२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाडौं फन भ्याली नयाँ संरचना सहित सञ्चालनमा

काठमाडौं फन भ्याली नयाँ संरचना सहित सञ्चालनमा

भक्तपुरको सूर्यविनायक –९ र १० स्थित पलाँसेमा रहेको यो ‘काठमाडौँ फन भ्याली’ नयाँ स्वरुपमा सञ्चालनमा आएको हो । अब काठमाडौं फन भ्यालीमा पुग्नेहरुले पौडी मात्रै होइन ‘लाइभ म्युजिकको मज्ज पनि लिन पाउनेछन् ।

शनिबार पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले एक समारोहका वीच उक्त फन भ्यालीको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले शुरुमा चितवनमा सञ्चालनको तयारी गरेको फन भ्यालीलाई आफैँले भक्तपुरमा सञ्चालन गर्न दिएको सुझावका आधारमा यो ठाउँमा शुरु भएको बताए । उनले भने, ‘यो फनपार्कले समग्र भक्तपुरको आर्थिक विकासमा टेवा पुर्याउँछ, आन्तरिक पर्यटनको विकास गर्छ, नगरपालिकाको राजश्वमा वृद्धि गर्छ र काठमाडौँवासीलाई मनोरञ्जन गर्ने ठाउँको अभावलाई यसले पूर्ति गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटन तथा, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ११ करोड रुपैयाँको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको बताए । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फनपार्कमा ३० जना स्थानीयवासीलाई प्रत्यक्ष रोजगारी दिइएको निर्देशक थापाले जानकारी दिए । परिवारिक वातावरणमा सञ्चालित सो भ्यालीमा कोभिड १९ सुरक्षा मापदण्ड अपनाइएको छ ।

मुम्बईको ‘वाटर किङडममा लाग्ने भीड देखेर नेपालमै पहिलोपटक त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजार जनाले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यवस्था गरिएको सञ्चालकको भनाइ छ ।

आन्तरिक पर्यटक भित्र्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा गेमिङ जोन र चारवटा वाटर जोन छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । त्यस्तै ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रेष्टुरेन्टको समेत यहाँ व्यवस्था छ । साथै पार्किङको पनि राम्रो ब्यबस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij