
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । न्युज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै सेतोपाटी डटकमका बगाले अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा कुल १३६ सदस्यमा १३४ जनाले मत दिएका थिए । जसमा बगालेले ७९ र पौडेलले ५५ मत पाए ।
खुला उपाध्यक्ष पुरुषतर्फ डीपी उपाध्याय निर्वाचित भए । महिला उपाध्यक्षमा तुलसी सापकोटा निर्विरोध भइन् ।
फोटोका तर्फबाट कार्यसमिति सदस्यमा रोशन सापकोटा निर्विरोध भए । भिडियोबाट अमरदीप श्रेष्ठ निर्वाचित भए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij