कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरू गर्ने तयारी गरिएको थियो । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षाको नयाँ मिति तय गर्न सीसीएमसीले बोर्डलाई पत्राचार गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij