२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पुनर्निर्माणमा खटिएका ईन्जिनियरहरुको उचित व्यवस्थापन होस्: ई. धिताल

पुनर्निर्माणमा खटिएका ईन्जिनियरहरुको उचित व्यवस्थापन होस्: ई. धिताल

ई. सराेज धिताल

काठमाडौँ । वि.सं २०७२ सालको भूकम्प पश्चात् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रभावित जिल्लाहरुमा रहेर पुनर्निर्माणको कार्यमा अनवरत रुपमा सेवामा खटिएका ईन्जिनियरहरुको कसरी व्यवस्थापन गर्ने भन्ने विषय अझै सुनश्चित हुन सकेको छैन ।

यस्तो अवस्थामा पुनर्निमाण कार्य खटिने इन्जिनियरहरुको सही व्यवस्थापन हुन सकोस् भन्ने सम्बन्धमा इन्जिनियरिङ क्षेत्रका सरोकारवालाहरुले आवाज उठाउँदै आएका छन् ।

यसै सम्बन्धमा सेतोघर डट कमसँग कुराकानी गर्दै महारुद्र ग्रुप प्रा.लि.का सञ्चालक इन्जिनियर सरोज धिताल राज्यलाई अप्ठ्यारो पर्दा महत्वपूर्ण साथ दिने इन्जिनियरहरुको भविष्य माथि सरकारले खेलवाड गर्न पाउँदैन भन्ने विषयमा आफूहरुले विभिन्न फोरमहरु मार्फत लामो समय देखि आवाज उठाउँदै आएको बताउँछन् ।

साथै उनले इन्जिनियरहरुको सही व्यवस्थापन गर्न नसक्दा पुनर्निमाणमा खटिने यस्ता ईन्जिनियरहरु राज्यको दीर्घकालिन योजनाको अभावमा भविष्यमा बेरोजगार बन्ने अवस्था आउन लागेको बताउँछन् ।

पाँच वर्ष सम्म क्षमता अभिवृद्धि र भविष्यको सुनिश्चितता बिना नै काममा खटिने इन्जिनियरहरुलाई सरकारले उचित व्यवस्थापन नगरी गैह्र जिम्मेवार भएर घर फर्क भन्न नहुने बताउँदै के–कसरी उनीहरुको व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल उचित समाधान निकाल्नुपर्नेमा जोड दिन्छन् ।

पुनर्निर्माणमा खटिने १३०० सय भन्दा बढी ईन्जिनियरहरु एकैचोटी बेरोजगार हुनु ईन्जिनियर समुदायको लागि पनि चिन्ताको विषय भएकोले प्राधिकरणहरुको उचित व्यवस्थापनको माध्यमबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij