२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गाेरखाकाे आरुघाटमा जसपाकाे विजय सुनिश्चित बन्दै

गाेरखाकाे आरुघाटमा जसपाकाे विजय सुनिश्चित बन्दै

गाेरखा । गाेरखामा जनता समाजवादी पार्टी (जसपा) प्रति पछिल्ला दिनहरुमा जनलहर बढ्दै गएकाे छ । जुन कुरा पछिल्ला दिनहरुमा जसपा प्रवेश गर्न आकर्षित हुने युवाहरुकाे जमातले समेत बताउँछ ।
दूरदर्शी राजनेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइ नेतृत्वकाे जसपाले अङ्गिकार गरेका नीति, सिद्धान्त एवं नेतृत्व क्षमताबाट प्रभावित भइ आफुहरु उक्त पार्टीमा प्रवेश गर्न आकर्षित भएकाे र पार्टीकाे सिद्धान्तमा रही मुलुकका विकास गतिविधिहरुमा आफूहरु सक्रिय रहने नवप्रवेशीहरु बताउँछन् ।
आज मात्रै पनि  गोरखा, आरुघाट गाउँपालिकाका एक दर्जन भन्दा बढी युवा व्यवसायी तथा राजनीतिककर्मीहरु जसपामा  प्रवेश गरेका छन् ।
उनीहरुलाइ जसपाका .प. अध्यक्ष एवं एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीमा प्रवेश गराउनुभएकाे हाे ।
पार्टी प्रवेश कार्यक्रमकाे नेतृत्व भने जसपाका सुरज धमलाले गर्नुभएको थियाे ।
आज पार्टी प्रवेश गर्नेहरुमा गाेरखा आरुघाट गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ का विभिन्न क्षेत्रमा संलग्न युवाहरु रहेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा जसपा गाेरखा जिल्ला अध्यक्ष नारायण खत्री, जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुली, प्रदेश सदस्य राजेन्द्र खनाल गण्डकी प्रदेश इन्चार्ज बासु भट्ट, केन्द्रीय सदस्य राेहित पाण्डे, प्रदेश सदस्य अशाेक देवकाेटा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
गाेरखाकाे आरुघाट क्षेत्रमा पछिल्ला दिनहरुमा जसपाकाे पकड निकै बलियाे बन्दै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij