२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फेब्रिकेसन र हाइड्रो मेकानिकल क्षेत्रमा चर्चित कम्पनी वर्कशप अफ इन्जिनियरिङ

फेब्रिकेसन र हाइड्रो मेकानिकल क्षेत्रमा चर्चित कम्पनी वर्कशप अफ इन्जिनियरिङ

हरिहर श्रेष्ठ, निर्देशक, वर्कशप अफ इन्जिनियरिङ एण्ड सप्लायर्स प्रा.लि (लुभु)

वर्कशप अफ इन्जिनियरिङ एण्ड सप्लायर्स नेपालमा लामो समय देखि स्टिल सम्बन्धी फेब्रिकेसन र इन्स्टलेसन एवं हाइड्रो मेकानिकल सम्बन्धी इन्जिनियरिङ समाधान दिने उद्देश्यले सन् २००५ मा स्थापना भएको हो । यस कम्पनीले शुरुका दिनमा जनरल स्ट्रक्चरबाट आफ्ना कामहरु अघी बढाएको थियो । त्यस समय देखि काम शुरु गरेको यस कम्पनीले अहिले सम्म पनि जनरल स्ट्रक्चरमा अग्रणी कम्पनीको रुपमा नै काम गर्दै आइरहेको छ । सन् २०१३ देखि यस कम्पनीले हाइड्रो मेकानिकल सम्बन्धी कामहरु समेत अघी बढायो ।

आफ्नै प्रविधि विकासमा केन्द्रित
काम गर्दै जाने क्रममा सबै अवस्थामा पहिले विकास भएका प्रविधिहरु उचित नहुन सक्छन् । कतिपय लागतको हिसाबले महँगो पर्न सक्छन् । यस्तो अवस्थामा सम्भव भएसम्म आफैंले प्रविधि विकास सम्बन्धी काम समेत गर्ने योजना समेत बनाएको छ । भर्खर मात्रै बाग्मती खोलामा सञ्चालनमा रहेकाे माण्डु हाइड्रोपावरकाे मेसिन (प्लान्ट)मा बाधा सृजना भएकाेमा उक्त आयाेजनालाइ सहज तवरले सञ्चालन गर्न सक्ने गरी यस कम्पनीले आफ्नै प्रविधि र उपलब्ध मेसिनहरु प्रयोग ग‍रेर काम गरेपश्चात अहिले आयाेजना निर्वाध रुपमा सञ्चालन भइरहेकाे छ ।जुन काम आफूहरुको ठूलो उपलब्धि भएको कम्पनीका निर्देशक हरिहर श्रेष्ठ बताउँछन् ।

गुणस्तरीयतामा जोड
कामको गुणस्तरलाई बढी जोड दिने यस कम्पनीले आफूले जिम्मा लिएका आयोजनाहरु सम्पन्न भएपछि मात्रै नयाँ आयोजनाहरु निर्माणको लागि जिम्मेवारी लिने गर्छ । नेपालका ठूला–ठूला निर्माण कम्पनीहरुले समेत आफूले समयमा काम सम्पन्न गर्न सक्ने भन्दा धेरै कामहरु एकैपटकमा जिम्मेवारी लिने प्रवृत्ति रहँदै आएको छ तर त्यस्ता कम्पनीहरुले आफूले जिम्मेवारी लिएका कामहरु समयमा सम्पन्न गर्ने अवस्था भने छैन । त्यस किसिमको अवस्था आउन नदिनको लागि आफूहरुले प्राथमिकताको आधारमा परियोजना निर्माण कार्य अघी बढाउने कम्पनीका निर्देशक श्रेष्ठ बताउँछन् ।

बजारमा विश्वास वातावरण बन्नु जरुरी 
अधिकांश कम्पनीहरुले आफ्नो जिम्मेवारीको काम समयमा सम्पन्न नगर्दा त्यसको असर सम्पूर्ण निर्माण व्यवसायमा नै पर्ने अवस्था रहन सक्छ । केही ठूलै कम्पनीहरुले समेत समयमा काम सम्पन्न नगरेपनि राम्रो तवरले काम गर्ने कम्पनीहरु पनि बजारमा थुप्रै छन् । यद्यपि ती कम्पनीहरुको त्यति चर्चा भने नहुन पनि सक्छ । यस्तो अवस्थामा हाइड्रोपावर डेभलपर वा अन्य निर्माण कार्य अघी बढाउन चाहने सेवाग्राहीले कुन कम्पनीले विगतमा राम्रो तवरले काम गर्दै आएको छ भन्ने यकिन गरेर कामको जिम्मेवारी दिनु उचित हुन्छ । सस्तो लागतमा आयोजना सम्पन्न हुने प्रलोभनमा पर्दा आफूले सम्पन्न गर्न चाहेको काम राम्रो तवरले सम्पन्न नहुन पनि सक्छ ।

हरिहरको विगत
हरिहर श्रेष्ठ व्यवस्थापन सङ्कायमा प्रमाणपत्र तहको औपचारिक शिक्षा हासिल गरेका व्यक्ति हुन् । पछि त्रिभुवन विश्वविद्यालय अन्तरगतको औद्योगिक शिक्षामा स्नातक गरे । सानै देखि प्राविधिक क्षेत्रमा चासो राख्ने श्रेष्ठको स्वभाव थियो । आफ्ना बुबा समेत मेकानिकल ओभरसियर नै हुनुहुन्थ्यो । उहाँले आफ्नो घरमा नै सानो वर्कशप राखेर काम गर्नुहुन्थ्यो । बुबाको कामा हरिहरले विशेष चाख राख्थे । त्यति बेला देखि नै आफूमा यस काम प्रति शुरु भएको रुचि अहिले भने यथार्थमा बदलिन सकेको छ । साथै ठूलो क्षमतामा काम गर्न सक्ने अवस्था समेत सृजना भएको छ । आफूले बाल्यकालमा सिकेको साधारण लाग्ने ज्ञान सीप पनि हरेक व्यक्तिको लागि जीवनको उर्वर समय एवं उत्तराद्र्धमा समेत विशेष महत्वपूर्ण साबित हुन सक्छ । सोहीकारण हरेक अभिभावकले आफ्ना केटाकेटीहरुलाई के–कस्तो कुरा सिकाउन चाहन्छन्, सोहीबमोजिमको पारिवारिक वातावरण तयार गर्नुपर्छ भन्नेमा हरिहर जोड दिन्छन् ।

कस्तो कम्पनी हो वर्कशप अफ इन्जिनियरिङ
इन्जिनियरिङ व्यवसायमा संलग्न हुने मान्यता सहित हरिहर श्रेष्ठ र लुज: मास्केको टीमले शुरुका दिनमा करिब २० लाख रकम लगानीबाट काम काम अघी बढाएको हो । हाल बार्षिक १० करोड बराबरको कारोबार गर्दै आएको यस कम्पनीले पूर्ण क्षमतामा काम सञ्चालन हुँदा करिब १ सय ५० व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउने क्षमता राख्छ । नेपालमा ठूलो सङ्ख्यामा स्टिल बिल्डिङ, टेलिकम टावर, पुल निर्माण लगायत कार्यमा यस कम्पनीले अग्रणी स्थान कायम गर्दै आइरहेको छ ।

कम्पनीबाट भएका कामहरु

यस कम्पनीले ४२ मेगावाटको मिस्त्रीखोलामा पाइप जडान, मैलुङखोलामा पानी थप्ने काम लगायत सम्पन्न गरिसकेको छ । हाल यस कम्पनीले इदीखोला, रेलेखोला लगायतमा हाइड्रो मेकानिकल सम्बन्धी काम गरिरहेको छ । यस कम्पनीले भर्खर मात्र लुम्बिनीमा इन्टरनेशनल बुद्धिस्ट कन्फेरेन्स हलको निर्माण कार्य सम्पन्न गरेको छ । युनाइटेड मिसन टु नेपालको लागि ओखलढुङ्गामा आधुनिक डिजाइनका स्टिल बिल्डिङ, सुर्खेतमा कोपिला भ्याली स्कुल, ठमेलको छाया सेन्टरको स्टिल स्ट्रक्चर, लविम मलको स्टिल स्ट्रक्चर, सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, सुमेरु मार्ट, लैनचौरको एनसेलको नयाँ भवन, भंगेरी दरबार रिसोर्ट (नगरकोट) लगायतमा स्टिल स्ट्रक्चर सम्बन्धी यस कम्पनीले काम गरेको छ । कमलादीको हामा स्टिलको कर्पोरेट बिल्डिङमा कार्गो लिफ्ट (वायरलेस कन्ट्रोल)को काम समेत सम्पन्न गरेको छ ।

आगामी योजना
यस कम्पनीले हाल सम्म आफैंले फिल्डमा खटिँदाकै खोज र अनुभवमा आफ्नो कामको प्रक्रियालाई नयाँपन दिँदै आएकोमा आगामी दिनमा यस कम्पनीले रिसर्च एण्ड डेभलपमेन्टको लागि अलग्गै युनिट नै खडा गरेर काम गर्ने सोच बनाएको छ । जहाँबाट कम लागतमा उपयुक्त संरचना निर्माण गर्न सकिने नयाँ प्रविधिको खोज गर्न सकियोस् । हाल यस कम्पनीले जिआई स्टिल झ्याल निर्माणको लागि समेत अलग्गै विङ्ग शुरु गरिसकेको छ । वेल्डिङ कार्यलाई कसरी अटोमेसनमा लैजान सकिन्छ भन्ने सम्बन्धमा पछिल्ला दिनहरुमा यस कम्पनीले आफ्नो ध्यान केन्द्रित गरेको छ । केही व्यक्तिहरुले अहिले अटोमेसनको लागि काम शुरु गरेका भएपनि ती व्यक्ति वा संस्थासँग अनुसन्धानको लागि प्रयाप्त बजेट उपलब्ध नरहन सक्छ । सोहीकारण यस कम्पनीले प्रयाप्त बजेट विनियोजन गरेर सम्बन्धित कामको दक्षता भएका व्यक्तिहरुलाई उक्त कामको जिम्मेवारी दिएर काम अघी बढाउने योजना बनाएको छ ।

काम शुरु गर्ने समयमा आफूहरुलाई यति ठूलो क्षमतामा काम गर्न सक्छौं भन्ने आत्मविश्वास नभएपनि काम गर्दै जाने क्रममा सिकेको ज्ञान, अनुभव र क्षमतावान् व्यक्तिहरुसँगको सहकार्यले यो उपलब्धि हासिल हुन सकेको उद्यमी हरिहर श्रेष्ठको अनुभव छ ।

जनशक्तिको व्यवस्थापन
यस कम्पनीले लाहान टेक्निकल इन्ष्टिच्युट, भेरी टेक्निकल इन्ष्टिच्युट, बालाजु टेक्निकल इन्ष्टिच्युट लगायतसँग सहकार्यमा ती संस्थामा अध्ययन गरेका व्यक्तिहरुलाई छोटो अवधिको लागि अन द जब टे«निङमा राखेर त्यहाँबाट राम्रो तवरले काम गर्न सक्ने व्यक्तिहरुलाई मात्र आफ्नो कम्पनीमा छनौट गर्दै आएको छ । जसले गर्दा यस कम्पनीमा दक्ष र क्षमतावान् व्यक्तिहरु मात्र कामको लागि जोडिने गरेका छन् ।

कामकाे गुणस्तरकाे आधारमा कम्पनीको वर्गिकरण आवश्यक
भूकम्प पश्चात् नेपालमा स्टिलका घरहरु निर्माण गर्ने लहर चल्यो । यद्यपि राम्रो ज्ञान र क्षमता भएका व्यक्तिहरु भन्दा पनि राम्रो अनुभव नभएका व्यक्तिहरुले स्टिल सम्बन्धी काम गर्दा गुणस्तरीयता कायम गर्न सकिएन । कामको गुणस्तरीयता सुनिश्चित गर्नको लागि यस क्षेत्रमा सम्बन्धित कम्पनीको श्रेणी वर्गिकरण जरुरी छ । जुन अहिले निर्माण कम्पनीहरुमा लागु गरिएको छ । यस्तो व्यवस्थाबाट सेवाग्राही आफूले जस्तो कम्पनीबाट सेवा लिन चाहन्छन्, सोहीबमोजिम सहजै त्यस्तो कम्पनी छनौट गर्न सक्छन् ।

 

गुणस्तरीय सामान प्रयोगले लागत घटाउँछ 

लुज: मास्के , प्रबन्ध निर्देशक 

नेपालमा पछिल्ला दिनहरुमा जलविद्युत क्षेत्रमा लगानीकर्ताहरु आकर्षित हुँदै गएका छन् । यद्यपि नेपालमा उत्पादन हुने जलविद्युत आयोजनाहरुमा लागत भने अत्यन्तै उच्च छ । ती आयोजनाहरुको लागत के कारणले उच्च हुन पुगेको छ भन्ने सम्बन्धमा कसैको ध्यान गएको देखिँदैन । यस सम्बन्धमा राम्रोसँग अध्ययन गर्ने हो भने उचित समाधान पहिल्याएर ती समस्यालाई न्यूनीकरण समेत गर्न सकिन्छ । यसरी आयोजनाको लागत उच्च हुनुमा केही हद सम्म कम गुणस्तरीय सामानहरुको उपयोग पनि देखिएको छ । यसका अन्य कारणहरु पनि छन् ।

नेपालमा निर्माण हुने सानो क्षमताका जलविद्युत आयोजनाको लागि टर्वाइन र जेनेरेटर बाहेक अन्य आवश्यक सबैजसो सामानहरु अहिले नेपालमा उत्पादन गर्न सकिने अवस्था छ । आयोजनालाई कम लागतमा सम्पन्न गर्नको लागि गुणस्तरीय सामान र राम्रो अध्ययन एवं डिजाइनमा विशेष ख्याल गर्नुपर्छ । अहिले नेपालमा पनि जलविद्युत आयोजनाको लागि आवश्यक विभिन्न उच्च गुणस्तरयुक्त सामानहरु समेत नेपालमा नै उत्पादन भइरहेका छन् । अझै पनि नेपालमा सबै किसिमका सामानहरु उत्पादन कार्य सम्भव हुन सकेको छैन । नेपालमा उत्पादन सम्भव नरहेका र लागत महँगो पर्ने सामानहरु भने बाह्य बजारबाट माग गर्नुपर्ने हुन्छ । युरोपियन देशहरुमा उत्पादन हुने टर्वाइन र जेनेरेटरहरु बढी गुणस्तरीय हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij