२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दीलिप कुमार झाकाे नेतृत्वमा लोकतान्त्रिक गठबन्धनकाे प्यानल सार्वजनिक

दीलिप कुमार झाकाे नेतृत्वमा लोकतान्त्रिक गठबन्धनकाे प्यानल सार्वजनिक

काठमाडाैं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न ३३ औं कार्य समितिको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले आफ्नो प्यानल दर्ता गरेको छ । डेमोक्रेटिक तराई इन्जिनियर्स सोसाइटी, राष्ट्रिय इन्जिनियर्स संघ र नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) बीच बनेकाे  गठबन्धनबाट ई. दिलिपकुमार झाको नेतृत्वमा नेईए निर्वाचनमा जाने पदाधिकारी तथा सदस्यहरुको नाम सोमबार घोषणा भएको एनभिएका अध्यक्ष इ‍ ऋषि काेइरालाले जानकारी गराएका छन् ।

नेइएकाे आसन्न निर्वाचनमा यस प्यानलबाट उपाध्यक्षमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्णसिंह बस्नेत, उप–महासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ र सह–कोषाध्यक्षमा ई. सञ्जय कुमार महतो सहभागि हुनेछन् ।

त्यस्तै, सदस्यहरुमा ई. नविन तिवारी, ई. पराग कायस्थ, आ. लैला श्रेष्ठ, ई. बज्रमान सिंह थापा, ई. रामाशंकर जैशवाल, ई. अञ्जनी कुमार देउजु श्रेष्ठ, ई. डा. भरत मण्डल, ई. डा. ढुण्डीराज दाहाल, ई. प्रजन हडा, ई. लक्ष्मण मण्ड, सुवास जाेशी र ई. भोजराज यादव /रहेका छन् । बाग्मती प्रदेश केन्द्रीय प्रतिनिधिका लागि ई. सुजितमान राजभण्डारी रहेका छन् ।

त्यस्तै, नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यमा ई. रत्नेश्वरलाल कर्ण, आ. पुनम शाह, ई. भगतमान सिंह प्रधान, ई. टेकराज बोहरा र ई. रोमी मानन्धर रहेका छन् ।

यो गठबन्धनलाई नेईएका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी तथा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का नेताहरुको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij