
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन प्रवद्धन तथा सँस्कृतिक समिति गठन गरेको छ ।
मंगलबार एक समारोहका बीच समिति गठन भएको हो ।
नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य अर्जुन शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यहरुमा दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण रहेका छन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारीहरुलाई मनोनयन पत्र प्रदान गरे । उक्त समिति चेम्बर अन्तर्गत रहनेछ ।
चेम्बरका अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी समिति गठन भएको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij