमा गएपनि खोप उपलब्ध हुने एसोसिएनले जनाएको छ ।

आफूहरूको संस्थामा आवद्ध सदस्यहरूलाई खोप लगाउनको लागि आवश्यक प्रबन्ध मिलाइदिएकोमा उक्त कार्यमा संलग्न हुने सबै सरोकारवाला पक्षलाई कृतज्ञता सहित एसोसिएसनका अध्यक्ष ईं ऋषि कोइरालाले हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij