काठमाडौं । युवा उद्यमी एवं बाग्मती उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्य मनोनित भएका छन् ।
कृषि उद्यम केन्द्रका सभापति उद्यमी अरुणराज सुमार्गीले श्रेष्ठलाई एक पत्र मार्फत सञ्चालक समितिमा आमन्त्रित सदस्यकाे रुपमा मनोनयन गरेको घोषणा गरेका छन् ।
सुमार्गी नेतृत्वकाे कृषि उद्यम केन्द्रले आगामी दिनमा कृषि उद्यम तथा अनुसन्धान केन्द्रकाे रुपमा देशभरका कृषि अनुसन्धाता, सराेकारवाला संस्था, निकाय एवं व्यक्तिहरु र कृषकहरुलाइ एकै ठाउँमा जाेड्दै कृषि सम्बन्धी सबै किसिमका सेवा, परामर्श, सचेतना, उद्यमशिलता जागरण, तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने पूर्ण प्लेटफर्मकाे रुपमा उक्त संस्थालाइ अघी बढाउन विभिन्न पहलहरु प्रवर्धनात्मक कार्यक्रमहरु अघी सारेका छन् ।
सुमार्गीले श्रेष्ठलाइ हस्तान्तरण गरेकाे पत्रमा कृषि उद्यम केन्द्रका आगामी गतिविधिहरुमा दुर्गाराजको उपस्थितिले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
दुर्गाराज श्रेष्ठ लामो समय देखि विभिन्न व्यावसायिक गतिविधि एवं संस्थागत क्रियाकलापमा संलग्न रहँदै आएका व्यक्ति हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij