अर्घाखाँची जिल्ला स्थायी घर भएका कृष्ण अधिकारी हालै नेपाली काङ्ग्रेस अन्तरगत कृषि तथा भूमी व्यवस्था समितिमा विज्ञकाे रुपमा नियुक्त हुनुभएकाे छ ।
उहाँकाे लामाे अनुभव र याेग्यतालाइ ख्याल गर्दै नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपसभापति विमलेन्द्र निधिले अधिकारीलाइ विज्ञकाे रुपमा नियुक्त गर्नुभएकाे हाे ।
उक्त नियुक्तिसँगै अधिकारी नेपाली काङ्ग्रेस अन्तरगत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रमाेदहरि गुरागाइ संयाेजककाे समितिमा रही आफ्नाे अनुभव र विज्ञता प्रदान गर्नुहुनेछ ।
घरजग्गा सम्बन्धी राम्राे अनुभव हासिल गर्नुभएका अधिकारी लामाे समय देखि विभिन्न व्यवसायिक क्षेत्रहरुमा समेत संलग्न रही कार्य गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ ।
अधिकारीकाे नियुक्तिले पार्टीकाे नीतिनिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएकाे छ ।
अधिकारी एक सरल, भद्र र मिलनसार स्वभावका व्यक्ति हुनुहुन्छ ।
युवा उद्यमीकाे रुपमा समेत पहिचान बनाउनुभएका अधिकारी मूलतः घरजग्गा, सहकारी, शिक्षा क्षेत्र, समाजसेवा लगायत विभिन्न क्षेत्रमा संलग्न हुनुहुन्छ ।
विभिन्न क्षेत्रका अनुभवी हुनुकाे अलावा सरल स्वभाव, सहयाेगी भावना र जिम्मेवारी लिएकाे काम सहजै पूरा गर्न सक्ने साथै दूरदर्शी साेचका व्यक्तित्व अधिकारीको नियुक्तिले सिङ्गाे पार्टीलाइ ठुलो सहयोग पुग्ने नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य राजन चापागाईंले सेताेघर डट कमलाइ बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij