चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँगको सहमति पश्चात चुनावको मिति घोषणा गरिने बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर चितवनले बुधबार गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी मार्चालाई पनि सामेल गराएर निर्वाचन गराउनुपर्ने भएकाले मिति नतोकिएको बताउनुभयो ।
चुनावका लागि क्याकिनेटबाट निर्णय गरेर निर्वाचन आयोगलाई तयारी गर्नु भनिसकेपछि मिति तोक्नु बराबर भएको बताउँदै प्रधामन्त्री दाहालले चुनावको प्रक्रियामा सरकार गइसकेकाले शंका नगर्न आग्रह गर्नुभयो ।
चुनावको विषयमा दलहरुबिच सहमति हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि चुनावको मिति घोषणा हुन सक्ने उहाँले बताउनुभयो । चुनावका लागि मधेसी मोर्चादेखि अन्य राजनीतिक दलहरुबिच गम्भीर छलफल जारी रहेकाले चुनावको मिति घोषणा गर्न केही ढिलोहुन गएकाले यसलाई अन्यथा नलिन समेत उहाँले आग्रह गर्नुभयो ।
स्थानीय निकाय पुनर्संरचना आयोगलाई विवाद मिलाउन १५ दिनको समय दिइएकोले पनि केहीदिन पर्खिएको बताउँदै उहाँले मोर्चासँगको सहमतिका लागी संविधान संशोधन विधेयक पारित गराउन प्रयास गर्ने नभए सहमति गरेर चुनावमा जाने दाबीगर्नुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij