तारा बहादुर कुवँर, सामाजिक अभियन्ताहेभी इक्विपमेन्ट क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आएका व्यक्ति हुन् तारा बहादुर कुवँर । निकै कठिनपूर्ण सङ्घर्षमय जीवन व्यतित गर्दै अहिलेको अवस्थामा आएका कुवँरलाई एक सङ्घर्षमयी जीवित इतिहासकै प्रतीतको रुपमा लिँदा अत्युक्ति हुँदैन ।
हाल एक सफल व्यवसायीको परिचय बनाएका कुवँर पछिल्लो समय सामाजिक संघसंस्थाहरुमा पनि निकै सक्रिय रुपमा क्रियाशिल रहँदै आएका छन् । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष रहेका कुवँर हाल निर्माण कार्यमा पनि संलग्न छन् । पछिल्लो समय उनको पहिचानको क्षेत्र समाजसेवा बनेको छ ।
बाग्मती सरसफाई अभियान हुँदै आफ्नै घरटोल, छिमेकको सरसफाईमा लाग्नुपर्छ भन्ने मान्यता सहित चक्रपथ सरसफाई अभियान सञ्चालन गरेका कुवँर साहशिक क्रियाकलापमा रुचि राख्छन् । निकै सङ्घर्षपूर्ण यात्राबाट अघी बढेर अहिलेको अवस्थामा आएका कुवँर आफ्नो दया र करुणा भावले समाजसेवा तर्फ आकर्षित हुन पुगेको बताउँछन् ।
निरन्तरको सङ्घर्ष र साधनाले खारिएका कुवँर पछिल्लो समय आइटिआर ब्राण्डको टायर तथा लुब्रिकेन्ट आयात कार्यमा संलग्न छन् । पछिल्लो समय सौन्दर्यमूलक सामाग्री आयातमा पनि उनी संलग्न भएका छन् । तर उनी सधैं आफ्नो व्यवसाय अभिवृद्धिमा मात्र ध्यान केन्द्रित गर्दैनन् । आफ्ना सामाजिक क्रियाकलापहरुमा सक्रिय रहन सकेमात्र अहिले आफूलाई आत्मसन्तुष्टि मिल्ने तारा बहादुर कुवँरले बताए ।
व्यवसाय र समाजसेवाको अलावा कुवँर आफ्नो स्वास्थ्यमा समेत सचेत रहन्छन् । यसैकारण लकडाउन भन्दा पहिले नियमित दिनचर्याको शुरुवात शारीरिक अभ्यासबाट हुन्थ्यो । दिनहुँ हेल्थ क्लब जान्थे र त्यहीँ विभिन्न अभ्यासहरु गर्थे । जसले गर्दा शारीरिक सुसंगठनमा सहयोग पुगेको छ । अहिले भने निषेधाज्ञा रहेकोले फुर्सद मिल्दा घरमा नै सामान्य कसरत गर्छन् । कहिले नाचगानमा रमाउँछन् । कतिपय रमाइला क्षणहरु आफ्नो फेसबुक लाइभ मार्फत सार्वजनिक गर्छन् ।
कुवँर निषेधाज्ञा अवधिमा पनि कोही भोको नरहोस् भन्ने मान्यताले कहिले खाद्य सामाग्री वितरणमा व्यस्त रहन्छन् त कहिले रक्तदान आयोजना गर्छन् । कहिले आपत्तिमा परेका बस्तीलाई आफ्नो क्षमता बमोजिम आर्थिक सहयोग वा भाैतिक सहयाेग उपलब्ध गराउने, रवि लामिछाने लगायत निःस्वार्थ भावले सामाजिक गतिविधिहरुमा संलग्न व्यक्ति वा संस्थालाई सक्दो सहयोग गर्ने कार्यमा समेत कुवँर निरन्तर क्रियाशिल रहँदै आएका छन् ।
निषेधाज्ञा अवधिमा घरमा रहनुपर्दा कोही पनि चिन्तित नहुन र आफ्नो आत्मबललाई बलियो बनाउनुपर्ने कुरामा कुवँर जोड दिन्छन् । यसको लागि पौष्टिक खानपान, मनोरञ्जन र उत्प्रेरक पुस्तक अध्ययन अथवा उत्प्रेरक चलचित्र तथा भिडियो सामाग्री हेर्न उचित हुने उनी सुझाउँछन् ।
सामाजिक क्रियाकलापहरुमा तारा बहादुर
कुवँर निषेधाज्ञा अवधिमा पनि कोही भोको नरहोस् भन्ने मान्यताले कहिले खाद्य सामाग्री वितरणमा व्यस्त रहन्छन् त कहिले रक्तदान आयोजना गर्छन् । कहिले आपत्तिमा परेका बस्तीलाई आफ्नो क्षमता बमोजिम आर्थिक सहयोग वा भाैतिक सहयाेग उपलब्ध गराउने, रवि लामिछाने लगायत निःस्वार्थ भावले सामाजिक गतिविधिहरुमा संलग्न व्यक्ति वा संस्थालाई सक्दो सहयोग गर्ने कार्यमा समेत कुवँर निरन्तर क्रियाशिल रहँदै आएका छन् । नेपाल पत्रकार महासंघ लगायत थुप्रै संस्था र व्यक्तिहरुलाई उनले दाल, चामल लगायतका राहत सामाग्री उपलब्ध गराएका छन् ।
परिस्थिति सहज हुँदा सबैले आ–आफ्नो व्यवस्था आफैैँ गर्ने भएपनि असहज वा सङ्कटमय स्थितिमा कसैलाई सहयोग गर्न पाउँदा प्राप्त हुने आत्मसन्तुष्टिले तारा बहादुरलाई थप सामाजिक क्रियाकलापमा लाग्न प्रेरित गर्छ । अहिले उनलाई लाग्छ, पैसा भन्दा महत्वपूर्ण कुरा त आत्मसन्तुष्टि नै हुँदो रहेछ ।
विगत केही बर्ष पहिले उनको आफ्नो सङ्घर्षमा आधारित ‘तारा बहादुर कुवँर’ नामक पुस्तक समेत प्रकाशित भइसकेको छ । जुन पुस्तकमा सङ्घर्ष के हो ? सफलता कसरी प्राप्त हुन्छ ? उद्यमशिलतामा लाग्न किन जरुरी रहन्छ ? लगायतमा सिक्न र आफैं उद्यमी बन्न चाहने सोच भएका व्यक्तिहरुलाई निकै महत्वपूर्ण सावित हुन सक्छ ।
प्रभावकारी बनेको चक्रपथ सरसफाइ
विगत २–३ बर्ष पहिले देखि कुवँरको प्रत्यक्ष सक्रियतामा सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई अभियान समेत निकै प्रभावकारी मान्न सकिन्छ । खासगरी उक्त अभियानले आफ्नो घरटोलमा फोहोर फाल्ने व्यक्तिहरुलाई सचेत गराई फोहोरको उचित व्यवस्थापनमा समेत निकै सघाउ पु¥याएको छ । सोहीकारण हुनुपर्छ, तारा बहादुरको नेतृत्वमा चक्रपथ सरसफाई अभियान शुरु गर्दा धेरै फोहोर सङ्कलन हुने गथ्र्यो । काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको लागि गाडी मगाउनुपथ्र्यो । तर अहिले भने फोहोर संकलन हुने दरमा अत्यधिक कमी आएको छ । जुन फोहोर व्यवस्थापनमा मान्छेलाई जागरुक बनाउन सक्नुलाई बढी उपलब्धिमूलक मान्न सकिन्छ । आगामी दिनमा पनि हरेक व्यक्ति फोहोर व्यवस्थापन कार्यमा सचेत बन्नु जरुरी रहनेमा कुवँर जोड दिन्छन् ।
पछिल्लो समय सबैभन्दा बढी फोहोर गुट्खा र चुरोटका खोलहरुको हुने गरेको र त्यसको उचित व्यवस्थापन प्रयोगकर्ता आफैंले गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्नेमा समेत सरोकारवाला निकायलाई कुवँर आग्रह गर्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij