२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

नेपालकाे पत्रकारिता इतिहासमा लामाे समयकाे अनुभव बटुलेका बस्नेतकाे क्षमता र अनुभवकाे उचित मूल्यांकन गर्दै बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेकाे हो ।

विकट दाेलखा जिल्लाबाट काठमाडाैं अाइ पत्रकारिता क्षेत्रमा संलग्न भएका बस्नेत नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेकाे अनुभव संगालेका छन्।

पछिल्लो समय उनी नेपाल टेलिभिजनको वोर्ड सदस्य थिए ।

बस्नेत कानुनमा समेत विशेष दखल भएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij