
काठमाडौं । शुक्रबार ७०० रुपैयाँले सुनको मूल्य बढेको छ । बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज बढे ९० हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँ मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन तोलामा ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला एक हजार २९० रुपैेयाँमा कारोबार भएको चाँदी शुक्रवार एक हजार ३०० रुपैयाँमा खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी १० रुपैयाँले बढेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij