भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाका २ सय ७० जना युवाहरु कांग्रेस तथा माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
शनिवार भक्तपुरकाे निलबाराही पार्टी प्यालेसमा भएकाे राष्ट्रिय युवा संघ मध्यपुर थिमी नगरकमिटीको एक औपचारिक समाराेह बीच एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद तथा संघका इन्चार्ज नेता महेश बस्नेतबाट ती युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
नेता बस्नेतले एमाले प्रवेश गर्ने युवाहरुलाइ टिका तथा खादा लगाएर एमालेमा प्रवेश गरेकाेमा स्वागत गर्नुभएकाे छ ।
उक्त क्रममा नेता बस्नेतले नवप्रवेशीहरुले एमालेको घरभित्र प्रवेश गरेकाले आगामी दिनमा क्षमता अनुसारको जिम्मेवारी दिने समेत बताउनुभयो ।
एमाले वा युवा संघमा प्रवेश गरेसँगै जनताको बिचमा रहरलाग्दो, भरलाग्दो तथा बैरीको लागि डरलाग्दो भई पार्टीको निर्देशन अनुसार अगाडी बढ्न निर्देशन दिँदै नेता बस्नेतले जनताको पक्षमा काम गर्दा कुनै समस्या आएको खण्डमा आफ्नो कार्यकर्ताको रक्षाका लागि नेतृत्वले जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने प्रतिवद्धता जनाउनुभयो ।
उक्त कार्यक्रममा पार्टीका जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरप्रमुख बाशुदेव थापा, संघका उपाध्यक्ष तथा युथफोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख असोक चौलागाईलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij