२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आइतबार हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीत्रयले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उनी भने मन्त्री बनेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij