नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले Sports and Environment Commissionले आयोजना गरेको “निसहाय सेवा सदन” मा सदनमा रहनुभएका जेष्ठ नागरिकहरुलाई १ महिनालाई आवश्यक पर्ने औषधी, हिवल चेयर र मास्क निसहाय सेवा सदनका कोषाध्यक्ष श्री शंकर प्रसाद गजुरेललाई एक समारोहका विच हस्तान्तरण गर्नुका साथै आगामी दिनहरुमा यस्ता सेवाहरु ओलम्पिक कमिटी बाट निरन्तरता हुने समेत जानकारी गराउनु भयो ।
सोही अवसरमा Commissionका Chairperson श्री गोवर्धन श्रेष्ठज्युले नव वर्ष २०७८ सालको शुभकामना सहित आउने दिनहरुमा अन्य उपलब्धीमूलक कार्य ल्याउने जानकारी दिनुभयो । सेवा सदनका कोषाध्यक्षले सो कार्यक्रमबाट सदनवासीमा खुशी छाएको र धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
औषधी र ह्विल चेयर Commssion का सदस्य श्री प्रदीप कुमार राजभण्डारी र माक्स डा.श्री सञ्जय विक्रम श्रेष्ठले सहयोग गर्नु भएको थियो । 
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक श्री चतुरानन्द राजबैद्य तथा Sports and Environment commission का पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij