काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले शनिबार दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेकाे छ ।
युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौँको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य गरिएकाे थियाे ।
साथै युथफोर्सले दशौं हजारको संख्यामा मोटरसाइकल र्यालीसहित मार्चपास अभियान समेत सम्पन्न गरेकाे थियाे । त्यसकाे अलावा कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गरेकाे थियाे ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij