२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुर्खेतबाट धरान जाँदै गरेको बस कोहलपुरमा दुर्घटना, ५ को मृत्यु

सुर्खेतबाट धरान जाँदै गरेको बस कोहलपुरमा दुर्घटना, ५ को मृत्यु

नेपालगन्ज: सुर्खेतबाट धरानका लागि छुटेको यात्रुवाहक बस बाँकेको कोहलपुरस्थित रोहिणी खोला नजिकै दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुर्खेतबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित शुक्रबार साँझ विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनास्थलमा साँझ अवेरसम्म उद्धार कार्य जारी थियो ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डीएसपी रवीन्द्र खनालले जानकारी दिए। घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । उद्धार गरिएका ४२ घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij