२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सगरमाथा इन्स्याेरेन्सको आरोग्य बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

सगरमाथा इन्स्याेरेन्सको आरोग्य बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको स्वास्थ्य स्थितिबाट सिर्जना हुन सक्ने आर्थिक जोखिमलाई न्युनिकरण गर्नको लागि साे बीमालेख सार्वजनिक गरेको हो ।

नयाँ वर्षमा नयाँ संकल्पको नारासहित सार्वजनिक भएको यो योजना अन्तर्गत एक्सिडेन्टल, मेडिकल र क्रिटिकल गरी तीन किसिमको बीमा हुनेछ । जसले ७ लाखदेखि १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना जोखिम, १ लाखदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार जोखिम र १ लाखदेखि १० लाख रुपैयाँसम्मको गम्भिर प्रकारका रोगको जोखिम एउटै बीमाले कभर गर्नेछ ।

कम्पनीले यो बीमालेख आगामी बैशाख २ गतेदेखि बिक्री गर्ने जनाएको छ ।

८४ वटा शाखाबाट बिक्री गरिने यो बीमालेख ६ देखि ६५ वर्ष उमेर समूहका नागरिकले खरिद गर्न पाउनेछन् । यस बीमालेखमा दुर्घटना बीमाका अतिरिक्त औषधोपचार बीमा र गहन प्रकृतिका घातक रोगहरुको जोखिम एउटै बीमालेखले सुरक्षण गर्ने गरी बीमालेख तयार गरिएको छ । साथै प्रविधिमैत्री समेत रहेकाे यो बीमालेख घर तथा अफिस जहाँसुकैबाट पनि सजिलै खरिद गर्न सकिनेछ ।

याे याेजना बीमा क्षेत्रमै पहिलो पटक सार्वजनिक भएको नविनतम र सस्तो रहेको कम्पनीले जनाएको छ । इच्छुकले यो बीमालेख खरिदमा वार्षिक न्युनतम एक हजार ६ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ बीमाशुल्क बुझाए पुग्छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण (आरके) मानन्धरले संयुक्त रूपमा उक्त बीमा योजनाको शुभारम्भ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij