२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्यात महासंघको विशेष रणनीति, ३ बर्षमा डबल र ५ बर्षमा ७ गुणा पुर्याइने

निर्यात महासंघको विशेष रणनीति, ३ बर्षमा डबल र ५ बर्षमा ७ गुणा पुर्याइने

काठमाडौं । नेपाल निर्यात व्यवसायी महासंघको प्रथम साधारणसभा निर्यातलाई ३ बर्षमा डबल र ५ बर्षमा ७ गुणा बढाउने विशेष रणनीति सार्वजनिक गर्दै काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघका अध्यक्ष एवं प्रदेश सांसद राम गुरुङले उक्त रणनीतिक योजना सार्वजनिक गरेका हुन् । उक्त रणनीतिक योजना बारे बताउँदै गुरुङले नेपालबाट निर्यात गर्न सकिने र बाह्य बजारमा राम्रो माग रहेका वस्तुहरुको सूची बनाई क्रमिक रुपमा आफूहरुले सजिलै उक्त आकाङ्क्षा पूरा गर्न सक्ने र यसको लागि मौलिक पहिचान झल्किने, कम लागतमा उत्पादन हुने, गुणस्तरीयतामा केन्द्रित भई दिगो लाभबारे सोचेर कार्यक्षेत्रमा होमिनुपर्ने बताए ।

Bishnu-Poudel-leftreviewonl - Left Review Onlineअर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतले कसरी निर्यात प्रवद्र्धन गर्न सकिन्छ र त्यसमा सरकारका नीतिगत व्यवस्थाहरु के–कस्ता हुनुपर्छ र व्यवसायी कसरी अघी बढ्नुपर्छ भन्नेमा व्यापक अन्तरक्रिया भएको छ । कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरुले उद्योग व्यवसायको विकास र प्रवद्र्धन बिना मुलुकले समृद्धिको सपना साकार पार्न नसक्ने भएकोले आफूहरु व्यवसायीका समस्या समाधानमा निरन्तर विशेष प्रतिबद्ध रहँदै कामहरु अघी बढाउने बताएसँगै व्यावसायिक जगतमा नयाँ जागरण समेत पलाएको छ ।

निकै भव्यतापूर्वक सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अघिल्लो बजेट तथा मौद्रिक नीतिमा सम्बोधन हुन नसकेका कतिपय कुराहरु आफ्नो प्राथमिकतामा नै रहेको र ती योजनाहरु यसपटकको बजेट एवं मौद्रिक नीतिमार्फत सम्बोधन हुनेमा व्यवसायीहरुलाई विश्वस्त पार्नुभएको छ । थप कुनै कार्यक्रम समेट्नुपर्ने भए ती कार्यक्रमको औचित्यता पुष्टि हुने गरी सुझाव एवं कार्यक्रम पेश गर्न समेत मन्त्री पौडेलले उद्योगीहरुलाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको व्यापार खुला बजारमुखी भएको कारण यसबाट तुलनात्मक रुपमा बढी लाभ लिन अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुने किसिमका सामानहरु उत्पादनमा केन्द्रित हुन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

About Minister of Foreign Affairs Nepalनेपालका व्यवसायीहरुलाई छोटो समयमा अत्यधिक लाभमा केन्द्रित नभई दीर्घकालिन लाभ हुने किसिमले आफ्नो सेवा र गुणस्तरमा केन्द्रित हुन आग्रह गर्नुभयो । त्यसो हुन नसक्ने हो भने परिणाम के हुँदो रहेछ भन्ने बुझ्न टाढा नभई विगतको कार्पेट र पश्मिनालाई स्मरण गरे पुग्ने समेत बताउनुभयो ।

उहाँले महासंघले आगामी दिनमा निकै तीव्र रुपमा कार्यक्रमहरु सञ्चालन गरी व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा समेत राख्नुभएको छ । संस्था स्थापनाको १ बर्षमा नै अत्यधिक व्यवसायीहरुलाई संस्थामा समेट्दै २ बर्षे र ५ बर्षे रणनीति सहित विशेष प्रतिबद्ध रुपमा अघी बढ्नुले महासंघ स्थापनाको औचित्यता पुष्टि भइसकेको भनेर प्रशंसा समेत गर्नुभयो । नेपालको विगत व्यावसायिक हिसाबले निकै राम्रो रहेपनि पछिल्लो समय अत्यन्तै थोरै उत्पादक र उत्पादित वस्तु भन्दा उपभोग्य वस्तुको माग अधिक भएको कारण समस्या सृजना भएको उहाँको अनुभव छ ।

पार्वत गुरुङ | Ratopati

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले अब प्रविधिमा आधारित रही व्यापार व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । नेपालीहरुमा अब विकासको परिभाषा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीमा मात्र नभई प्रविधिको उच्चतम प्रयोग र विश्वव्यापीकरण सम्म छोटो समयमा नै पुगिसकेको र यो निकै सकारात्मक रहेको बताउनुभयो । आगामी दिनमा पनि प्रविधिमा आधारित रही डिजिटल नेपाल निर्माण गरी सहज तवरले अन्तर्राष्ट्रिय व्यवसाय प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल विश्वव्यापीकरणको अवधारणा बमोजिम खुला अर्थतन्त्रमा प्रवेश गरेसँगै आफ्नो गुणस्तर, ब्राण्डिङ, प्याकेजिङ, प्रवद्र्धन र लागत न्यूनीकरण लगायतमा समेत केन्द्रित हुनुपर्ने समेत उहाँले बताउनुभयो । त्यसको लागि आफूहरुले आवश्यक नीतिगत सहजीकरण गर्नेमा समेत उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

चन्द्र ढकाल : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्मव्यवसायीहरुको व्यापक उपस्थिति बीच सञ्चालित उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ट्रेडलाई भन्दा बढी जोड उद्योग स्थापनालाई दिनुपर्ने सम्बन्धमा आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै उहाँले विभिन्न देशहरुको लागि नियुक्त हुने राजदूत एवं अवैतनिक दूतहरुले सम्बन्धित देशमा परिणाम निस्कने गरी व्यापार प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्नसके हाम्रो निर्यात बढ्न सक्नेमा विशेष जोड दिनुभएको छ । उहाँले नेपाल प्रदेश संरचनामा गइसकेपछि राज्यले निजी क्षेत्र प्रति हेर्ने दृष्टिकोण समेत सकारात्मक बन्दै गएको र काम गर्न सहज वातावरण सृजना हुँदै गएको भन्दै सहज नीतिगत व्यवस्थाको लागि नेपाल सरकारलाई कृतज्ञता प्रकट गर्नुभयो ।

कार्यक्रमको अवसर पारेर निर्यात व्यवसायी महासंघले आफ्नो ५ बर्षे रणनीति सार्वजनिक गरेको गरेको छ । जसमा निर्यातलाई ३ बर्षमा डबल र ५ बर्षमा ७ गुणा वृद्धि गर्ने योजना समेटिएको छ । सोही कार्यक्रम बीच महासंघको वेभसाइट https://www.feen.org.np पनि सार्वजनिक गरिएको छ ।

उत्कृष्ट निर्यातकर्ता सम्मानित
महासंघले उक्त विशेष अवसर पारेर Feen Export Excellence Award-2020 बाट उत्कृष्ट निर्यातकर्ता व्यक्ति-संस्थाहरुलाई सम्मान समेत गरेको छ । जसमा गार्मेन्ट तर्फ नेपाल फेसन इन्डष्ट्रिज (हरि प्रसाद भट्ट), पश्मिना तर्फ एभरेष्ट पश्मिना निटिङ एण्ड वेयरिङ (कार्केन गुरुङ), उनी फेल्ट तर्फ कल्पना क्राफ्ट (अमृत खड्का), कार्पेट तर्फ पाराडाइज कार्पेट इन्डष्ट्रिज (धन बहादुर तामाङ) र लार्ज क्याडामम इन्टरप्रेनर तर्फ श्री राधेराधे टे«ड कन्सर्न (सुजित कुमार अग्रवाल) सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij