२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

तामाकोशीको लागत ३५ अर्बबाट ८४ अर्ब, का‍े जिम्मेवार

तामाकोशीको लागत ३५ अर्बबाट ८४ अर्ब, का‍े जिम्मेवार

काठमाडाैं ।

दोलखामा अवस्थित रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । असार २१ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्वाइनको ‘स्विच अन’ गरेर उद्घाटन गर्नुभएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार पहिलो टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन थालिएको हो । यो नेपालको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट सोमवारदेखि परीक्षण उत्पादन थालिएको हो । विश्वको बिज मातृभूमी दोलखाको उत्तरीक्षेत्र लामा बगरमा जलाशय रहेको माथिल्कको तामाकोशी जलविद्युत ४५६ मेगावाट स्वदेशी पूँजि र नेपाली प्राविधिज्ञबाट निमार्ण गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण र लगानीको मोडेल सहितको राष्ट्रव्यापी प्रचारप्रसार र राष्ट्रिय सहमति जुटाउने कार्यको प्रारम्भ ८ माथिल्लो तामाकोशी जल बिद्युत आयोजना जनसरोकार समिति सर्बदलीय सर्ब पक्षिय निर्माण गरि सञ्चालन गरेको अभियानले आयोजनालाई आवश्यक पर्ने सम्पूर्ण काम फक्ते गर्नका निम्ति ठूलो मलजल मिलेको समेत अपर तामाकोशी जलविद्युत आयोजना
सरोकार समितिको अध्यक्ष दिव्यध्वज कार्कीले बताउनुभयो ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलियो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३र७४ मा निर्माण पूरा गर्ने भनिएकोमा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भयो । हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एण्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ ।

उहाँले भन्नुभयो, ‘विविध कठिनाइले आयोजना पूर्वअनुमानित लागत र पूर्वनिर्धारित समयमा बनाउन सकिएन तर हामी आफ्नै बलबुताले ठूला आयोजना बनाउन सक्छौँ भन्ने राष्ट्रिय आत्मविश्वास बढेको छ ।’ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलतासँगै नेपाली प्राविधिक तथा अन्य जनशक्तिले पनि ज्ञान र अनुभव कमाएको धारणा व्यक्त गर्नुहुँदै उहाँले भविष्यमा आयोजना बनाउँदा विदेशी परामर्शदाता तथा प्राविधिक आवश्यक नपर्ने र देशभित्रकै जनशक्तिले यस्ता काम गर्न सक्ने बताउनुभयो ।

निर्माण थालनी गरेको करिब ११ वर्षमा आयोजना सम्पन्न हुँदा अनुमानित लागत र पूर्वनिर्धारित समयमा आयोजना बन्न नसक्दा प्रत्यक्ष तथा परोक्ष रूपमा ठूलो नोक्सानी भएको चर्चा हुँदै आएकाे छ ।

सुरुमा आयोजनाका लागि ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको ब्याज तागतसँगै छ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, आयोजनाको सुरुङको डिजाइन परिवर्तन, २०७२ सालको भूकम्प, मधेस आन्दोलन, ठेकेदारको ढिलासुस्ती तथा अक्षमता र कोरोना महामारीका कारण आयोजना पछाडि धकेलिएको हो । यसले गर्दा आयोजनामा मात्रै ५२ अर्ब लगानी र ३२ अर्ब रुपियाँ निर्माण अवधिको ब्याज पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको अनुमान छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विष्णुप्रसाद पौडेलले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सफलताले विशिष्ट महत्व राख्ने भन्दै ‘लोडसेडिङ’ अन्त्यको घोषणालाई दिगो रूपमा अन्त्य गरिदिएको बताउनुभयो । “सरकार जलविद्युत् क्षेत्रमा गुणात्मक फड्को मारेर समृद्ध नेपाल निर्माणलाई दिगो बनाउन चाहन्छ, उहाँले भन्नुभयो । प्रक्षेपित लागत र समयमै यो आयोजना नबनेपनि त्यसलाई भविष्यको पाठका रूपमा सरकार र सरोकारवालाले लिएर अघि बढ्ने उहाँको भनाइ छ ।

एक दशकअघि २०६८ जेठ ४ गते तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सोमबार पहिलो युनिट सञ्चालन गरेर ७६ मेगावाट विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गरिएको छ । अबको एक सातामा अर्को युनिट पनि सञ्चालन गर्ने तयारी माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको छ ।

भूमिगत विद्युतगृह रहेको सो आयोजनाका ७६ मेगावाट क्षमताका छवटा टर्वाइन छन् । बाँकी टर्वाइन पनि क्रमिक रूपले सञ्चालन गर्ने कार्ययोजना छ । आयोजनाबाट उत्पादित बिजुली खिम्ती सबस्टेसनमार्पmत ढल्केबर सबस्टेसनमा पुर्याइएको छ ।

२०७८ साल वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाई परीक्षण सुरु गरिएको यो आयोजनाको गत आइतबार मुख्य सुरुङको सफल परीक्षण भएको थियो । त्यसैगरी आयोजनाले सोमबार पहिलो युनिटको सोक टेस्ट सम्पन्न गरेको थियो । शनिबार ढल्केबरबाट खिम्तीसम्म २२० केभीको लाइन आएपछि रामेछापको फुलासीस्थित २२०-१३२ केभीको जीआईएस (ग्यास इन्सुलेटेड सबस्टेसन) चार्ज गरिएको थियो ।
असार २० गते आइतबार बिहान ११ बजेर २० मिनेटमा खिम्तीदेखि गोङ्गरसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनमा विद्युत् चार्ज सम्पन्न भएसँगै तामाकोसी जलविद्युत् आयोजनाले पहिलो युनिटबाट उत्पादन सुरु गरेको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०-१३२ केभीको सबस्टेसनमा जोड्ने र ढल्केबर हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुने बताइएको छ ।

यो आयोजनाको वार्षिक उत्पादन क्षमता दुई हजार २८१ गिगावाट आवर रहनेछ । २०७८ साल असार २१ बाट उत्पादन थालेको आयोजनाको पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट आवर र बाँकी समय एक हजार ९८८ गिगावाट गरी दुई हजार २८१ गिगावाट आवर विद्युत् उत्पादन हुने भएको हो । यहाँ उत्पादित विद्युतलाई प्राधिकरणले प्रतिकिलोवाट चार रुपियाँ छ पैसामा खरिद गर्ने गरी सम्झौता भएको छ । पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ । दोलखास्थित आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुभएको छ । एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने छ । सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड र प्राधिकरणबीच २०६७ पुस १४ मा विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाले २०७२ पुस १० मा ४ वटा युनिटबाट विद्युत् उत्पादन गर्ने र २०७३ असार ३० गतेसम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन थालिसक्ने मिति तय गरी विद्युत् खरिदबिक्री सम्झौता गरिएको थियो । आयोजना र प्राधिकरणबीच भएको सम्झौतामा आयोजनाले उत्पादन थालेपछि ९ पटकसम्म तीन प्रतिशतका दरले मूल्य वृद्धि गरिने उल्लेख छ । आयोजनाले उत्पादन थालेपछिको औसत विद्युत् मूल्य प्रतियुनिट ४ रुपैयाँ ६ पैसा हुनेछ । स्वदेशी लगानीमा मात्रै निर्मित यो दोस्रो आयोजना हो । सुरुमा चिलिमे जलविद्युत् आयोजनामा स्वदेशी लगानी र सीप प्रयोग गरिएको थियो । सोही मोडलमा माथिल्लो तामाकोसी आयोजनालाई अघि बढाइएको हो ।

आयोजनाको विस्तृत डिजाइनका क्रममा २०६५ सालमा परामर्शदाता कम्पनी नोरकन्सल्टले तयार पारेको लागत अनुमानमा आयोजनाका लागि कुल ५३ करोड ३० लाख अमेरिकी डलर लाग्ने भनिएको थियो । त्यो बेला डलरको मूल्य ८० रुपैयाँ थियो । सोही अनुमानअनुसार आयोजनाका लागि तत्कालीन विनिमय दरअनुसार निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान तयार पारिएको थियो । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा तयार पारिएको हो । तर २०७२ को भूकम्पका कारण आयोजनास्थलमा गएको पहिरो, नाकाबन्दी, सुरुङ डिजाइनमा भएको परिवर्तनले गर्दा आयोजनाको निर्माण अवधि लम्बिएको र डलरको मूल्य बढ्दा आयोजनाको लागत बढेको आयोजना व्यवस्थापनको विश्लेषण छ । माथिल्लो तामाकोशी झलनाथ खनालले सिलान्याश गर्नुभएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको छ ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलियो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३–७४ मा निर्माण पूरा गर्ने भनिएकामा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भयो ।

हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij