काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् ।
यसैगरी उपाध्यक्षमा वाणिज्यतर्फ दीपककुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनियताको सपथग्रहण पनि गरेका छन् ।
कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूमध्ये १५ जना वाणिज्यतर्फ, ९ जना उद्योगतर्फ, १५ जना जिल्लातर्फ र एक जना नगर तर्फ, ९ जना वस्तुगत संघ तर्फ, तीन जना द्विराष्ट्रिय संस्थागत, तीन जना आवद्ध तर्फरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij