
ग्रील तथा स्टील व्यवसायी संघ रौतहटको प्रारम्भिक भेलाको उदंघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष मोहन कटुवालले सबै ब्यवसायीहरुलाइ कानुनी दायरामा आएर ब्यवस्थित मर्यादित भएर उद्याेग सन्चालन गर्न आग्रह गरे। काठको विकल्पको रुपमा विकसित ग्रील उद्याेगले पुर्वाधार निर्माणमा महत्त्वपूर्ण स्थान लिन थालेको हुनाले यो ब्यवसायको भबिस्य राम्रो भएकोले परिस्कृत र परिमार्जित भएर उपलब्ध नया प्रबिधिहरुको अधिकतम प्रयोग गरि अगाडि बढ्नु पर्ने बताउँदै देश भरी सन्चालित ११ हजार भन्दा बढी ग्रील उद्याेगमा देखिएका समस्या समाधान गर्न महासघले निरन्तर लागिपरेको बताउदै कोभिडको कारण संकटमा परेको ग्रील तथा स्टील ब्यवसाय पछिल्लो समय अत्यधिक अनियंत्रित र अस्वाभाबिक रुपले फलामको मूल्य बढाइएकोमा ब्यवसायी र उपभोक्ताहरु मारमा परेको हुदा तत्काल मूल्य वृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराए। महासघका उपाध्यक्ष एवम प्रदेश २ का सयोजक टिकेन्द्र पौडेलले प्रदेश भित्र सन्चालित सबै ग्रील तथा स्टील उद्याेगलाइ अनिवार्य रुपमा कानुनी बैधता दिलाउन आफुले काम गरिरहेको बताउनुहुँदै सबैलाइ संघमा आबद्ध भइ एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।
महासंघका महासचव विवेकदास श्रेष्ठले सबै ब्यवसायी र देशभरी ग्रील उद्याेगमा कार्यरत १ लाख ६० हजार श्रमिकको अनिवार्य दुर्घटना बिमा गर्ने कार्य महासंघले अगाडि बढाएको हुँदा सबैलाइ सहभागिता जनाउन आग्रह गरे।
चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले निम बहादुर राइको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष राजु चौधरी, सचिबमा शम्भु खड्का, कोषाध्यक्षमा सन्तोस बिक, सहसचिवमा रोशन खपाङी र सदस्यहरुमा केदार बिक जितनारायण बिक जादुलाल कुस्वाह देबराज चौधरी हरि बिक रहेका छन् ।
बारा र सर्लाहिका ब्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवालले रौतहट जिल्लालाइ महासंघमा आबद्धताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij