दिव्यध्वज कार्कीविश्वकै वीजभूमि नेपालआमा काखमा अथाह प्राकृतिक सम्पदाले परिपूर्ण छिन् । ती प्राकृतिक सम्पदा मध्ये
‘ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये । शंयोरभिस्रवन्तु नः ।’ (यजुर्वेद, अध्याय १६, मन्त्र १२)
अर्थात अभिष्ट सिद्धि वा पिउनको लागि द्योतमान जल हाम्रा लागि सुखमय होस् । हाम्रो सुखप्राप्ति तथा रोग निवारणको अनुकूल उनी स्रवित होउन् । अर्थात पानी, जसलाई संस्कृतमा जल, आप, क्षीर.आदि हजारौं शब्दले पुकारिन्छ ।
पञ्चतत्व मध्येको एक तत्व पानी हामी सबैको लागि महत्वपूर्ण छ । त्यही पानीको स्रोत पनि प्रचुर मात्रामा उपलब्ध रहेको देश हो नेपाल । अहिले आधुनिक प्रगतिबाट पानीलाई जलविद्युतमा रूपान्तरण गरेर मानवीय आवश्यकताको नयाँ स्वरूपमा संसारभर यसलाई उपयोग गर्न थालिएको छ । अहिले हाम्रो देशको जलस्रोत मध्ये दोलखाको लामाबगर स्थित माथिल्लो तामाकोशीबाट जलाशय निर्माण गरी ४ सय ५६ मेगावाट क्षमतामा विद्युत उत्पादन शुरू भएको आयोजनाको चर्चा बढी हुने गरेको छ । माथिल्लो तामाकोशी लगायत नेपालमा ठूलो क्षमताका आयोजनाम सञ्चालन गरी जलविद्युत उत्पादन गर्ने कार्यको चासो र थालनी भने अष्ट्रियन नागरिकले आफूले विद्यावारिधि गर्न गरेको अध्ययन पछि बढ्दै गएको पाइन्छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालमा राम्रो सम्भावना बोकेको आयोजना भएको सम्बन्धमा विभिन्न चरणमा
उच्चस्तरीय छलफल भएसँगै उक्त आयोजनाबाट विद्युत उत्पादनको लागि नेपाल विद्युत प्राधिकरणले समेत चासो बढायो । यससँगै आयोजनालाई थप सहज बनाउने उद्देश्यले सरोकार समिति समेत बनाइयो । हामी दोलखा प्रति माया हुने व्यक्तिहरूले यसलाई स्वागत गर्दै सक्रिय रूपमा सहभागि समेत हुँदै आएका थियौं । उक्त सरोकार समितिले तामाकोशी आयोजनालाई ‘सुनको फुल पार्ने कुखुरी’ भन्ने नामाकरण पनि गर्यो । तर उक्त आयोजनास्थलका प्रभावित स्थानीयबासीहरू भन त्यति बेला सम्म उक्त समितिमा थिएनन् । सोहीकारण सबैलाई समेट्ने उद्देश्यले समितिको पुनर्गठन गर्ने कार्य गरिएको थियो । सो पुनगर्ठित समितिमा दोलखाका सबै दलका अग्रज, विशिष्ट नेता गण, सामाजिक व्यक्तित्व एवं बुद्धिजिवी सहितको सर्वपक्षीय सर्वदलीय माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिको निर्माण गरी निम्न उद्देश्य र कारण सहित आफ्नो कार्य प्रारम्भ गरेको थियो । आयोजनालाई अघी बढाउँदा दोलखाका सबै दल (एमाले, काङ्ग्रेस,
राप्रपा लगायतका नेताहरू), सामाजिक व्यक्तित्व तथा बुद्धिजिवीहरूले राजनीतिक स्वार्थ भन्दा माथि उठेर अभियान बढाउन सर्वसम्मत निर्णय गरेका थियौं । त्यतिबेला सम्म देशका विभिन्न स्थानमा जलविद्युत बनेका र बनाइरहेका योजनास्थलहरूमा
सरोकार समिति प्रतिपक्षको भूमिकामा रहेका थिए । तर हामीले सहयोगीले भूमिकामा कार्य गर्न जरूरी थियो ।
यसका अतिरिक्त कारण र उद्देश्यहरू
(क) उद्देश्यहरूः
१. आयोजना विदेशीलाई दिनबाट रोक्न
२. स्वदेशी पुँजी र नेपाली प्राविधिज्ञबाट आयोजना निर्माण गर्न
३. कर्मचारी सञ्चय कोषमा तत्कालिन अवस्थामा रहेको करिब ६८ अर्ब मध्येबाट ऋण लिने, नपुग रकम अन्य सरकारी
संस्थासँग ऋणस्वरूप लिने ।
४. प्रभावित क्षेत्र दोलखाका जिल्लाबासीलाई संस्थापक शेयर नागरिकताको आधारमा उपलब्ध गराउने
५. सञ्चय कोषका सञ्चयकर्ताहरूलाई शेयर दिने ।
६. लगानीकर्ता संस्थाका कर्मचारीलाई ०.५ प्रतिशतको दरले शेयर दिने
७. नेपालका सबै नागरिकहरूलाई शेयर दिने
८. आयोजनालाई नपुग रकम नेपाल सरकारले ऋणस्वरूप दिने
९. दोलखाका सुकुम्बासीलाई शेयर दिँदा रकम दाखिला गर्न नसक्नेहरूलाई स्थानीय निकाय वा वित्तीय संस्थाले कर्जा दिने,
सुरक्षण भने शेयर नै लिने र लाभांशबाट कट्टा गर्ने कर्जा चुक्ता भएपछि धितो बापतको शेयर शेयरधनीलाई नै हस्तान्तरण गर्ने ।
१०. तामाकोशी बेसिन प्रोजेक्टलाई कार्यान्वयन गर्न नदिने (नर्वेजियनद्वारा प्रस्तावित)
११. आयोजना तोकिएको समयमा निर्धारित रकममा सम्पन्न गर्न राष्ट्रिय सहमति गरी आयोजना प्रमुखलाई पूर्ण अधिकार सहित सबै सहयोग सरकारले गर्ने, हस्तक्षेप गर्न नपाइने । साथै आयोजना प्रमुखलाई आकर्षक तलब सुविधा उपलब्ध गराउने । उक्त पदमा रही जिम्मेवारी लिने व्यक्तिलाई आयोजना सम्पन्न गराउँछु भन्ने सर्त गराउने ।
१२. योजनास्थल जाने मार्गको जग्गा अधिग्रहण गरी यथाशक्य छिटो मुआब्जा वितरण गर्ने ।
आयोजनालाई अघी बढाउँदा दोलखाका सबै दल (एमाले, काङ्ग्रेस,
राप्रपा लगायतका नेताहरू), सामाजिक व्यक्तित्व तथा बुद्धिजिवीहरूले राजनीतिक स्वार्थ भन्दा माथि उठेर अभियान बढाउन सर्वसम्मत निर्णय गरेका थियौं । त्यतिबेला सम्म देशका विभिन्न स्थानमा जलविद्युत बनेका र बनाइरहेका योजनास्थलहरूमा सरोकार समिति प्रतिपक्षको भूमिकामा रहेका थिए । तर हामीले सहयोगीले भूमिकामा कार्य गर्न जरूरी थियो ।
१३. दोलखा बजार देखि लामाबगर सम्म स्थानीयले गर्ने अवरोध हार्दिक ढङ्गले समाधान गर्ने ।
१४. आफ्नै देशले आफ्नै पुँजीको लगानीमा आफ्नै प्राविधिज्ञबाट आयोजना निर्माण गर्ने । आयोजना हामी सबैको आफ्नै हो भनेर व्याख्या विष्लेषण गरेर नागरिकहरलाई चित्त बुझाइदिने ।
१५. विभिन्न बैंकहरूले घरजग्गामा लगाएको अनुत्पादक लगानी निरूत्साहित गरी यस आयोजनामा लगाउन अनुरोध गर्ने ।
१६. आयोजनास्थल अति ठण्डा ठाउँमा र गमन आगमन कठिन हुने हुँदा आयोजनामा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सहयोग गर्ने ।
१७. दोलखाको उत्तरी क्षेत्र प्राकृतिक सम्पदाले भरिपूर्ण भएको र पातलो जनघनत्वको बस्ती र नागरिकहरू धेरैजसो विपन्न हुनाले उनीहरूको जीवनस्तर
उकास्न आयोजनाले सहयोग गर्नुपर्ने ।
१८. उक्त कार्य गर्न सरोकार समिति मध्येबाट साना–साना न्युक्लियस बनाउने
१९. सबै प्रकारका सञ्चार जगत जस्तै प्रेस, इलेक्ट्रोनिक मिडियालाई विशेष अनुरोध गरी अभियानको पूर्ण प्रचार
गराउने ।
२०. निजामती कर्मचारी, सेना, प्रहरी संस्थानका राष्ट्रसेवकहरूलाई तामाकोशीको शेयर पाइनेछ भनेर प्रत्याभूति गराउने ।
२१. नेपाल सरकारमा रहेका र सरकार बाहिर रहेका विशिष्ट व्यक्तिहरूसँग लविङ गर्ने ।
२२. सबैभन्दा महत्वपूर्ण उद्देश्यको रूपमा यस आयोजनालाई स्वदेशी पुँजी र प्रविधिबाट निर्माण गर्ने विषयमा दोलखालीहलाई एक गराउने ।
सरोकार समितिमा रहेका हामी सबैले अहोरात्र परिश्रम गर्यौं । अनेकौं बाधाअवरोध आए । सरोकार समितिले पुँजी जुटाउने प्रयासस्वरूप संयुक्त लगानीको लागि बैंकको नेतृत्व गरेको हिमालयन बैंकले आफ्नो हात झिक्यो । यसबाट फेरी पुँजीको अभावमा हाम्रो अभियान तुहिने अवस्था आइपुग्यो । तर सुखद कुरा दूरसञ्चार संस्थाले संयुक्त बैंकले लगानी गर्न भनेको र तत्कालिन सञ्चार मन्त्रीले मन्जुरी दिएर आयोजनाको एमओयु गरियो । त्यसैबेला ३ जना मन्त्रीहरू अर्थात ऊर्जामन्त्री प्रकाशशरण महत, अर्थमन्त्री सुरेन्द्र पाण्डे र सञ्चार मन्त्री सङ्कर पोखरेलको घोषणाले आयोजना दुर्घटनाबाट बच्यो र जलमाफियाहरू पराजित भए ।
किन स्वदेशी लगानी र प्राविधिज्ञ ?
१. बैंक तथा वित्तीय संस्थाले घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा गरेको लगानी उत्पादनशिल क्षेत्र (जलविद्युत आयोजना)मा लगानी गर्न प्रोत्साहित गर्ने ।
२. सरकारी संस्थानमा रहेको रकम पनि औद्योगिक क्षेत्र मध्ये जलविद्युतमा गर्न प्र्रोत्साहन गर्ने ।
३. नेपाली नागरिकसँग रहेको रकम माथिल्लो तामाकोशी जस्तो ‘सुनको फुल पार्ने कुखुरी’ भनेर चर्चामा रहेको आयोजनामा लगाउन प्रोत्साहित गर्ने
४. हाम्रा असङ्ख्य प्राविधिज्ञहरू विभिन्न मित्र राष्ट्रहरूमा उच्च प्राविधिक ज्ञान लिएर अध्ययन गर्नुभएको छ । तर ऊहाँहरूको सीप, क्षमता र ज्ञानलाई हामीले स्थान दिन सकेका छैनौं । ऊहाँहरूलाई आफ्नै देशमा सञ्चालित विभिन्न औद्योगिक व्यावसायिक क्षेत्रमा जिम्मेवार बनाएर काम दिएनौं । विदेशीकै कारिन्दा मात्र बनायौं । त्यसैले ऊहाँहरूको सीप क्षमता समेत सम्मानित होस् भनेर यस आयोजनालाई नेपाली प्राविधिज्ञबाटै बनाइनुपर्छ भनेर हामीले सरोकार समिति मार्फत आग्रह गरेका हौं ।
आयोजनाबाट के प्राप्ति हुन्छ ?
१. विजुलीको उत्पादन मूल्य सस्तो हुने हुनाले यसबाट नेपाल विद्युत प्राधिकरण र
नागरिक दुवैलाई लाभ मिल्छ । नागरिकले सस्तोमा विजुली उपभोग गर्न पाउँछन् भने प्राधिकरणको नोक्सानीलाई परिपुर्ति गर्न यस आयोजनाले ठूलो सहयोग पुर्याउँछ ।
२. शेयर लिने हरेक नागरिकले बार्षिक रूपमा लाभांश पाउने हुनाले व्यक्ति र परिवारलाई यसबाट आर्थिक राहत मिल्नेछ । उच्च लाभांश पाउन थालेपछि नागरिक स्वयं यस्ता आयोजनामा लगानी गर्न बचत गर्ने बानी बसालेर लगानी गर्नमा अभ्यस्त हुनेछन् ।
३. यस आयोजनामा काम गरेका विद्वान प्राविधिज्ञहरू आफ्नो क्षमताको अनुभव गर्दै अन्य थुप्रै आयोजनाहरूमा काम गर्न आँटिला, अनुभवी र साहसी हुनेछन् र विदेशीको शरणमा पर्नुपर्ने छैन ।
४. माछा दिने लिने विषयले नागरिक स्वाबलम्बी हुँदैनन् । तर माछा मार्ने जाल बनाउने सीप सिकेमा आफैंले माछाको शिकार गर्न सिद्धहस्त हुनेछन् ।
५. हामीसँग भएका सबै निर्माण सामाग्री तथा मजदुर यस आयोजनामा हाम्रा स्वदेशी नै प्रयोग हुनेछन् । यसबाट उनीहरूले कमाएको पैसा पनि स्वदेशमै रहनेछ । तर विद्युत उत्पादनको लागि हामीसँग उपलब्ध नभएका सामानहरू भने आयात नै गर्नुपर्ने अवस्था छ ।
६. यो आयोजना निर्माण कार्य सम्पन्न भएपछि हामी पूर्ण रूपमा लोडसेडिङ मुक्त हुनेछौं र विजुली आयात गरी अरब खाडीको ५० डिग्री सेल्सियसमा काम गर्दै नेपाली छोराछोरीले रगत पसिना बगाएको विदेशी मुद्रा सञ्चित हुनेछ ।
माथि उल्लेखित कार्यहरूको सफल कार्यान्वयन कार्य सरल र सहज थिएन । तर सरोकार समितिमा रहेका हामी सबैले अहोरात्र परिश्रम गर्यौं । अनेकौं बाधाअवरोध आए । सरोकार समितिले पुँजी जुटाउने प्रयासस्वरूप संयुक्त लगानीको लागि बैंकको नेतृत्व गरेको हिमालयन बैंकले आफ्नो हात झिक्यो । यसबाट फेरी पुँजीको अभावमा हाम्रो अभियान तुहिने अवस्था आइपुग्यो । तर सुखद कुरा दूरसञ्चार संस्थाले संयुक्त बैंकले लगानी गर्न भनेको र तत्कालिन सञ्चार मन्त्रीले मन्जुरी दिएर आयोजनाको एमओयु गरियो । त्यसैबेला ३ जना मन्त्रीहरू अर्थात ऊर्जामन्त्री प्रकाशशरण महत, अर्थमन्त्री सुरेन्द्र पाण्डे र सञ्चार मन्त्री सङ्कर पोखरेलको घोषणाले आयोजना दुर्घटनाबाट बच्यो र जलमाफियाहरू पराजित भए । सो कार्यक्रममा नै अर्थमन्त्रीले नेपाल सरकारले आयोजनालाई १० अर्ब ऋण सापटी दिने घोषणा गर्नुभयो । त्यस दिनको कार्यक्रमको रमाइलो एवं उत्साहको क्षण शब्दमा व्यक्त गर्न सकिँदैन । साथै उहाँहरूलाई साधुवाद नदिई रहन सकिन्न ।
हाम्रो देशको राजनीतिक राज्य प्रशासनलाई गम्भीर भएर नियाल्ने हो भने सञ्चालन गर्ने कलाकारहरूको दृष्टिकोण छैन भन्न त मिलेन तर उहाँहरूसँग मातृभूमि नेपालआमाको साँच्चै शिवसङ्कल्प देखिँदैन । यदि शिवसङ्कल्प सहित मातृभूमिलाई शिरमा राखेर विकास निर्माणको काम गर्ने हो र वाणप्रस्थ आश्रममा रहेको सक्कली साधुमहन्त भएर कार्य गर्ने हो भने देश सांस्कृतिक राष्ट्रवादको ४ जात ३६ वर्णको समन्वय र देशभक्तिलाई भत्काउने थिएनन् । आफ्नै परिचय लोप गर्ने कार्यमा भूमिगत शैलिमा संलग्न हुने थिएनन् । यो अत्यन्तै दुखद र पीडादायी एवं हृदयस्पर्शी विषय हुने थिएन । जोगी हुन राजनीति गरेको होइन भनेर नभनी नागरिकहरूको भलो चाहने हो भने यो ३१ बर्षमा नेपालआमाका सपुतहरूले कष्टपूर्ण रोजगारीको लागि परिवार छोडेर ५० डिग्री सेल्सियस तापक्रममा तातो बालुवामा आयआर्जनको लागि जानुपर्ने थिएन ।
जलविद्युत क्षेत्रमा कुनै आयोजनाको फिजिविलिटी रिपोर्टको आधारमा सम्पन्न हुनुपर्ने तर आयोजना सम्पन्न हुँदा ३ सय प्रतिशत सम्म लगानी बढ्ने परम्परा र मान्यता नै स्थापित छ । यस्तो गलत आँकलन गर्ने उद्योगीलाई सरकारले अहिले सम्म कुनै प्रश्न समेत गरेको छैन । अब सरकारले यस माथिल्लो तामाकोशी आयोजनाको लागत र समय बढेकोमा पनि समिक्षा गर्नैपर्दछ ।
भर्खरै २०७८ आषाढ २१ को शुभ मूहुर्तमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट माथिल्लो तामाकोशी जलविद्युत आयोजना उल्लासमय वातावरणबीच समुद्घाटन गरेर आयोजना अब पनि दशकौं लाग्छ भन्ने शङ्कालाई नामेट गरिदिनुभएको छ । उहाँलाई यस कार्यको लागि नेपालआमाका सपूतहरूले बधाईं-शुभकामना दिनैपर्दछ । अस्तु ।
यो लेखमा सरोकार समितिले गरेका कार्यहरू र ती कार्यमा सहयोग गर्ने पत्रकारज्यूहरू प्रधानमन्त्री, मन्त्री, दोलखाका नेतागण, सामाजिक अगुवा, बुद्धिजिवीहरूको नाम लेखिएको छैन । ती कार्य आगामी दिनमा प्रकाशन हुने स्मारिकामा प्रकाशन गर्ने नै छौं । सरोकार समितिको तर्फबाट महान ऐतिहासिक समुद्घाटन समारोहको कार्यक्रम सञ्चालक सांस्कृतिक कलाकार, राष्ट्रसेवक कृष्णप्रसाद सिंखडाको उत्कृष्ट सञ्चालन तौरतरिकालाई म नमन गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij