२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गणतन्त्र र संविधानमाथि संकट आइपरेको छ : सभामुख सापकोटा

गणतन्त्र र संविधानमाथि संकट आइपरेको छ : सभामुख सापकोटा

sf7df8f}F ^ df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf g]tf Pj+ k"j{ ;~rf/ ;"rgfk|ljlw dGqL clUgk|;fb ;fksf]6f ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'++b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सभामुख अग्नि सापकोटाले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताएका छन् ।

गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको समेत उल्लेख गरेका छन् ।

‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं,’ सापकोटाले सन्देशमा भनेका छन्, ‘यस विषम परिस्थितिमा अझ जिम्मेवारीवोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ ।’

सभामुख सापकोटाले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भएमात्र यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij